Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

प्रधानन्यायाधीशलाई नै सर्वोच्चको परमादेश- संवैधानिक इजलास चाँडो गठन गर्नू'

\"\"काठमाडौं, ११ चैत । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ। अाजका अन्नपूर्ण पोस्टमा खबर छ– लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा संविधान कार्यान्वयन र संवैधानिक कर्तव्य पूरा नभएको भन्दै दायर रिटमा सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेल, केदारप्रसाद चालिसे, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको बृहत् पूर्ण इजलासले न्यायपरिषद् र परिषद् अध्यक्षका नाममा उक्त परमादेश दिएको हो। गम्भीर संवैधानिक जटिलता जोडिएका विवादमा संवैधानिक इजलासबाट व्याख्या नहुँदा जनताको मौलिक हक रक्षामा आघात पुगेको दाबीसहित अधिवक्ता माधवकुमार बस्नेतले गत माघमा रिट दायर गरेका थिए। रिटमा यस्तो इजलास गठन नगरेका कारण संविधानको कार्यान्वयन, कानुनी शासन, संवैधानिक कर्तव्य पूरा गर्नुपर्ने पदाधिकारी तथा निकायले संवैधानिक कर्तव्य पूरा नगरेकोलगायत प्रश्न उठाइएको थियो। सर्वोच्चको बृहत् इजलासबाट परमादेश जारी भए पनि लिखित रूपमा फैसला आउन भने बाँकी छ। गत वर्षको चैत मसान्तमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको अवकाशपछि संवैधानिक इजलास गठन हुन सकेको छैन। संवैधानिक इजलास नियमावली, २०७२ लागू भएपछि दर्ता भएका रिटमा सुनुवाइका लागि १८ पटकसम्म पेसी तोकिएको छ। तर सुनुवाइ भएको छैन। अन्तरिम संविधान २०६३ अन्तर्गत दर्ता भएका गम्भीर प्रकृतिका रिटसमेत सुनुवाइका लागि उक्त इजलासमा पठाइएको छ। अन्तरिम संविधानअन्तर्गत २०६६ सालमा दर्ता भएका रिट पनि सोही इजलासमा पुगेर थन्केका छन्। नयाँ र पुराना गरी संवैधानिक व्याख्यासम्बन्धी यस्ता एक सय ८९ वटा रिट विचाराधीन छन्। संविधानतः यस्तो इजलासमा प्रधानन्यायाधीशका अतिरिक्त न्यायपरिषद्ले तोकेका अन्य चारजना न्यायाधीश रहने व्यवस्था छ। विधायिका र कार्यपालिकाले अधिकार दुरुपयोग गरी कानुनको आवरणमा नागरिकका मौलिक अधिकारमा अतिक्रमण गरे कानुनी उपचारका लागि यस्तो इजलासको परिकल्पना गरे पनि गठनमा निच मारेका कारण महत्वपूर्ण हक नै बेकम्मा हुन पुगेको दाबी रिटमा थियो। परिषद् अध्यक्षले अन्य प्रयोजनका लागि दिनरात नभनी न्यायपरिषद्को बैठक बोलाउने गरेको तर संवैधानिक इजलास गठनका लागि न्यायाधीश सिफारिस गर्न हालसम्म बैठकसमेत नडाकेको जिकिर पनि निवेदक बस्नेतको थियो। बृहत् पूर्ण इजलासले निवेदकको मागअनुरूप संविधानको धारा १३७ (१) बमोजिम तत्कालै संवैधानिक इजलास गठन गर्न आवश्यक चारजना न्यायाधीश सिफारिस गर्न परमादेश दिएको हो। संविधानको धारा १२६ (१) ले ‘नेपालको न्यायसम्बन्धी अधिकार, यो संविधान, अन्य कानुन र न्यायका मान्य सिद्धान्तबमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग गरिनेछ’ भनेको छ। निवेदक कानुन व्यवसायीले संविधानका यस्ता व्यवस्थालाई संविधानअन्तर्गतकै अंग र यसका पदाधिकारीको कार्यबाट असफल हुने खतरा पैदा भएको जिकिर गरे। ‘धारा १३३ (१) मा व्यवस्थित सर्वोच्चको अधिकार क्षेत्र भनेको राज्यशक्तिका विरुद्ध नागरिकलाई गरिएको बिमा हो श्रीमान्। यत्तिकै बस्न सक्दैन’, बृहत् इजलासमा भएको सुनुवाइका क्रममा अधिवक्ता बस्नेतले भने, ‘संविधानको भाग ३ मा प्रत्याभूत गरिएका मौलिक अधिकारमध्ये सबैभन्दा महत्वपूर्ण अधिकार धारा ४६ को संवैधानिक उपचारहको हक हो। यो हक नहुने हो भने धारा १६ देखि ४५ सम्मका सकै हकहरू निष्प्रयोजित हुन्छन्।’ विपक्षीको पहिलो कर्तव्य नै न्यायपालिकालाई आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न सहयोग गर्नु रहेको भन्दै संवैधानिक इजलास गठन नहुँदा न्यायपालिकाको जनआस्थामा आँच पुगेको जिकिर पनि उनले लिए।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE