Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

राष्ट्रपति भारत जाँदै

\"\"काठमाडौं, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ । उनले बैशाख ५ मा नयाँ दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरि भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । उनको भ्रमण तालिका केही दिनमा सार्वजनिक गरिनेछ । यसअघि चैतको दोस्रो साता त्यसतर्फ जाने तयारी भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्यस्तता र भारतीय राजदूत पनि नभएका कारणले उनको भ्रमण दुई साता पछि सरेको हो । आजको कान्तिपुरमा खबर छ– ‘अहिले सम्मको तयारीअनुसार राष्ट्रपछि बैशाख ४ मा भारत जाने र त्यहाको भ्रमण तालिका तय हुदा चार या पाच दिन बस्ने कार्यतालिका बन्दैछ,’ परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो, ‘दिल्ली बैशाख चार मा पुग्ने । पाँचमा भेटघाट गर्ने र ६ गते बनारस हिन्दु विश्वविद्यालयको कार्यक्रममा सहभागि हुने गरि तालिका तय भए पनि अन्य स्थान कहा जाने भन्ने विषय अझै टुंगो लाग्न बाकी छ ।’ प्रस्तावित मिति अनुरुप उनको पहिलो भारत भ्रमण पाँच वा ५ दिने हुनेछ । राष्ट्रपतिको भारत भ्रमणको क्रममा सामान्य खालका दुईपक्षीय समझदारीहरु समेत हुनेगरि काम अघि बढेको छ । ‘ड्रग ट्राफिकिङ’ नियमन गर्ने विषयमा दुई पक्षीय सहमति र साना विकास परियोजना सहयोग सम्वन्धी सम्झौताहरुमा छलफल भइरहेको भ्रमणको तयारीमा संलग्न एक अधिकारीले बताए । भण्डारीको पहिलो विदेश भ्रमणको तयारीमा सरकार जुटेको तीन महिनापछि भ्रमण तय भएको राष्ट्रपति कार्यालयका अधिकारीहरु बताउछन् । करिव एक बर्ष अघि भ्रमणको सबै तयारी पुरा भए पनि अन्तिम समयमा स्थगित भएको थियो । त्यसपछि बनेको सरकारले भ्रमणको तिथी तय गर्न खोजे पनि सम्भव भएको थिएन । गत वैशाख २७ देखि हुनेगरी उक्त भ्रमण तय गरिएको ५ दिने औपचारिक भारत भ्रमण अन्तिम समयमा राजनीतिक कारण देखाउदै केपी ओली नेतृत्व सरकारले भ्रमण रद्द भएको जानकारी दिएको थियो । राष्टपति मुखर्जीको विशेष निमन्त्रणमा त्यसतर्फ जान लागेकी भण्डारी भ्रमणको क्रममा भारतीय समकक्षी मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्टमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायतसंग भेटवार्ता गर्ने छिन । उनको यो भ्रमण राजकिय हुने अधिकारीहरुले बताएका छन । मुखर्जीको कार्यकाल जुलाई अन्तिममा सकिदै छ । उनी राष्ट्रपति गेष्ट हाउसमा रहनेछन भने उनको सम्मानमा रात्री र दिवा भोज दिइने छ । उनको भ्रमणबारे राष्ट्रपति कार्यालय अझै बोलेको छैन । भ्रमणको तयारी सरकारले गर्ने हो सरकारले केही गर्दै होला राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । यसअघि तय भ्रमणमा भने राष्ट्रपति स्यमले बैशाख २२ मा आफ्नो भ्रमणको तयारी पुरा भएको तर भ्रमणको तालिका मन्त्रीपरिषदले तय गर्ने बताएकी थिइन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending