Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रादेशिक संरचनाअनुसार न्यायालयमा कर्मचारी थपिँदै

\"\"काठमाडौं, २५ फागुन । प्रादेशिक संरचनाअनुसार न्यायालयमा कर्मचारी थप्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । सर्वोच्च अदालतले सांगठनिक तथा व्यवस्थापन सर्वेक्षण गर्न चारसदस्यीय कार्यदल गठन गरेर कार्य सुरु गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ– संघीय व्यवस्था लागू भएसँगै अदालतले सबै क्षेत्रमा प्रादेशिक संरचना निर्माण गरेर काम अगाडि बढाएको छ । हाल सातवटा उच्च अदालत निर्माण गरेर न्यायाधीशको पदपूर्तिसमेत गरिसकेको छ । उच्च अदालतमा आवश्यक एक सय ८० न्यायाधीश नियुक्ति टुंगिएसँगै अदालतको प्रादेशिक संचरनामा कर्मचारी थप्ने तयारी भएको हो । सातवटा उच्च अदालत र नौवटा उच्च अदालतका न्यायिक इजलास तथा वीरगन्ज र ओखलढुंगामा स्थापना गरिएका दुईवटा अस्थायी इजलासमा कर्मचारी थप्ने तयारी गरिएको छ । कर्मचारी थप गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको सर्वोच्चका सहरजिस्ट्रार लालबहादुर कुँवरले बताए । तर, उनले के–कति कर्मचारी थपिन्छन् भन्ने विषयमा भने विस्तृत अध्ययन पूरा हुन बाँकी रहेको कुँवरले जानकारी दिए । अदालतको प्रादेशिक संरचनामा कर्मचारी थप्न सर्वोच्चका दुई तथा अर्थ मन्त्रालयका एक उपसचिव र सामान्य प्रशासन मन्त्रालयका एक शाखा अधिकृत रहेको चार सदस्यीय कार्यदल गठन भएको थियो । समितिले विस्तृत अध्ययन गरेर कर्मचारी थप्न प्रतिवेदन तयार गरिसकेको जानकारी दिइएको छ । प्रादेशिक संरचना कार्यान्वयन गर्ने क्रममा पुनरावेदन अदालतलाई उच्च अदालत बनाइएपछि अब कर्मचारीको समायोजनको काम अगाडि बढाउन लागिएको हो । उच्च अदालतका इजलासमा दुई सयसम्म कर्मचारी थप्ने तयारी गरिएको स्रोतले जनायो । यद्यपि, सो संख्या थपघट हुन सक्ने बताइएको छ । कर्मचारी व्यवस्थापनका क्रममा विगतमा पुनरावेदन अदालतमा कार्यरत रहेका कर्मचारी समायोजनसमेत गरिने भएको छ । समायोजनपछि आवश्यक जनशक्ति लोकसेवा आयोगबाट पदपूर्ति गर्ने तयारी छ । कर्मचारीको पदपूर्ति सर्वोच्चबाट सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पुगेर टुंगो लाग्नेछ । कर्मचारी व्यवस्थापनको सैद्धान्तिक पक्ष सामान्य मन्त्रालयले हेर्नेछ भनेर आर्थिक पक्ष अर्थ मन्त्रालयले टुंगो लगाउनेछ । मन्त्रिपरिषद्को निर्णयपछि लोकसेवा आयोगले विज्ञापन खुलाएर पदपूर्तिको बा“की प्रक्रिया अगाडि बढाउने सहरजिस्ट्रार कुँवरले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending