Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

बुधबारदेखि २० वर्ष पुराना गाडी प्रतिबन्ध

\"\"काठमाडौं, १६ फागुन । उपत्यकाभित्र आगामी बुधबारदेखि २० वर्षभन्दा पुराना सवारीसाधन चल्न बन्देज लाग्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार पहिलो चरणमा सार्वजनिक प्रयोजनका सवारीसाधनको हकमा मात्रै यो नियम लागू हुनेछ । आजको नयाँ पत्रिकामा खबर छ– बुधबारदेखि उपत्यकाभित्र कालो नम्बर प्लेटका २० वर्ष पुराना बस, मिनीबस, माइक्रोबस, टेम्पो, ट्रक, पिकअप, ट्याक्सीलगायतका सवारीसाधन चल्न सरकारले रोक लगाउने भएको हो । विभागका अनुसार उपत्यकामा २० वर्षे गाडी सञ्चालनमा रोक लगाउने कार्य सफल भएपछि मुलुकभरका पुराना गाडी गुड्न प्रतिबन्ध लगाइनेछ । विभागले ३० फागुन ०७४ बाट मुलुकभर २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाउने जानकारी दिएको छ । निजी सवारीसाधनमा यो नियम लागू नहुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार यो नियम निजी प्रयोजनका सवारीसाधनमा भने लागू हुनेछैन । ‘बुधबारबाट उपत्यकाभित्र २० वर्षभन्दा पुराना सवारीसाधन चल्न प्रतिबन्ध लगाइएको छ, तर निजी सवारीसाधनको हकमा भने यो नियम लागू हुनेछैन,’ उनले भने । २० वर्ष पुराना गाडीको संख्या २५ सय विभागका अनुसार उपत्यकाभित्र २० वर्ष पुराना सवारीसाधनको संख्या दुई हजार पाँच सय छ । पुराना सवारीसाधनका कारण वातावरण प्रदूषण, सवारी दुर्घटना, ट्राफिक जामजस्ता समस्या बढी देखिएकाले सञ्चालनमा प्रतिबन्ध गर्ने निर्णय गरेको विभागको भनाइ छ । ‘पुराना सवारीसाधनले प्रदूषण बढाए । ट्राफिक जाम, सडक दुर्घटना, मेन्टिनेन्स तथा इन्धन खपत धेरै गरे । सहरको सौन्दर्यमा ह्रास पुगेकाले प्रतिबन्ध गर्ने निर्णय गरिएको हो,’ पाण्डेले भने । ट्राफिक प्रहरी महाशाखाका अनुसार सवारी दुर्घटनाका कारण मुलुकभर दैनिक पाँचजनाले ज्यान गुमाउँदै आएका छन् । उपत्यकामा भने प्रत्येक महिना १५ देखि २० जनाको ज्यान जाने गरेको छ । त्यसमध्ये ६७ प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको छ । यस्तै, १६ प्रतिशत दुर्घटना पुराना सवारीसाधनका कारण हुने गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE