Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रधानमन्त्रीको चीन भ्रमण : विज्ञहरुको यस्तो प्रतिक्रिया

[caption id=\"attachment_123394\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणलाई लिएर परराष्ट्र विज्ञहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ– आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा तीनजना परराष्ट्रविद्ले प्रधानमन्त्रीको चीन भ्रमणबारे सरकारलाई सुझाव दिएका हुन् । भ्रमणका खास एजेन्डा तय नहुनु दुःखदः आचार्य चीनका लागि पूर्वनेपाली राजदूत राजेश्वर आचार्यले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणको तयारी फितलो भएको बताए । ‘भ्रमण खाली भ्रमणका लागि मात्रै नभएर नतिजा दिने खालको हुनुपर्छ, विशेष उद्देश्य हुनुपर्छ,’ आचार्यले भने, ‘नेपालका तर्फबाट द्विपक्षीय सम्बन्धमा जिम्मेवारीबोधको अभाव देखिएको छ ।’ उनले प्रधानमन्त्रीको चीन भ्रमण आउन मात्रै अब तीन दिन बाँकी रहेकाले अहिलेसम्म भ्रमणका खास एजेन्डा तय नहुनु दुःखद भएको बताए । उनले अहिलेसम्म भ्रमणका खास एजेन्डाहरू नै तय नहुनु दुःखद भएको बताए । नेपालमा चीनको राष्ट्रपतिले भ्रमण नगरेको २१ वर्ष पुगिसकेको बताउँदै उनले भने, ‘तर यसबीचमा झलनाथ खनालबाहेक नेपालका सबै प्रधानमन्त्रीले चीनको भ्रमण गर्नुभएको छ ।’ उनले चीन आर्थिक, सामरिक तथा विज्ञान तथा प्रविधिको हिसाबले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा सशक्त र प्रमुख शक्ति भएकाले उसले विश्वमञ्चमा खोजेको भूमिकालाई कसैले नजरअन्दाज गर्न नहुने बताए । प्रचण्डको चीन भ्रमण अपरिपक्वः भट्टराई एमालेका सांसद तथा परराष्ट्रविद् डा. राजन भट्टराईले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणलाई अपरिपक्वताको संज्ञा दिएका छन् । ‘हामी प्रतिपक्षमा भएर पनि होला प्रधानमन्त्रीको चीन भ्रमणबारे कुनै जानकारी छैन, पत्रपत्रिकामा समाचार देख्दा थाहा पाएका हौँ,’ उनले भने, ‘बोवाओ फोरममा भाग लिनु नियमित भम्रण हो, तर चीनको राष्ट्रपतिसँगको भेट र नेपालको बारेमा केही ठोस एजेन्डामा हस्ताक्षर हुने या नहुने रु को–कोसँग भेट हुने, कस्ता प्रस्ताव लैजाने भन्नेबारेमा कुनै पनि गृहकार्य भएको छैन, यसले राम्रो सन्देश दिँदैन ।’ ओबिआरमा सम्झौता गर्नुपर्छः श्रेष्ठ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चीन भ्रमणको वेला प्रधानमन्त्रीले रेल र तेलको सम्झौता गर्नुपर्ने बताए । विगतमा ऊन, नुन र सुनसँग सम्झौता गरेकोे स्मरण गर्दै अब रेल र तेलसम्बन्धी सम्झौता गर्नुपर्ने उनको भनाइ छ । श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमणमा ओबिआरमा हस्ताक्षर हुन आवश्यक रहेको बताए । ‘पूर्ववर्ती एमाले सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्छ, त्यो कार्यान्वयन नगरीकन अरू कुनै कुराका बारेमा प्रस्ताव गर्दा विश्वासमाथि प्रश्न खडा हुन्छ, अब हामीले भुटानजस्तो मूकदर्शक भएर बस्नुहुँदैन,’ उनले भने, ‘चीनसँगको सम्बन्ध सुमधुर बनाउँदै आर्थिक विकासको दिशातर्फ मुलुकलाई हिँडाउनुपर्छ, भारत र चीनको प्रगति हेरेर रमाउनुभन्दा पनि हामी आफैँले विकासका कार्य अघि बढाउनुपर्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending