Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

रामचन्द्र गुटको भेला, पौडेलले भने– देउवाबाट अब पार्टी चल्दैन

\"\"काठमाडौं, १५ फागुन ।  पार्टी सञ्चालन अपादरर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग लिखित माग गरेको छ । राजदूत नियुक्ति, भ्रातृसंस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ –पौडेल पक्षको शनिबार भएको बैठकमा नेताहरूले ‘अब देउवाबाट पार्टी चल्दैन’ भन्दै आ–आफ्ना धारणा राखेका थिए । तर, देउवालाई पत्र बुझाउँदा भने उनीहरूले नरम भाषा प्रयोग गरेका थिए । ९ कात्तिकको केन्द्रीय समिति बैठकयता देउवाले बैठक बोलाएका छैनन् । ‘पार्टी सञ्चालनको शैली पारदर्शी र संस्थागत भएन । भ्रातृसंस्था पनि व्यवस्थित भएन । राजदूत नियुक्तिमा उस्तै एकलौटी गुटगत प्रवृत्ति हाबी भयो भन्ने विषयमा गम्भीर समीक्षा भयो,’ छलफलमा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘पार्टी सञ्चालन नै पारदर्शी नभएपछि यी विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक तत्काल माग गर्न ध्यानाकर्षण गराउन लिखितपत्र बुझाइको हो ।’ केही दिनमै केन्द्रीय समिति बैठक नडाके अरु सदस्यहरूले पनि हस्ताक्षर गरेर दबाब बढाउने तयारी पौडेल पक्षको छ । पार्टी नेतृत्व सुस्ताएको निष्कर्ष राष्ट्रिय परिस्थितिमा कांग्रेसले नेतृत्व गर्न आवश्यक भए पनि सभापतिको शैली र सक्रियता त्यस्तो नदेखिएको भन्दै पौडेल पक्षले पार्टी नेतृत्व सुस्ताएको निष्कर्ष निकालेको छ । सभापतिले पार्टीलाई एकढिक्का बनाउनुको सट्टा आफैंले गुटगत राजनीतिलाई बल दिएको भन्दै पौडेल पक्ष तीव्र असन्तुष्ट बन्न पुगेको छ । स्ववियु चुनावमा सभापति अनुदार बैठकमा स्ववियु चुनाव गराउने विषयमा सभापति देउवा पक्ष नै अनुदार रहेको निष्कर्ष निकालिएको छ । ‘स्ववियुको नोमिनेसन हुने दिनसम्म पनि तालाबन्दी भइरह्यो । सभापति पक्षधर नेविसंघका सभापति तालाबन्दी गर्नुपर्छ भन्दै हिँडेका छन्,’ छलफलमा सहभागी एक नेताले भने, ‘यस्तो हुँदा एमालेको आरोपलाई बल पुर्‍याउने ठाउँ पार्टीभित्रैबाट दिएका छौं ।’ कांग्रेससँग उठबस नगर्नेलाई राजदूत बनाइकोमा आक्रोश बैठकमा आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडू, डा।मिनेन्द्र रिजालसहितका नेताले राजदूत नियुक्तिमा सभापति देउवाले एकलौटी गरेको र कांग्रेसलाई नै दाग लगाउने काम गरेको आरोप लगाएका थिए । ‘कांग्रेस नै नभएका आशा लामासहितलाई राजदूत बनाइएको असन्तुष्टि व्यक्त भएको छ,’ छलफलमा सहभागी केन्द्रीय सदस्य घिमिरेले भने, ‘कांग्रेसले चिनेको, कांग्रेससँग उठबस गरेका कोही भएनन् । कांग्रेसको बौद्धिक प्रतिष्ठाभन्दा बाहिरकालाई बनाएकोप्रति असन्तुष्टि व्यक्त भएको छ ।’ भीम उदास र रमेश कोइराला पनि कांग्रेसभन्दा बाहिरका भएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको हो । ‘राजदूत बनाइएका आशा लामा, भीम उदास र रमेश कोइरालालाई कसैले चिन्दैन । सल्लाह नगरी उनीहरूलाई कसरी राजदूत बनाइयो,’ नेताहरूको आक्रोशपूर्ण भनाइ उद्धृत गर्दै घिमिरेले भने, ‘यिनीहरूको परिचय, पहिचान, सम्बन्ध, चिनजान पार्टीसँग भएको देखिँदैन ।’ लामा युएई, कोइराला कतार र उदास म्यानमारका लागि राजदूत सिफारिस भएका छन् । श्रीलंकाका लागि सिफारिस गरिएका अर्थशास्त्री विश्वम्भर प्याकुरेलप्रति पनि पौडेल पक्षले सन्तुष्टि व्यक्त गरेको छ । बैठकमा कसले के भने ? देउवाबाट पार्टी चल्दैन : रामचन्द्र पौडेल कांग्रेसमा देउवाजी सभापति भएको एक वर्ष भयो, तर एक वर्षमा पदाधिकारी चयन, विभाग गठन, कार्यसम्पादन समिति गठन हुनै सकेको छैन । समयमा पार्टीका संरचना नबन्दा र नेता कार्यकर्तालाई जिम्मेवारी नदिँदा चुनाव लक्षित कार्यक्रम बनाउने र कांग्रेसको पक्षमा माहोल सिर्जना गर्न गाह्रो हुँदै गएको छ । पार्टीमा निर्णय पारदर्शी छैनन् । सरकार गठनका बेला कांग्रेसले १३ मन्त्रालय पाउने र हाम्रो पक्षलाई पाँच दिने भनियो, तर हामीलाई छलछाम गरी पछि १५ वटा कांग्रेसले लिएको देखियो । भ्रातृसंस्थामा पनि उहाँले उस्तै छलछामको राजनीतिक देखाउनुभएको छ । यी सबै विषय हेर्दा अब सभापति देउवाबाट पार्टी चल्दैन भन्ने हामी सबैले बुझ्नुपर्ने कुरा हो । पार्टीलाई सक्रिय बनाऔं : डा। रामशरण महत हामी स्थानीय, प्रान्तीय र केन्द्रीय चुनावको संघारमा भइरहँदा पार्टीभित्रै धेरै चुनौती छन् । जिम्मेवारी धेरै भइरहँदा हामी चुकिरहेका छौं । चुनावका मुखमा विभागलाई सक्रिय बनाउने, भ्रातृसंस्थालाई बलियो बनाउने र नेता कार्यकर्तालाई जिम्मेवारी दिएर खटाउनुपर्ने भए पनि सभापतिमा अलिकति पनि गहनता देखिएन । यस्तै चालले हामी कांग्रेसको पक्षमा माहोल बनाउन सक्दैनौं । सभापतिले पार्टी डुबाउन लागे : बलबहादुर केसी हिजो पदाधिकारी नियुक्ति, विभाग गठनदेखि केन्द्रीय सदस्य छान्नेसम्मका काममा देउवाले सुशील कोइरालालाई अप्ठ्यारो पारेका थिए । तर, आज सभापति भएपछि पनि उहाँले हिजो जुन कुरा उठाएका थिए, ती कुनै पनि काम गर्न सकिरहेका छैनन् । शेरबहादुरले पार्टी डुबाउन लागे, अब उनीबाट पार्टी चल्दैन भन्ने प्रमाणित भयो । अब सभापकिो कमजोर क्रियाशीलतालाई हामीले भण्डाफोर गर्नुपर्छ । गरम बैठकको नरम पत्र नेता पौडेलले देउवाका स्वकीय सचिव भानु देउवामार्फत ध्यानाकर्षण पत्र बुझाएका छन् । पत्रमा पार्टी संगठन, भ्रातृसंस्था सन्तुलित रूपमा चलाउनुपर्ने, राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै तीन तहको चुनावको विषयमा पार्टी परिचालन र सरकार सञ्चालनमा खेल्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउन माग गरिएको छ । त्यसका लागि अविलम्ब केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाउनुपर्ने माग गरिएको छ । बैठकमा नेता डा। रामशरण महत आक्रामक ढंगले प्रस्तुत भएका थिए । तर, उनैको प्रस्तावअनुसार ‘भित्र बोल्ने कुरा एउटा हुन्छ, तर बाहिर लाने कुरा अर्को हुन्छ’ भन्दै पत्रमा नरम व्यहोरा उल्लेख गरिएको छलफलमा सहभागी एक नेताले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE