Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

ओली र उपेन्द्रसँग प्रचण्डको छुट्टाछुट्टै भेट

\"\"काठमाडौं, ११ चैत । संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग सहमतिको सम्भावना बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट फर्किएपछि संशोधन प्रस्तावमाथि निष्कर्षमा पुग्ने गरी सत्तारुढ दल, प्रमुख प्रतिपक्षी र मधेसी मोर्चाको बैठक टुंगिएको छ । आजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणअघि नै समझदारी जुटाउन बिहीबार साँझ बालुवाटारमा सत्तारुढ दल, एमाले र मोर्चासहितको बैठक राखेका थिए । बैठकमा एमालेले सरकार र मोर्चाका तर्फबाट छलफलमा ल्याइएका लिखित प्रस्ताव अध्ययनपछि मात्रै पार्टीको औपचारिक धारणा बनाउने बताएपछि बैठक विहीबार निष्कर्षमा पुग्न सकेन । प्रधानमन्त्री प्रचण्डले सहमतिका लागि बिहीबार नै एमाले अध्यक्ष केपी ओली, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका छन् । तीन पक्षको बैठकअघि भएको छलफलमा प्रदेशको सीमांकन थाती राखी भाषा, नागरिकता, स्थानीय तहको संख्या, राष्ट्रिय सभा निर्वाचकमण्डलमा मतदानको अधिकारलगायतका विषयमा छलफल भएको थियो । बालुवाटार बैठक: कसले के भने ? प्रचण्ड चीन भ्रमणमा जानुभन्दा पहिला केही समझदारी गरेर जान सकिन्छ भन्ने लागेको छ । कार्यदलले तयार गरेको प्रस्तावमा केही छलफल गरेर समझदारी बनाउन सकिन्छ । कार्यदलले सीमांकनबाहेकका बँुदामा तत्काल संशोधनमा जान सकिने प्रस्ताव तयार गरेको छ । त्यसलाई समझदारीमा लैजान सकिन्छ । वामदेव गौतम आजै समझदारी सम्भव नहोला । तपाईंहरूको कार्यदलले के–के काम गरेको छ भन्ने हामीलाई थाहा छैन । कार्यदलले तयार गरेको प्रस्ताव के हो भन्ने थाहा नभई एमालेको धारणा भन्न सकिन्न । बरु कार्यदलको प्रस्ताव कस्तो छ र के–के कुरामा परिमार्जन चाहेको भन्नेबारेको केही दस्तावेज दिनुभयो भने पार्टीमा छलफल गरेर धारणा दिन सकिन्छ । महन्थ ठाकुर नेपाल निर्माणमा मधेसीको पनि योगदान छ, त्यो योगदानलाई सम्झेर समाधान खोज्नुभयो भने समझादारी सजिलै हुन्छ । त्यसकारण त्यसैबाट समझदारी खोजौँ । उपेन्द्र यादव आजै नटुंगिने भएपछि विषयवस्तुमा छिरेर छलफल गर्नुको अर्थ छैन । अब सबै पक्षबीच फेरि छलफल गरौँ । छलफलपछि एउटा समझादारीको वातावरण बन्न सक्छ । प्रचण्ड आजै नटुंगिने हो भने कार्यदलले एमालेसँग अनौपचारिक रूपमा कुरा गर्छ । त्यसले एउटा सहमतिको वातावरण बनाउन सक्छ । योबीचमा छलफल गरी छिटै टुंगोमा पुगौँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending