Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मोर्चाविना पनि निर्वाचन

\"\"काठमाडौं, ८ चैत । मधेसी मोर्चा लचिलो नबने पनि ३१ वैशाखका लागि घोषित स्थानिय निर्वाचन गर्नेमा प्रमुख चार दल सहमत भएका छन् । प्रदेशको सीमा हेरफेरबाहेकका मोर्चाको माग सम्बोधन गर्न ठोस प्रस्ताव तयार गरेर सहमतिको अधिकतम पहल गर्नेमा पनि उनीहरू सहमत भएका छन् । त्यस्तो प्रस्तावमा पनि मोर्चा सहमतिमा आउन नचाहेमा निर्वाचनमा अगाडि बढ्ने उनीहरूको निष्कर्ष छ । आजको नयाँ पत्रिकामा खबर छ– बालुवाटारमा सोमबार भएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले निर्वाचनमा मधेसी मोर्चा पनि आउने सुनिश्चितताको खोजी गर्ने सहमति गरेका हुन् । प्रदेशको सीमांकनबाहेकका मोर्चाका मागमा सहमतिको ठोस प्रस्ताव तयार पार्न सत्तारुढ दल र मोर्चा नेता सम्मिलित कार्यदलले अब गृहकार्य गर्नेछ । बैठकमा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले विगतमा पनि मोर्चाकै मागका आधारमा संविधान संशोधन गरिए पनि पछि उसले नमानेको बताएका थिए । यसपालि भने पहिले निर्वाचनमा सहभागिताको सुनिश्चितता हुनुपर्ने र संशोधनको ठोस प्रस्ताव आउनुपर्ने उनको माग थियो । ओलीको धारणापछि चार दल सीमांकनबाहेकका विषयमा ठोस प्रस्ताव तयार पारेर छलफल गर्ने निष्कर्षमा पुगेका हुन् । सीमांकनबाहेक अन्य विषयमा संविधान संशोधन गर्दा मोर्चा निर्वाचनमा आउने सुनिश्चितता देखिए एमाले संसोधनमा सकारात्मक भएको बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले बताइन् । उनका अनुसार संसोधनको ठोस प्रस्ताव र मोर्चाको निर्वाचनमा आउने सुनिश्चितताको आधार तयार पार्न कार्यदलले मंगलवारवाटै छलफल गर्नेछ । ‘कार्यदलले अव ठोस प्रस्ताव तयार पार्न मंगलवार दिनभर गृहकार्य गर्नेछ,’ भुषालले भनिन्, ‘त्यसपछि प्रमुख चार दलका शीर्ष नेताहरु नै बसेर नयाँ प्रस्तावलाई सहमतिमा लैजान पहल हुनेछ ।’ कार्यदलमा काग्रेस नेता कृष्णप्रसाद सिटौला, माओवादी नेता तथा उपप्रधानमन्त्री कृष्णवहादुर महरा, राप्रपा नेता तथा मन्त्री दिपक वोहोरा, मधेसी मोर्चाका तर्फबाट सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ सदस्य छन् । कार्यदलको वैठक मंगलवार विहान बोलाईएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending