Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रधानमन्त्रीको प्रश्न, ओलीको जवाफ

\"\"काठमाडौं, ८ चैत । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी एमालेबीच सोमबार विहान र साझ गरि दुई पटक वार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा भएका दुवै वार्तामा मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर निर्वाचनको वातावरण बनाउने विषयमा छलफल भएको थियो । आजको नयाँ पत्रिकामा खबर छ– विहान ९ वजे सत्तापक्ष र प्रतिपक्षबीच पहिलो वार्र्ता भएको थियो भने साँझ साढे ५ बजेदेखि आठ बजेसम्म अर्को वार्ता भएको थियो । ३१ वैशाखमा निर्वाचन हुनेमा द्विविधा छैन प्रधानमन्त्री प्रचण्ड मधेसी मोर्चाले उठाउँदै आएको संविधान संशोधनको मागका विषयमा हिजोअस्ति नै तपार्इंहरूसँग कुरा गरौँ भन्ने लागेको थियो, तर तपार्इंहरू मेची–महाकाली अभियानमा हुनुभयो । अभियान सकिनेबित्तिकै खबर गरेर बैठक बोलाएको हुँ । मोर्चासँग अलि–अलि छलफल भइरहेको छ । मैले सीमांकनबाहेक अन्य कुरा अहिले पास गर्न सकिन्छ, सीमांकनको टुंगो अहिले लगाउन सकिन्न भनेको छु । अन्य तीन विषयमा छलफल गरेर जाऔँ भनेर प्रयास गरेँ । कुराकानी भइरहेको छ । यही सिलसिलामै तपाईंहरूलाई बैठकमा बोलाएको हुँ । ३१ वैशाखका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन गर्नैपर्छ । त्यसप्रति मेरो पूर्ण प्रतिबद्धता छ । त्यसैका लागि मोर्चा र गठबन्धनलाई पनि सहमतिमा ल्याउन भरमग्दुर प्रयास गरिरहेको छु । के गर्न सकिन्छ ? तपार्इंहरूकातर्फबाट पनि कुराहरू आउनुपर्यो‍ । निर्वाचन वैशाख ३१ मा हुनेमा कुनै द्विविधा नै छैन । मेरो पूर्ण प्रतिबद्धता छ । तर, निर्वाचन गराउने हामी चारै दलको प्रमुख दायित्व हो । निर्वाचनतर्फ अगाडि बढ्दा उत्पन्न हुन सक्ने परिस्थितिको सामना गर्न हामी सबै तयार हुनुपर्छ । मोर्चासँग सहमतिको ठोस गृहकार्यका लागि हामी बस्छौँ । भएन भने निर्वाचनका लागि पनि अगाडि बढौँ । अनुमानका आधारमा छलफल हुन्न एमाले अध्यक्ष ओली ढिलै भए पनि सत्तापक्ष र प्रतिपक्ष मिलेर संविधान कार्यान्वयन गर्ने र निर्वाचन गर्नुपर्छ भन्ने तपाईंहरूलाई महसुस भएकोमा धन्यवाद । हामीले सुरुदेखि नै यही भन्दै आएका थियौँ । तर, प्रतिपक्षको कुरा तपाईंहरूले राम्रोसँग सुन्नुभएन । अहिले राख्नुभएको प्रस्तावलाई हामी सकारात्मक रूपमा नै लिन्छौँ । ३१ वैशाखका लागि घोषित निर्वाचन हुनैपर्छ । ८ माघभित्रै बाँकी दुई निर्वाचन गर्नुको पनि विकल्प छैन । तर, ती निर्वाचन सम्पन्न गर्न संविधान संशोधन हुनैपर्ने सर्त होइन होला । यसमा हाम्रो पूर्ववत् अडान कायमै छ । तर, तपाईंहरू माग सम्बोधन गर्नैपर्छ भन्नुहुन्छ भने पहिले के–केमा गर्ने ? परिपक्व र ठोस गृहकार्य हुनुपर्यो‍ । संविधानको पहिलो संशोधन गर्दा हामीले आवश्यक छैन नै भनेका थियौँ । तर, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले मधेसी, दलित, जनजाति सबैका माग सम्बोधन हुन्छन् भनेर भन्नुभयो । संसद् अवरोध गर्नेसम्मको चेतावनी दिनुभयो । त्यसैले हामीले सहमति जनायौँ । त्यसवेला कांग्रेस, एमाले र माओवादी तीनै पक्ष मिलेर पारित पनि गर्यौँ‍ । तर, त्यति महत्वपूर्ण काम गर्दा पनि मधेसी मोर्चाले एक शब्दमा धन्यवाद पनि भनेन । आन्दोलन रोकेन । त्यसैले पहिले मोर्चाको कुरा प्रस्ट हुनुपर्यो‍ । के–के कुरा तपाईंहरूसँग भएको छ ? के–के माग हो ? के गर्दा निर्वाचनमा जान्छ ? प्रस्ट थाहा हुनुप¥यो । त्यसैले अनुमानका आधारमा छलफल गर्नु उचित हुन्न । गृहकार्य गरेर प्रस्ताव ल्याउनुहोस् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending