Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

लागुऔषध कारोबारीलाई उन्मुक्ति प्रकरणमा सहन्याधिवक्ता निलम्बित

\"\"काठमाडौं, २६ फागुन ।मन्त्रिपरिषद वैठकले लागुऔषध कारोबारको मुद्दामा पूर्व सभासद् मधुसुदन अग्रवालसहित पाँचजनालाई अभियोगबाट उन्मुक्ति दिएको आरोपमा जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंका प्रमुख टेकबहादुर घिमिरेलाई बुधबार निलम्वनको निर्णय गरेको छ। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– सहन्यायाधिवक्ता रहेका डा.घिमिरेलाई पदबाट निलम्बनगरी छानविन गर्ने निर्णय भएको हो। लागुऔषध कारोबारीलाई मुद्दामा छुट दिएको बिषयमा यसअघि महान्यायाधिवक्ताको कार्यालयले आन्तरिक छानविन गरी कारबाहीका लागि मन्त्रिपरिषदमा प्रश्ताव पेश गर्न कानुन मन्त्रालयमा पठाएको थियो। मन्त्रिपरिषदले अघिल्लो साता कानुनी रित पुर्‍याएर पुनः फाइल पेश गर्न मन्त्रालयमै फिर्ता गरेको थियो। सोही अनुरुप मन्त्रालयबाट पेश भएको फाइलमा घिमिरेलाई निलम्बन गरी कारबाहीको निर्णय भएको हो। \'क्याविनेटबाट विविध निर्णय भएको छ। ति निर्णयसँगै सहन्यायाधिवक्ता घिमिरेलाई पदबाट निलम्वन गरी छानविन गर्ने निर्णयसमेत भएको छ,\' क्याविनेट वैठकमा सहभागि एक मन्त्रीले अन्नपूर्ण पोष्टसँग भने, \'उहाँमाथि छानविन समिति बनाएर छानविन हुन्छ। समितिले जे प्रतिवेदन दिन्छ त्यही अनुरुप के कस्तो कारबाही गर्न पर्ने हो त्यही अनुरुप प्रक्रिया अघि बढ्छ।\' आन्तरिक छानविनपछि घिमिरेमाथि निजामती सेवा ऐन अनुरुप कारवाही गर्न महान्यायाधिवक्ता कार्यालयबाट लेखि पठाइएको हो। औषधि बनाउन भनेर आयात गरिएको ठूलो परिमाणको रसायनमा तस्करी भएको पुष्टी भएपछि लागु औषध अनुसन्धान व्यूरोले अग्रवालसहित सात जनामाथि मुद्दा चलाउन जिल्ला सरकारी वकील काठमाडौं समक्ष प्रश्ताव गरेको थियो। तर अग्रवाललाई उन्मुक्ति दिलाएर दुईजनालाई मात्र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएपछि सरकारी वकील शंकाको घेरामा परेका थिए। प्रहरीबाट व्यापक असन्तुष्टी आएपछि सहन्यायाधिवक्ता घिमिरेलाई तत्काल विभागमा तानिएको थियो। घिमिरे नेतृत्वको काठमाडौं सरकारी वकील कार्यालयले पक्राउ परेकामध्ये औषधी विक्रेता एसआर फर्माका मुख्य आरोपी मधुसुदन अग्रवाल, सञ्जय अग्रवाल, अमित अग्रवाल, अक्षय अग्रवाल र आशिष अग्रवाललाई मुद्दा नचलाउने निर्णय गरेको थियो। प्रहरीद्वारा प्रमुख योजनाकारको सूचीमा राखिएका उनीहरु एकै परिबारका सदस्य हुन्। व्यूरो स्रोतका अनुसार उक्त मुद्दामा निर्णय हुनुभन्दा एक महिना पहिल्यै विभागमा सरुवा भइसकेका घिमिरेले प्रहरीको अनुसन्धान फाइलालाई \'होल्ड\' मा राखेर अग्रवाल परिबारलाई मुद्दाबाट \'फुर्सद\' दिलाएका थिए। पक्राउ परेकामध्ये सञ्जय गुप्ता र खडानन्द शर्मालाई मात्र अदालतमा मुद्दा दायर भएको छ। लागू औषध तस्करीमा प्रयोग नभएका गाडीसमेत जफत नगरिएको भन्दै अनुसन्धानमा संलग्न व्यूरोले महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठसँग असन्तुष्टी जनाएपछि घटनाले नयाँ मोड लिएको थियो। औषधि बनाउन भनेर भारतबाट ल्याएको रसायन \'आइस ड्रग\' बनाउने अन्तरराष्ट्रिय लागुऔषध गिरोहलाई विक्री गरेको बिषयमा छानविन गरी व्यूरोले सरकारी वकीलको जिम्मा लगाएको थियो।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending