Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सामाजिक सन्जालबाटै यौन प्रस्ताव

\"\"काठमाडौं, ४ फागुन । सामाजिक सञ्जाल फेसबुकले टाढा रहेका एक अर्कालाई जोडेको छ । यसबाट धेरैले लाभ पनि लिएका छन् । तर, पछिल्ला दिन सम्बन्ध प्रगाढ बनाउने साधन सामाजिक सञ्जाल अपराध गर्ने साधन बन्दै गएको छ । पछिल्लो उदाहरण मंगलबार प्रहरीसमक्ष आइपुगेको सामाजिक सञ्जालमार्फत भएको एउटा आपराधिक घटना हो । २१ वर्षीया एक युवतीमाथि एक युवाले सामाजिक सञ्जालमार्फत दिएको यातना अनौठो मात्र छैन, प्रयोगकर्ताका लागि जिब्रो टोक्नुपर्ने पनि छ । आजको राजधानी दैनिकमा खबर छ– अपरिचित युवकले ती युवतीलाई फोनमार्फत बारम्बार यौनसम्बन्धको प्रस्ताव मात्र राखेनन्, अश्लील सन्देश पठाएर हैरान पारे । युवती प्रहरीकहाँ पुगिन् । प्रहरीले तुरुन्तै युवतीलाई यस्तो प्रस्ताव राखेको अभियोगमा ललितपुरको ग्वार्कोबाट सागर धिताललाई पक्राउ ग¥यो । सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पत्ता लगाएका रहेछन् । त्यसपछि प्रहरीको अनुसन्धानको सुई अश्लील नाम दिएर खोलिएको फेसबुक अकाउन्टतिर सोझियो । प्रहरी अनुसन्धानपछि खुल्यो, सो अश्लील अकाउन्ट दुई वर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीका जागिरे सुरज बस्नेतले चलाइरहेका रहेछन् । अनौठो त के छ भने, सेक्स धन्दाको सञ्जाल फैलाउनकै लागि बस्नेतले सो फेसबुक अकाउन्ट चलाएका रहेछन् । प्रहरीको अहिलेसम्मको अनुसन्धान भन्छ, ‘संगठित यौध धन्धा चलाउने र आफ्ना पक्षमा नदेखिने महिलाको हुर्मत लिनकै लनगि केही व्यक्तिको संलग्नतामा संगठित धन्दा भएको देखिन्छ ।’ ती व्यक्तिले खोेलेको एकाउन्टमा २३ युवतीका टेलफोन नम्बर सार्वजनिक गरिएको छ । बस्नेतले नाम र फोन नम्बर सार्वजनिक गरेको फेसबुक अकाउन्टलाई यौनसम्बन्ध राख्नका निम्ति फोन गर्न सकिने सूचना पोस्ट गरिएको प्रहरीको भनाइ छ । सो एकाउन्ट बन्द गरेर अहिले प्रहरी थप ‘कनेक्सन’ को खोजीमा छ । प्रहरीका अनुसार बस्नेत आफैं पनि कैयन युवतीहरूसँग फोन वा फेसबुकमार्फत सम्पर्कमा पुग्ने, उनीहरूलाई यौनसम्बन्धका निम्ति बाध्य बनाउन धम्काउने र बाध्य बनाउने कार्यमा संलग्न छन् । प्रहरीले धिताललाई सार्वजनिक अपराध ऐन र बस्नेतलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाएको छ । महाशाखाका साइबर पिलर सम्हालिरहेका डीएसपी पशुपति रायले फेसबुकमार्फत यौन धन्दाको सञ्जाल चलाउने यस्ता अभ्यास अत्यन्तै नौलो भएको बताए । उनले अश्लील सामग्री राख्ने अन्य केही फेसबुक पेज र अकाउन्टबारे पनि अध्ययन भइरहेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending