Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

निधिको कुर्सीमा थापा बसेपछि...

\"\"काठमाडौं, ८ चैत । दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्यादाक्रममा दोस्रो नम्बरमा राख्ने कुनै पनि निर्णय भएको देखिएको छैन । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– गत बिहीबार गृहमन्त्री निधि भारत भ्रमणमा गएका बेला भएको मन्त्रिपरिषद् बैठकमा नवनियुक्त संघीय मामिला तथा स्थानीय विकासमन्त्री थापा निधि बस्दै आएको कुर्सीमा बसे । सामान्यतया मन्त्रीहरूको मर्यादाक्रम मिलाएर क्याबिनेट बैठकमा कुर्सी राखिएको हुन्छ । निधि बस्दै आएको प्रधानमन्त्रीसँगैको कुर्सीमा थापा एक्कासि बसेपछि त्यहाँ उपस्थित मन्त्रीले असजिलो महसुस गर्दै कानेखुसी गर्न थाले । त्यहीबेला वाणिज्यमन्त्री रोमी गौचन थकालीले आपत्ति जनाउँदै मन्त्रीहरू आफ्नो मर्यादाक्रमअनुसारको सिटमा बस्नुपर्छ भने । तर थापाले आफू बसेको निधिको सिट छोडेनन् । त्यसपछि गौचन बैठकबाट बाहिरिए । कांग्रेसका अरू मन्त्री भने चुपचाप बैठकमा सहभागी भए । बैठक सकियो । गृहमन्त्री नेपाल फर्किएपछि आफ्नो सिटमा अर्का उपप्रधानमन्त्री बसेको थाहा पाए । त्यसलगत्तै निधिले आइतबार प्रधानमन्त्रीसँग उक्त विषयमा चासो राखे । प्रधानमन्त्रीले पनि मर्यादाक्रमका विषयमा कुनै निर्णय नभएको र निधिलाई दोस्रो मर्यादामै राखेको भन्दै आश्वस्त पारे । यही खबर बोकेर निधि आइतबारै कांग्रेस सभापति शेरबहादुर देउवाकोमा पुगे । त्यहाँ पनि देउवाले दोस्रो मर्यादाबाट हटेको भन्ने विषयमा विश्वास गरेनन् । आखिर भएको के रहेछ त ? मन्त्रिपरिषद्का एक सचिवका अनुसार निधि बस्दै आएको सिटमा थापा बसेकाले मात्रै विवाद भएको हो तर औपचारिक रूपमा पहिलाको मर्यादा हेरफेर गर्ने गरी कुनै निर्णय भएको छैन । मन्त्रिपरिषद्को मर्यादाक्रम तलमाथि गर्न औपचारिक निर्णय गरेर राष्ट्रपति कार्यालयमा जानकारी गराउनुपर्छ । तर सोमबारसम्म त्यस विषयमा मन्त्रिपरिषद् कार्यालयले औपचारिक कुनै पत्राचार गरेको छैन । ‘उपप्रधानमन्त्रीहरूको मर्यादाक्रम तलमाथि हुने कुनै औपचारिक जानकारी हामीलाई आएको छैन’, ती सचिवले भने, ‘मर्यादाक्रम तलमाथि भए राष्ट्रपति कार्यालयमा जानकारी गराउनुपर्ने हुँदा पत्र नै तयार गर्नुपर्ने हुन्छ तर त्यस विषयमा हामीलाई प्रधानमन्त्रीले केही जानकारी दिनुभएको छैन ।’ मन्त्रिपरिषद्को आधिकारिक वेबसाइटमा सोमबार साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि दोस्रो मर्यादामा निधि नै छन् । त्यसपछि अर्का उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र चौथो नम्बरमा मात्रै संघीय मामिला तथा स्थानीय विकासमन्त्री थापा छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending