Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

उपप्रधानमन्त्री नै बसे निर्वाचन आयोगविरुद्ध धर्ना

\"\"काठमाडौं, ८ चैत । उपप्रधानमन्त्रीसहित चार मन्त्रीका साथ सरकारमा सहभागी राप्रपाले निर्वाचन आयोगले आफ्नो विधानबाट हिन्दू धर्म र राजसंस्था हटाइदिएको भन्दै आयोग घेराउ गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समेत नेतृत्व गरेका उपप्रधानमन्त्री कमल थापा सरकारी झन्डासहित निर्वाचन आयोग घेराउमा सहभागी भएका हुन् । आजको राजधानी दैनिकमा खबर छ– घेराउका क्रममा प्रहरीले रोक्न खोज्दा भएको झडपमा राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर जबरासहित तीन दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन् । सोमबार आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा घेराउ गर्न पुगेका राप्रपाका नेता कार्यकर्तालाई निषेधित क्षेत्रमा जानबाट रोक्न खोज्दा भएको झडपमा उनीहरू घाइते भएका हुन् । त्यसक्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो । त्यसको बाबजुद प्रहरीलाई पेल्दै उपप्रधानमन्त्री थापासहितका नेता–कार्यकर्ता निर्वाचन आयोगको ढोकामै धर्ना दिएका हुन् । राप्रपा नेता मोहन श्रेष्ठका अनुसार राप्रपाले विरोधस्वरूप आयोग कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको थियो । राप्रपाका नेताले घेराउपछि सम्बोधन गर्नेसमेत कार्यक्रम थियो । त्यही क्रममा प्रहरी र राप्रपाका नेता तथा कार्यकर्ताबीच झडप भएको हो । आयोगअगाडि धर्ना रोक्न प्रहरीले बल प्रयोग गरेपछि उपप्रधानमन्त्री थापा आफैं प्रहरीकै सुरक्षामा धर्ना बस्न पुगेका हुन् । धर्नापछि थापाले आयोगमा ज्ञापनपत्रसमेत बुझाएका छन् । जसमा आयोगको निर्णय संविधानविपरीत भएको भन्दै सच्याउन धम्की दिइएको छ । निषेधित क्षेत्रमा जानबाट रोक्ने क्रममा भएको झडपमा वरिष्ठ नेता राणा घाइते भएपछि सो क्षेत्र निकै तनाव ग्रस्त बनेको थियो । सो क्रममा कुन्ती शाही, रोशन कार्की, कोमल ओलीसहित तीन दर्जनभन्दा बढी नेता–कार्यकर्ता घाइते भएका छन् । घाइतेहरूको वीर अस्पताल तथा मोडल अस्पतालमा उपचार भइरहेको छ । निर्वाचन आयोगमा भएको सो घटनापछि आयोगले कुनै पनि असहमतिका विषयमा आफ्ना मागहरू विधिसम्मत तरिकाबाट राख्न पाइने बताएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले कुनै पनि राजनीतिक दलले आफ्ना मागहरू आयोगसमक्ष राख्न पाउने र राप्रपाको अध्यक्षको हैसियतले कमल थापा पनि ज्ञापनपत्र बुझाउन आएकाले त्यो आचारसंहिताविपरीत नहुने स्पष्ट पारे । धर्नामा बस्दा चाहिँ आचारसंहिताविपरीतको कार्य गरेको ठहरिन्छ कि ठहरिँदैन ? भन्ने प्रश्नमा प्रवक्ता शर्माले आचारसंहितामा उल्लेख भएबमोजिम हुने बताएका छन् । गत १८ फागुनदेखि निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको छ । आचारसंहिताले विशेषगरी सरकार र सरकारी कर्मचारीहरूसँगै मन्त्रीहरूलाई पनि गर्न हुने र नहुने काम उल्लेख छ । निर्वाचन आचारसंहिता २०७२ मा धर्ना र विरोधको विषय उल्लेख गरिएको छैन । तर, आचारसंहिताको परिच्छेद ३ मा नेपाल सरकार, स्थानीय निकाय तथा सार्वजनिक संस्थाले पालना गर्नुपर्ने आचरणको उल्लेख गरिएको छ । ऐनको दफा ६ मा नेपाल सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने उल्लेख छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending