Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कर्मचारी नियन्त्रणमा लिएर गाउँपालिका कार्यालय स्थापना

[caption id=\"attachment_123232\" align=\"alignleft\" width=\"750\"]\"\" कार्यकारी अधिकृतसहितको टोलीलाई नियन्त्रणमा लिएर कार्यक्रमस्थलतर्फ लैजाँदै तकसेरावासी ।[/caption] काठमाडौं, ६ चैत । तकसेरावासीले कार्यकारी अधिकृतसहितको कर्मचारी टोलीलाई नियन्त्रणमा लिएर पुथा उत्तरगंगा गाउँपालिकाको कार्यालय स्थापना गरेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– राजपत्रमा गाउँपालिकाको केन्द्र तत्कालीन कोल गाविसको कार्यालय तोकिएको छ । सो स्थानमा कार्यालय स्थापना गर्न पुगेको कार्यकारी अधिकृत तिलक रावतसहितको टोलीलाई तकसेरावासीले नियन्त्रणमा लिएर तकसेरामा कार्यालय स्थापना गर्न लगाएका हुन् । तकसेरावासीले भने कर्मचारीलाई आफूहरूले कुनै जबर्जस्ती नगरेको बताएका छन् । तकसेरा गाविस सरोकार समितिका संयोजक जुद्ध बुढाले आफूहरूले कर्मचारीलाई नियन्त्रणमा लिएर कार्यालय उद्घाटन गर्न नलगाएको दाबी गरे । जिल्लामा यसअघि भएको सर्वदलीय निर्णयअनुसार तकसेरामा कार्यालय स्थापना गरिएको उनले जानकारी दिए । गत १० माघमा तत्कालीन जिल्ला विकास समितिमा भएको सर्वदलीय बैठकले तकसेरामा गाउँपालिकाको केन्द्र तोक्ने निर्णय भएको र सोहीअनुसार आफूहरू अगाडि बढेको उनको दाबी छ । पुथा उत्तरगंगा गाउँपालिकाको कार्यालय कोल गाविसमा स्थापना गर्न गएको जिल्लास्तरीय टोलीका केही सदस्य भने भागेर सदरमुकाम पुगेका छन् । कार्यकारी अधिकृतसँगै गएका जिल्ला समन्वय समितिका कार्यक्रम तथा सूचना अधिकृत चिन्तामणि दाहालसहितको टोली सदरमुकाम फर्किएको हो । तकसेरावासीले जबर्जस्ती गर्न खोजेपछि आफूहरू भागेर सदरमुकाम आएको टोलीले जवाफ दिएको जिल्ला समन्वय समितिका संयोजक नरेन्द्रकुमार रानाले जानकारी दिए । गाविसवासीले जबर्जस्ती कार्यालय स्थापना गर्न लगाए पनि त्यसले वैधानिकता नपाउने जिल्ला समन्वय समितिले जनाएको छ । तत्कालीन कोल गाविसमा कार्यालय स्थापना हुने जिल्ला समन्वय समितिका संयोजक रानाले बताए । कर्मचारीलाई नियन्त्रणमा लिएर स्थापना गरिएको कार्यालयले कुनै पनि हालतमा मान्यता पाउन नसक्ने उनको भनाइ छ । जिल्ला समन्वय समितिका संयोजक रानाले सर्वदलीय बैठकले तकसेरामा गाउँपालिकाको केन्द्र तोक्ने निर्णय नभएको दाबी गरे । तकसेरावासीले सबै मापदण्ड पूरा भएकाले तकसेरामा केन्द्र स्थापना हुनुपर्ने माग गर्दै आन्दोलन गरेपछि यसबारे आयोगमा जानकारी गराउने सहमति भएको उनले बताए । आयोगले तत्कालका लागि कोलमा नै कार्यालय राख्न भनेको र सोहीअनुसार राजपत्रमा प्रकाशित भइसकेकाले पुथा उत्तरगंगा गाउँपालिकाको कार्यालय कोलमा नै रहने उनको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending