Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

तीन लाख ऋण लिन प्राधिकरणका पाँच सर्त

\"\"काठमाडौं, १६ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई उपलब्ध गराउने घोषणा गरेको तीन लाख रुपैयाँ सहुलियत ऋणका लागि पाँचवटा सर्त अगाडि सारेको छ । तीन लाख रुपैयाँ अनुदान प्राप्त गर्ने पीडितलाई थप तीन लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने योजना कार्यान्वयनमा लैजान प्राधिकरणले सर्त राखेको हो। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा आइतबार सिंहदरबारमा आयोजित सरोकारवाला निकायको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले यस्तो प्रस्ताव राखेका हुन् । तीन लाख सहुलियत ऋण लिने व्यक्तिलाई नेपाल राष्ट्र बैंकले विपन्नवर्गका रूपमा परिभाषित गर्नेछ । भूकम्पबाट घर क्षति भई लाभग्राहीको सूचीमा परेको हुनुपर्ने, बन्न लागेको घर धितो राख्नुपर्ने, भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि २०७३ को अनुसूची १ (१२) बमोजिम बन्न लागेको घर धितो राख्ने र बैंकलाई मान्य हुने आयआर्जनको सुनिश्चितता गरी ल्याउनुपर्ने सर्त प्राधिकरणले प्रस्ताव गरेको छ । उक्त अनुसूचीमा सार्वजनिक, सरकारी र वन क्षेत्रको जग्गाबाहेक विभिन्न किसिमका गुठी, बिर्ता र गुठी अधीनस्थ जग्गा, मोही लागेको जग्गा, स्ववासी, बेनिस्सा, गाउँ ब्लक, कोदाली, आँकडा, विटौरी, उखडासमेतका जग्गामा बसोबास भई घर क्षति भएकालाई लाभग्राही मानिएको छ । ती लाभग्राहीसँग भएको जग्गाको भोगसम्बन्धी कुनै निस्सा, रसिद वा पुर्जीका आधारमा स्थानीय निकायले गरिदिएको सिफारिसलाई आधार बनाइएको छ। पोखरेलका अनुसार गुठी, स्ववासीलगायत निस्सा भएका लालपुर्जा नभएकाहरूलाई घरको नक्सा पास गर्न समस्या भएको हुँदा बाधा अड्काउ फुकाउन अब प्रक्रिया अगाडि बढ्नेछ । प्राधिकरणको प्रस्तावमा ऋणको भाकाभित्र सोही घर र जग्गा बेचबिखन गर्न नपाइने, ऋण नतिरेको अवस्थामा ऋणको भाका नाघेपछि पासपोर्टलगायत स्थानीय निकायबाट गरिने सिफारिसमा रोक लगाउने तथा कुनै पनि सामाजिक सुविधा नदिइने सर्त उल्लेख छ । ऋण पाउन पूरा गर्नुपर्ने सर्त – भूकम्पबाट घर क्षति भई लाभग्राही सूचीमा परेको हुनुपर्ने, – बन्न लागेको घर धितो राख्ने – बैंकलाई मान्य हुने आयआर्जनको सुनिश्चितता गराउनुपर्ने – ऋणको भाकाभित्र घर–जग्गा बेचबिखन गर्न नपाइने – ऋण नतिरे स्थानीय निकायबाट दिइने सेवा–सुविधा रोकिने
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending