Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

यसरी छान्दैछ एमालेले स्थानीय तहमा उम्मेद्वार

\"\"काठमाडौं, ११ चैत । प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र कार्यविधि बनाएको छ । बिहीबार बसेको स्थायी समिति बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीका तर्फबाट छनोट गरिने उम्मेदवारहरूका लागि सातबुँदे मापदण्ड र तीनबुँदे कार्यविधि बनाएको हो । आजको नयाँ पत्रिकामा खबर छ– अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा बसेको बैठकले केन्द्रको प्रत्यक्ष निर्देशनमा स्थानीय राजनीतिक शक्ति सन्तुलनका आधारमा अन्य राजनीतिक दलसँग तालमेलको ढोका खुल्लै राख्ने नीतिसमेत बनाएको छ । सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले उम्मेदवार छनोटको मापदण्ड र कार्यविधि पारित भएको जानकारी दिँदै बैठकले चुनावी अभियानलाई तीव्रता दिने निर्णय भएको बताए । यस्तो छ एमालेको चुनावी तालमेलको नीति एमालेले स्थानीय तहमा पार्टीलाई बहुमतसहित पहिलो स्थानमा पु¥याउन तालमेलको नीतिसमेत अख्तियार गर्ने भएको छ । स्थायी समिति बैठकले केन्द्रको प्रत्यक्ष निर्देशनमा निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने नीति पारित गरेको हो । ‘सम्बन्धित स्थानको राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य र सम्भाव्य परिणामलाई ध्यान दिँदै अन्य राजनीतिक दलसँग आवश्यकताअनुसार तालमेल र समन्वयको पहल गर्ने । तर त्यसका लागि केन्द्रको निर्देशन पालना गर्नुपर्नेछ,’ एमालेको चुनावी तालमेलसम्बन्धी नीति र योजनामा भनिएको छ । २ नम्बर प्रदेशमा तीन ठूला सभा मधेसी मोर्चाको अवरोधका कारण तराईको २ नम्बर प्रदेशमा स्थगित मेची–महाकाली अभियानलाई एमालेले पुनः निरन्तरता दिने भएको छ । चैत मसान्तभित्रै धनुषाको जनकपुर, सिरहाको लहान तथा बारा, पर्सा र रौतहट समेटिने गरी तीन ठूला आमसभाको तयारी गर्ने स्थायी समितिले निर्णय गरेको हो । सभाअघि महोत्तरीको बर्दिबासमा २ नम्बर प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला आयोजना गरिने जनाइएको छ । केन्द्रमा परिचालन समिति एमालेले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा निर्वाचन परिचालन कमिटी बनाएर चुनावी अभियानलाई तीव्रता दिन मतदाता शिक्षा अभियान चलाउने निर्णय गरेको सचिव तथा प्रचार विभागका प्रमुख भट्टराईले बताए । आर्थिक परिचालन, धाँधली रोक्न स्वयंसेवक, मतदाता परिचयपत्र अद्यावधिक, निर्वाचन आचारसंहिता पालनका सम्बन्धमा निर्वाचन आयोग र प्रशासनसँग समन्वयका लागि आवश्यकताअनुसार उपसमितिहरू पनि बनाइने जनाइएको छ । यस्ता छन्, उम्मेदवार छान्ने सातबुँदे मापदण्ड १. पार्टीप्रति प्रतिबद्ध, निष्ठावान् र अनुशासित २. असल आचरणयुक्त र भ्रष्टाचार नैतिक पतन देखिने काममा संलग्न नभएको र सार्वजनिक प्रतिष्ठामा आँच पुग्ने काममा संलग्न नभएको ३. जनतामाझ परिचित र लोकप्रिय ४. जनसेवी, घुलमिल, सामाजिक सेवाका काममा सकारात्मक भूमिका खेल्न सक्ने ५. निर्वाचनमा विजयका लागि सर्वाधिक अनुकूल व्यक्ति ६. स्थानीय विकासमा रुचि राख्ने र सही दृष्टिकोण प्रस्तुत गर्न सक्ने ७.समावेशितालाई ध्यानमा राख्ने यस्ता व्यक्ति अयोग्य -पार्टीको विधि र संस्थागत प्रणाली अनुसरण नगर्ने – लेबी नबुझाएको, पार्टीको निर्देशन पालना नगरेको – अनुशासनको कारबाहीमा परेको – बागी उम्मेदवारलाई सहयोग गरेको व्यक्ति यसरी छानिँदै छन् उम्मेदवार १. गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुख प्रदेशबाट एमालेले गाउँ, नगर, उपमहानगरको वडा अध्यक्ष र सदस्य गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले छान्ने निर्णय गरेको छ । त्यस्तै, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुखको सिफारिस सम्बन्धित कमिटीको सिफारिस, जिल्ला कमिटीको सुझाबमा प्रदेश संगठन कमिटीले छान्ने निर्णय गरेको सचिव तथा संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । २. केन्द्रले महानगर र उपमहानगरको मेयर छान्ने स्थायी समितिले उपमहानगरपालिका र महानगरपालिकाको मेयर र उपमेयर भने पार्टी केन्द्रीय कमिटीले छान्ने निर्णय गरेको छ । ‘जिल्ला कमिटीको सिफारिस र प्रदेशसमेतको राय लिएर केन्द्रीय कमिटीको निर्णयमा महानगर र उपमहानगरको मेयर र उपमेयर छानिनेछन्,’ सचिव तथा संगठन विभागका प्रमुख गुरुङले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE