Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बालुवाटार बैठकमा कसले के भने ?

\"\"काठमाडौं, २६ फागुन । प्रमुख प्रतिपक्षी एमालेले सप्तरीको राजविराज घटनालाई आधार मानेर स्थानीय तहको निर्वाचन मिति नसार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । निर्वाचन सारिए आफूहरूलाई अमान्य हुने पनि एमालेको चेतावनी छ । आजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताको टोलीले सप्तरी घटनासहित निर्वाचनको विषयमा छलफल गरेको छ । बालुवाटारमा भएको बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘निर्वाचन तोकिएकै समयमा हुनुपर्छ, यताउति गरिए स्वीकार्य छैन । समयमै सम्पन्न गराउने कुरामा मात्रै हाम्रो समर्थन रहन्छ ।’ एमाले नेताहरूसँगको छलफलअघि प्रधानमन्त्री प्रचण्डलाई मधेसी मोर्चाका नेताहरूले सात दिनभित्र निर्वाचन मिति स्थगित गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका थिए । ओलीले सुरुमै भने : अभियान सुचारु हुन्छ, सुरक्षा प्रबन्ध होस् हेटौँडाबाट मेची–महाकाली अभियान सुचारु हुन्छ । शान्तिपूर्ण रूपमा जनतामा गएर आफ्ना कुरा राख्न पाउने प्रजातान्त्रिक अधिकारको रक्षा गर्ने जिम्मा सरकारको हो, त्यसमा अलिकति तलमाथि भए सरकार नै जिम्मेवार हुन्छ । राम्रो सुरक्षा प्रबन्ध होस्, हामी शान्तिपूर्ण रूपमा संयमतापूर्वक जनताको बीचमा जान्छौँ । प्रधानमन्त्रीको जवाफ : सुरक्षा दिन्छौँ, तर अभियान पुनर्विचार गर्दा उत्तम मोर्चाले सात दिनको अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाएको छ । यो अवस्थामा परिस्थिति भड्किन नदिन सरकारले पनि मोर्चासँग संवाद बढाउने प्रयास गरिरहेको छ । तपाईंहरूले फेरि अभियान सुचारु गर्दा सकारात्मक वातावरण बन्दैन । अभियानमाथि पुनर्विचार गरिदिँदा धेरै राम्रो हुन्थ्यो । ओलीको प्रतिप्रश्न : कसैलाई झोँक चल्दैमा निषेध गर्न पाइन्छ ? कसैलाई झोँक चल्यो, रहर लाग्यो भन्दैमा तिमी यो ठाउँमा आउन पाइँदैन भन्न पाइन्छ ? त्यही कुराको छिनोफानो गर्न अभियान सुचारु गर्छौँ । हाम्रो अभियान शान्तिपूर्ण हुन्छ । त्यत्रो पेट्रोल बम र ढुंगा प्रहार हुँदा पनि संयमता प्रदर्शन गर्यौँ‍ । हामी त्यस्तै कार्यक्रम गर्छौैँ, तपाईंहरूले सुरक्षाको प्रबन्ध गर्नुपर्छ । देउवाको टिप्पणी : राजविराज घटनामा सरकारको पनि कमजोरी छ राजविराजमा जे भयो त्यसमा सरकारको पनि कमजोरी छ । कुनै पनि दलले शान्तिपूर्ण रूपमा गतिविधि गर्न पाउने लोकतान्त्रिक अधिकारको रक्षा हुनुपर्ने कुरामा कांग्रेस प्रतिबद्ध छ । उक्त दुःखद घटनाको छानबिन हुनुपर्छ । तर, निर्वाचन गराउने वातावरण बनाउन एमालेले सहयोग गर्नुपर्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending