Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

नेपाल स्वीट्जरल्याण्ड बन्छ : चिनियाँ विज्ञ

\"\"काठमाडौं, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ प्रध्यापक तथा विदेश मन्त्रालयका अधिकारीहरुले चिनियाँ राष्ट्रपति सि चिनफिङले अघि बढाएको ‘वान बेल्ट वान रोड’ (ओबर) विश्वका सबै मुलुकको हितमा रहेकाले त्यसमा आबद्ध हुन आग्रह गरेका छन् । ओवरको कार्यान्वयनले नेपाल स्विजरल्याण्ड बन्ने प्राध्यापकहरुले बताएका छन् । आजको कान्तिपुरमा खबर छ– नेपालको आफ्नो तयारीमा पनि त्यो निर्भर गर्ने हुनाले ब्यवस्थित तयारीसहित यसमा नेपाल अघि बढेमा मुलुकको विकास टाढा नभएको उनीहरुले बताए । ओवर सडक संजालमात्र होइन भन्ने बुझाउन नसक्नु नै आफूहरुको समस्या रहेको बताए । ‘नेपाल जस्तो भूपेरिवेष्ठित मुलुकका लागि ओबर हितमा छ,’ नेपाल भ्रमणमा रहेको बौद्धिक समुहले एक दिने कार्यशालामा बिहीबार भने, ‘अबको विश्व ‘जिरो–सम’ कूटनीतिमा होइन । ‘विन–विन’ आर्थिक र विकास कूटनीतिमा अघि बढ्नेछ ।’ चीनले विश्व शान्ति र समृद्धिका लागि नै यो अभियान अघि बढाएको र उक्त अभियान राष्ट्रसंघ सुरक्षा परिषदबाट अघि बढेको भन्दै यसमा सहमत हुन हिचकिचावट गर्न नहुने चिनियाँ बौद्धिक समूहको सुझाव रहेको छ । चीन अध्ययन केन्द्रले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ विषयमा बिहीबार आयोजना गरेको कार्यक्रममा ओवरका चिनिया विज्ञ प्राध्यापक बाङ यिभले गरिबी र विकासका व्यवधान अन्त्य गर्न चिनियाँ राष्ट्रपति सीले अघि बढाएको धारणामा विश्वमा ५० भन्दा बढि देश सहमती जनाइसकेका जानकारी दिए । ‘चीनले छिमेकबाट नै यो अभियाना अघि बढाउने हुनाले नेपालको साथ खोजेको छ । यसले नेपाललाई पनि हित गर्छ । ओवर भनेको सडक संजालमात्र होइन । रेल, सडक, लगानी, कूटनीतिक अन्तरक्रिया सबै विषय यसमा रहन्छ,’ उनले भने, ‘चीन र दक्षिण एसिया जोड्ने हवको रुपमा अघि बढेको नेपाल हेर्ने चाहना चीनको रहेको छ । यसमा नेपालले साथ दिनेछ ।’ बिहीबार अध्ययन केन्द्रले लगातार दुई कार्यक्रम गरेको थियो । पहिलो सत्रमा नेनमिन विश्वविद्यालयका प्राध्यापक र नेपालका बुद्धिजिवी तथा पूर्व राजदूतहरुको सहभागिता थियो । दोस्रोमा पत्रकारसंग अन्तरक्रिया गराउदै ओबरको विषयलाई स्पष्ट पार्ने पहल भएको थियो । ‘काठमाडौ पोस्ट’का प्रधानसम्पादक अखिलेश उपाध्यायले बेल्ट एन्ड रोड इनिसिएटिभले नेपाललाई हानी नगर्ने बताए । ओबरमा लामो बहस भइरहेको उल्लेख गर्दै उपाध्यायले यो विषय बुझाउन संचारमाध्यको पनि भूमिका रहन्छ । औपचारिक दस्तावेजमा नेपालसँगको प्राचिन सम्बन्ध, सीमापार व्यापार तथा ऊर्जा आपूर्तिजस्ता विषय उल्लेख भएकाले चीनको प्रस्तावित उक्त योजना कार्यावन्यनले नेपालको अहित नहुने उनले बताए । नेपाल लिंक मुलुकको रुपमा विकसित भएर जाने बुझाई पनि उनको छ । काठमाडौं स्कुल अफ लका प्राध्यापक डा। युवराज संग्रौला, योजना आयोगका पूर्वअध्यक्ष प्राध्यापक डा। पिताम्बर शर्मा र पूर्व राजदूत डा। शम्भुराम सिम्खडाले ओबरको महत्वबारे नेपाली धारणा प्रस्तुत गरेका थिए । संग्रौलाले नेपाली मानसिकताको विषय उठाएका थिए भने डा। सिम्खडाले नेताहरु सबै विषयमा आफै जान्ने हुदा समस्या निम्तिएको बताएका थिए । डा। शर्माले ओबरको बुझाई गहिराई सम्म नुहुदा समस्या आएको र जन स्तरबाट यसमा पहल हुनुपर्ने बताउका थिए । पेकिङ युनिर्भसिटीका लान जीङछुले जल, स्थल र वायुमार्गबाट विश्वका सबै राष्ट्रलाई जोड्ने मात्र नभै तेल र ग्यासका ‘पाइपलाइन’ सँगै प्रविधी, दूरसंचार संजाल लगायत सबै खाले कनेक्टीभिटीमा र लगानी यसमा रहेको बताएका थिए । सहकार्य भएमा यस विश्वबाट नै अल्पविकाश र पछौटेपन मुक्त हुने पनि सुझाए । गरिबीबाट नै आतंकवाद सिर्जना हुने हुनाले यसमा समयमा ध्यान दिनुपर्ने सुझाए । कार्यक्रममा केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले नेपालमा थप बुझाउन आवश्यक रहेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE