Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बेलायतको संसद् भवनमा हमला प्रयास : कम्तीमा चारजनाको मृत्यु, २० भन्दा बढी घाइते

\"\"काठमाडौं, १० फागुन । बेलायतको संसद् भवनमा बिहीबार हमला प्रयास भएको छ । संसद् भवनबाहिर भएको हमलामा कम्तीमा चारजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ । मारिनेमा एक प्रहरी अधिकारी, दुई सर्वसाधारण र एक आतंककारी रहेको प्रहरीले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– स्थानीय समयअनुसार दिउँसो २ः३० बजे हमला भएको हो । कालो कारमा रहेका आतंककारी संसद् भवनको ‘निषेधित क्षेत्र’ तोडेर जबर्जस्ती भित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले अवरोध पुर्या‍एपछि आतंककारीले प्रहरीमाथि गोली चलाएका थिए । त्यसक्रममा एक प्रहरी अधिकारीको मृत्यु भएको हो । लगत्तै प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारीको मृत्यु भएको बिबिसीले जनाएको छ । मारिएका दुई सर्वसाधारणमध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएकी महिला रहेको जनाइएको छ । अर्का एकजनाको गाडीको आक्रमणबाट मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । संसद् भवनको पर्खालमा ठोक्किनुअघि कारले थुप्रै सर्वसाधारणलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट वेस्टमिनिस्टर पुलमा हिँडिरहेका केही विद्यार्थीसमेत घाइते भएका छन् । घटनापछि संसद्को कारबाही स्थगित गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको भन्दै आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिएको छ । संसद् भवनबाहिर आतंककारी हमलाको प्रयास हुँदा बेलायती प्रधानमन्त्री थेरेसा मे भवनभित्रै थिइन् । आक्रमणलगत्तै प्रधानमन्त्री थेरेसालाई विशेष सुरक्षासहित संसद् भवनबाट निवास पुर्या‍इएको थियो । भवनभित्रै रहेका बेलायतका शीर्ष नेतालाई स्कटल्यान्ड यार्डबाट बाहिर निकालिएको थियो । बेलायती मिडियाहरूले आक्रमणकारीले सात इन्च लामो चक्कु बोकेको जनाएका छन् । उनले विवाह समारोहमा लगाउने दुलाहाको लुगा लगाएका थिए । आक्रमणपछि वेस्टमिनिस्टर दरबारस्थित संसद् भवनको वरिपरिको सुरक्षा व्यवस्था झन् कडा पारिएको छ । यो समाचार तयार पार्दासम्म संसद् भवनभित्र आतंककारी हुन सक्ने डरले स्थानीय प्रहरीले भवनका प्रत्येक कोठा तथा तला निरीक्षण गरिरहेका छन् भने संसद् भवनको सुरक्षार्थ दर्जनौँ अति आवश्यक सवारी परिचालन गरिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending