Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

भ्रष्टतन्त्रमा मस्त गगन

\"\"काठमाडौं, २३ फागुन । स्वास्थ्य मन्त्री गगन थापाले पहिलाको मिति राखी चारवटा स्वास्थ विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गरेका छन् । २०७३ फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको भएपनि मन्त्री थापाले फागुन १९ गते उपकुलपति नियुक्ति गरेका हुन् । साँघु साप्ताहिकमा खबर छ– उपकुलपति मात्र होइन, स्वास्थ्यका निर्देशक तहका सरुवा पनि उनले फागुन २० गते नै गरेका छन् । मन्त्री थापाका पीए कृष्ण रिजाल र शैलेश सिटौलाहरुले दाम खाएर भर्ना गर्न निर्देशन जारी गरेका ब्यक्तिहरु राख्न अस्वीकार गरेपछि मध्यमान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक रमेशविक्रम सिंहलाई स्वास्थ्य सेवा विभागमा सरुवा गरेको खबर छ । मध्यमाञ्चल स्वास्थ्य निर्देशनालयले अनमी, अहेवलगायतका जनशक्ति करारमा माग गरेको थियो । ती करारमा आवेदन दिएकाहरुसँग गगन थापाका पीए रिजाल र सिटौलाले पास गराइदिने सर्तमा रकम संकलन गरी निर्देशक सिंहलाई सूची दिएको बताइन्छ । स्रोतका अनुसार, सूची अनुसारका व्यक्तिलाई जसरी पनि पास गराउन मन्त्रीका पीएहरुले दबाब दिएपछि निर्देशक सिंहले अन्तर्वार्ता गरिसकेकाले सम्भव नभएको जवाफ दिएका थिए । मन्त्रीका पीएहरुले दिएको सूचीअनुसार पास गराए अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा पर्ने भएकाले निर्देशक सिंहले अस्वीकार गरेका थिए । घुस मन्त्रीका स्वकीय सचिवले खाने, बदनामी आफ्नो हुने भएकाले पनि उनले सूची अनुसार पास गर्न अस्वीकार गरेको कर्मचारी स्रोत बताउँछ । त्यही रिस फेर्न रिजाल र सिटौलाले मन्त्रीलाई चुक्ली लगाएर उनलाई विभागमा सरुवा गरी विभागका वासुदेव पाण्डेलाई मध्यमाञ्चल क्षेत्रको निर्देशकमा पठाउन सफल भएका छन् । मन्त्री थापा प्रत्यक्ष रुपमा नदेखिने तर पीएमार्फत असुलीमा व्यस्त छन् भन्ने कुरा मध्यमाञ्चलका निर्देशक सरुवाले पुष्टी गरेको चर्चा स्वास्थ्य मन्त्रालयमा छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE