Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

खाग पनि नक्कली

\"\"काठमाडौं, ११ चैत । प्रहरी र निकुञ्ज कार्यालयको सक्रियतामा करिब चार वर्षयता नेपालमा गैँडाको खागको चोरी सिकार ठप्प छ । तर, ‘खाग’ कारोबार भने भइरहेको छ । त्यस्ता ‘खाग’ दुर्लभ वन्यजन्तु गैँडाको खाग नभई भैँसीको सिंग र हड्डीबाट बनेको हो । पैसा कमाउन केही समूहले नक्कली खाग बनाएर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । त्यस्तो एक समूहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार पक्राउ गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– काभ्रे बल्थली घर भई ललितपुर बस्ने शक्ति घिमिरेले मेसिनबाटै नक्कली खाग बनाई बिक्री गर्दै आएका हुन् । घिमिरेसहित मकवानपुरका सोमबहादुर सिंगर र अनिलबहादुर लामालाई सिआइबीले पक्राउ गरेको हो । उनीहरूबाट एउटा नक्कली खाग तथा नक्कली खाग बनाउने मेसिन बरामद गरिएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । सक्कली खाग ५०-६० लाख रुपैयाँसम्म अवैध कारोबार हुने गर्दछ । सोही कुरा थाहा पाएर आफूले ठ्याक्कै सक्कली जस्तै देखिने नक्कली खाग बनाउन थालेको घिमिरेले बताएका छन् । भैँसीको सिंग तथा हड्डीहरू मिलाएर उनले सक्कलीजस्तै खाग बनाउँदै आएको सिआइबीका डिएसपी प्रवीण पोखरेलले बताए । नेपालमा खागकै लागि गैँडा मारिँदै आएका थिए । यसमा ठूला आपराधिक गिरोहसमेत संलग्न हुँदै आएकोमा राष्ट्रिय निकुञ्ज तथा नेपाल प्रहरीको सिआइबीले विशेष अभियान चलाई गैँडाको चोरी सिकारमा संलग्न गिरोहलाई पक्राउ गरेपछि रोकिएको हो । यद्यपि यो वर्ष सिकारीको आक्रमणबाट एउटा तथा करेन्ट लागेर दुईवटा गैँडाको मृत्यु भइसकेको छ । सिकारीले एउटा गैँडा मारेपछि खाग भने चोर्न पाएनन् । गैँडाको संरक्षणमा नेपालको सफलतालाई अन्तर्राष्ट्रिय रूपमा प्रशंसा हुँदै आएको छ । नक्कली खाग बनाएर बेच्नेहरू पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार दोषी हुने भएकाले उनीहरूलाई पक्राउ गरी प्रहरीले जिल्ला वन कार्यालय ललितपुरमा बुझाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending