Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

मान्छेमा सर्ने चिनियाँ बर्डफ्लुको त्रास नेपालमा

\"\"काठमाडौं, २४ फागुन । चीनका विभिन्न प्रान्तहरूमा बर्डफ्लुका कारण पछिल्लो अवधिमा ५५ जना नागरिकको ज्यान गएपछि नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँचमा कडाइ गरेको छ। चीनको हङकङ, ग्वान्जाओलगायतका स्थानमा एच ७ एन ९ नामक भाइरस भेटिएर नागरिकको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिले एयरलाइन्समार्फत दैनिक सयौं नागरिकहरू चीनबाट नेपालतर्फ भित्रिने र नेपालबाट चीनतर्फ जाने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कमा उल्लेख छ। नेपालका पक्षीहरूमा बर्डफ्लु भेटिए पनि नागरिकहरूमा अहिलेसम्म नभेटिएको तर, चीनबाट मानिसहरू आवतजावत गर्दा बर्डफ्लुको लक्षण देखापर्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । यसैबीच, मानिसमा बर्डफ्लु भए–नभएको परीक्षण गर्न सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयको समन्वयमा ९ जना स्वास्थ्यकर्मीको टोली खटाएको छ। ती स्वास्थ्यकर्मीहरूले जिका भाइरस, स्वाइन फ्लु र इबोला भाइरसको पनि परीक्षण गर्नेछन् । बिहानैदेखि रातिसम्म सो टिम स्वास्थ्य चेकजाँचमा खटिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ। सबै भाइरसको साझा लक्षण शरीरमा उच्च तापक्रम हुने भएको भन्दै कसैको शरीरमा उच्च तापक्रम भएको पाइए विमानस्थलको छुट्टै वार्डमा लगी चेकजाँच गरिने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । चेकजाँच विधि के हो भन्ने नेपाल समाचारपत्रले जिज्ञाशा राख्दा प्रवक्ता ठाकुर भन्छन्– ‘पहिले उहाँहरू विमानबाट झर्नुहुन्छ। त्यसपछि आगमन कक्षमा स्वास्थ्यकर्मीहरूले क्रमैसँग चेकजाँच गर्नुहुन्छ। अनि बल्ल गन्तव्यस्थलतर्फ पठाउँछौं। अब चेकजाँचमा कडा निगरानी राख्ने योजना बनाएका छौं।’ विशेषतः नेपालबाट चीनका लागि ह्लासा, ग्वान्जाओ, सांघाई, बेइजिङसम्म यात्रुहरूको सोझो आवतजावत हुन्छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE