Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

चीनबाट लगातार तीन उच्चस्तरीय टोली आउँदै

\"\"काठमाडौं, २५ फागुन । आगामी एक महिनाभित्र चीनको तीन उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने तय भएको छ । चिनियाँ रक्षामन्त्री, परराष्ट्रसचिव र कम्युनिस्ट पार्टीको एसिया मामिला हेर्ने उच्च अधिकारी काठमाडौं आउन लागेका हुन् । कूटनीतिक स्रोतका अनुसार उनीहरू सबै तीनदिने भ्रमणमा आउन लागेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रोपोगाण्डा प्रमुख लिउ छिपाओले ३ पुसमा तीनदिने नेपाल भ्रमण गरेका थिए । तीन दिनपछि तिब्बतको जनकंग्रेस प्रमुख बाइमा छिलिनले नेपाल भ्रमण गरेका थिए । उनीपछि नेपाल आउन लागेको यो नै उच्चस्तरीय प्रतिनिधिमण्डल हो । चीनको परराष्ट्र मामिलासम्बन्धी सहायकमन्त्री कोङ सुयान्यु ७ देखि ९ चैतसम्मका लागि नेपाल आउने तय भएको छ । परराष्ट्रसचिव शंकरदास वैरागीको औपचारिक निमन्त्रणामा दुईपक्षीय संयन्त्रको बैठकमा सहभागी हुन उनी आउन लागेका हुन् । नेपाल र चीनका परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको ११औँ बैठकका लागि उनलाई परराष्ट्र मन्त्रालयले ११ पुसमा पत्र पठाएको थियो । ८ चैतमा हुने औपचारिक बैठकमा नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, सांस्कृतिक विषयमा छलफल हुनेछ । नेपाल र चीनबीच भएका सबै सम्झौताको समीक्षा र भ्रमणहरूका विषयमा सो बैठकमा छलफल हुने कार्यक्रम छ । ‘बैठकमा नेपाल–चीन सम्बन्धका सबै विषयमा बृहत् छलफल हुन्छ,’ परराष्ट्रसचिव वैरागीले नयाँ पत्रिकासँग भने । बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव वैरागीले तथा चीनको नेतृत्व सहायकमन्त्री कोङले गर्नेछन् । चिनियाँ कम्युनिस्ट पार्टीका नेता बिहीबार आउँदै चिनियाँ कम्युनिस्ट पार्टीको एसिया विभाग हेर्ने उच्च अधिकारी डोउ इन्योङ बिहीबार काठमाडौं आउने तय भएको छ । उनले बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ । स्रोतका अनुसार उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । साँझ उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले उनको सम्मानमा रात्रिभोज दिने कार्यक्रम छ । तर, उनको भ्रमणबारे औपचारिक रूपमा नेपाल र चीन दुवैले प्रतिक्रिया दिएका छैनन् । सैन्य अभ्यासको तयारी नेपाल र चीनका सेनाबीच सैन्य अभ्यासको तयारी अन्तिम चरणमा पुगेको छ । सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथी विनोद श्रेष्ठ नेतृत्वको टोली बेइजिङ पुगेर चिनियाँ जनमुक्ति सेनासँग सैन्य अभ्यासको मोडालिटीबारे छलफल गरेको छ । सैन्य टोली हाल बेइजिङमा छ । ‘विपत् व्यवस्थापन, माउन्टेनियरिङ अभ्यासलगायतमा अनुभव साटासाट गर्न चीनसँग सैन्य अभ्यास हुन लागेको हो,’ रक्षामन्त्री बालकृष्ण खाणले नयाँ पत्रिकासँग भने, ‘भूकम्पपछिको विपत्मा नेपाली सेनासँग विभिन्न देशका सेनाले सहकार्य गरे, त्यस्तो अवस्थाको सामना गर्ने विषयमा सैन्य अभ्यासका क्रममा अनुभव आदानप्रदान हुन्छ । सेनाले यसबारे तयारी गरिरहेको जानकारी मलाई दिइएको छ ।’ चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले १४ पुसमा सैन्य अभ्यास हुने सार्वजनिक गरेका थिए । रक्षामन्त्री चाङको भ्रमण ११–१३ चैतमा रक्षामन्त्री बालकृष्ण खाणको निमन्त्रणामा चीनका रक्षामन्त्री चाङ वाङक्वान ११–१३ चैतसम्म नेपाल आउँदै छन् । उनले रक्षामन्त्री खाणसँग १२ चैतमा औपचारिक दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ । नेपाल हुँदै श्रीलंका जान लागेका रक्षामन्त्री चाङसँग नेपाल र चीनबीचको रक्षा सम्बन्ध र नेपाली सेनालाई उपलब्ध गराउने चिनियाँ सहयोगसम्बन्धी छलफल हुनेछ । रक्षामन्त्री खाणले चिनियाँ समकक्षीको भ्रमणबारे विस्तृत तालिका आइनसकेको बताए । मन्त्री खाणले मंगलबार नयाँ पत्रिकासँग भने, ‘उहाँलाई हामीले निमन्त्रणा गरेका हौँ, राष्ट्रपति सी जिनपिङ आउन अलिक समय लाग्ने भएकाले यो तहको भए पनि राजनीतिक भ्रमण हुन लागेको छ, तर विस्तृत कार्यतालिका आइसकेको छैन ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending