Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कसले चलाइरहेको छ देश ?

\"\"काठमाडौं, १२ चैत । देश कसले चलाइरहेको छ ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैलाई पनि कार्यबाहक नदिई चीन भ्रमणमा निस्केपछि अहिले यो प्रश्न पेचिलो बनेको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक दिने परम्परा थियो । तर योपल्ट प्रधानमन्त्रीले कसैलाई पनि कार्यबाहक नतोकी विदेश गए । आजको कान्तिपुरमा खबर छ– कार्यबाहक प्रधानमन्त्रीलाई विशेष सुरक्षा स्कटिङ सहितको सुविधा दिइन्छ । प्रधानमन्त्री विदेश भ्रमण उडेलगत्तै कार्यबाहकलाई विमानस्थलबाटै प्रधानमन्त्रीकै हैसियतमा स्कटिङ गरिन्छ । विहीबार प्रचण्ड चीन जाँदा पनि ‘स्कटिङ’ व्यवस्था गरी विमानस्थलमै पठाइएको थियो । तर त्यत्तिकै फर्काउनु पर्‍यो । प्रधानमन्त्री प्रचण्डले कार्यबाहक नतोकेसंगै मन्त्रिपरिषदमा मर्यादाक्रमलाई लिएर उत्पन्न विवाद पनि सतहमा आएको छ । प्रचण्डले यसअघि युएई र भारत जाँदा कांग्रेसबाट सरकारको नेतृत्व लिएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई कार्यबाहकको जिम्मेबारी दिएका थिए । राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान तथा स्थानीय बिकास मन्त्रीमा ल्याएपछि मन्त्रिपरिषमा मर्यादाक्रमको विवाद चुलिएको हो । निधिले यसअघि दुईपटक कार्यबाहक पाएको र संसदको ठूलो दलको हैशियतले आफूले नै दोस्रो मर्यादाक्रम पाउनुपर्ने दावी गर्दै आएका छन् । थापाले भने आफू निधि अघि नै उपप्रधानमन्त्री भएकाले प्रधानमन्त्री पछिको मर्यादाक्रम आफ्नो भएको जिकिर गरेका छन् । प्रधानमन्त्रीको अनुपस्थितमा तत्काल केही घट्ना भएर मन्त्रिपरिषद बैठक बस्नु पर्ने अवस्था आएमा के गर्ने भन्नेबारे उत्तिकै अन्यौल छ । देश नेतृत्वविहीन देखिएको चिन्ता गर्ने पनि उत्तिकै छन् । ‘हुलाकको जमाना होइन यो, जहाँबाट जहाँको काम गर्न पनि प्रविधिले सजिलो बनाएको छ’, उर्जा मन्त्री जनार्दन शर्माले भने, ‘प्रधानमन्त्रीले चीनबाटै देश चलाइरहनु भएको छ ।’ केही दिनअघि संसद बैठकमा उपप्रधानमन्त्री थापा प्रधानमन्त्रीपछिको कुर्चीमा बसेका थिए । मर्यादाक्रम विवादकै कारण बालुवाटारमा प्रमुख दलको बैठकमा समेत निधि उपस्थित हुन छाडेका थिए । स्रोतका अनुसार प्रचण्डले चीन भ्रमणमा जाँदा उनलाई कार्यबाहक दिने आश्वसन दिए पनि विवादकै कारण निर्णयमा पुग्न सकेनन् । ‘थापालाई कार्यबाहक दिएको भए निधिले राजीनामा दिने मनस्थिति बनाउनुभएको थियो’, स्रोतले भन्यो । स्वंय कांग्रेसकै सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष थापालाई सरकारमा ल्याउँदा नै दोस्रो मर्यादाक्रम दिने आश्वासन दिएको उर्जामन्त्री शर्माले बताए । ‘कांग्रेस सभापतिले नै कमल थापालाई सरकारमा ल्याउँदा दोस्रो नम्वरको मर्यादाक्रम हुन्छ भनेर विश्वास दिलाउनुभएको थियो’, शर्माले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending