Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

संशोधनमाथि १५ संशोधन

\"\"काठमाडौं, १६ फागुन । सरकारले १४ मंसिरमा संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि ३६ सांसदले १५ वटा संशोधन हालेका छन् । विधेयकमाथिको सैद्धान्तिक छलफल बिहीबार सकिएपछि संशोधन हाल्न ७२ घन्टाको समय दिइएको थियो । आजको नयाँ पत्रिकामा खबर छ– अन्तिम म्याद आइतबारसम्म १५ वटा संशोधन परे । संशोधन विधेयकमाथि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्रकै असन्तुष्ट सांसददेखि मधेसी मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टीसम्मले छुट्टाछुट्टै संशोधन हालेका छन् । यसबाहेक साना पार्टीले समेत मोर्चामा आबद्ध दलसँग मिलेर र छुट्टाछुट्टै संशोधन हालेका छन् । विपक्षी नौ दलको आग्रह : विधेयक स्थगन संशोधन प्रस्तावलाई असंवैधानिक भन्दै फिर्ता लिन माग गर्दै आएका एमालेसहित विपक्षी नौ दलले विधेयकमाथि संशोधन दर्ता गराएनन् । उनीहरूले विधेयक अस्वीकार गर्दै सत्तापक्षबाट समेत संशोधन हालिएको, फोरम लोकतान्त्रिकसहितका पाँच दलले समेत मोर्चाभन्दा फरक संशोधन हालेकाले विधेयकको औचित्य समाप्त भइसकेको जिकिर गरेका छन् । अब विधेयक स्थगित गर्नु सरकारका लागि नै सबैभन्दा उत्तम विकल्प भएको उनीहरूको भनाइ छ । ‘अब संशोधन अघि बढाउनु भनेको देश र जनतालाई विभाजित गरेर द्वन्द्व झन् बढाउनु मात्रै हो, विधेयक फेल हुँदा संसद्बाट राजीनामा दिएर आन्दोलनमा जान्छौँ भन्ने मधेसी मोर्चाको भाषा प्रधानमन्त्रीले बुझ्नुपर्ने हो,’ एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नयाँ पत्रिकासित भने, ‘अब विधेयक स्थगन गरेर चुनावमा जानु उत्तम विकल्प हुन्छ, प्रक्रियामा जबर्जस्ती लगिए पनि एकतिहाइले होइन, झन्डै बहुमतसहित भारी मतले अस्वीकृत हुने स्पष्ट भइसकेको छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending