Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

क्षेत्रीय विकासको अवधारणा राजा वीरेन्द्रले ल्याएका हुन् : थापा

\"\"काठमाडौँ, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्कालीन राजा वीरेन्द्रले राज्याभिषेकका क्रममा विश्व समुदायसामु नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राखेको प्रस्ताव राष्ट्रको सुरक्षाका लागि महत्वपूर्ण कूटनीतिक प्रयास भएको बताएका छन् । स्व राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको बिहीबार उद्घाटन गर्दै अध्यक्ष थापाले सो प्रस्तावको विश्वका ११६ राष्ट्रले समर्थन जनाएको र त्यसले मुलुकको राजनीतिमा दीर्घकालसम्म प्रभाव पारेको भए पनि पछिल्लो समयमा आएको उतारचढावले सो विषय अहिले ओझेलमा परेको बताए । उनले भने – “राजा वीरेन्द्रले देशको समृद्धिका लागि क्षेत्रीय विकासको अवधारणा ल्याएको हो । जनमत सङ्ग्रहको अभ्यास अर्को उदाहरण हो ।” पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले मुलुकको भू–राजनीतिक अवस्थालाई बुझेर तत्कालीन राजाले दुवै छिमेकी राष्ट्रसँग सन्तुलित विदेश नीति अपनाएको स्मरण गरे । इतिहासविद् डा सुरेन्द्र केसीले मुलुकको विकासमा राजसंस्थाले पु¥याएको योगदानको सराहना गर्नुपर्ने विचार व्यक्त गर्दै देशमा शिक्षाको पहुँच विस्तार गर्ने कार्यमा राजा वीरेन्द्रको उल्लेख्य योगदान रहेको बताए । पूर्वउपरथी टीका धमला, समाजसेवी भरत बस्नेतलगायतले देशको स्वाभिमान र अविभाज्यतालाई कायम राख्न राजा वीरेन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा विभिन्न समयमा गरेका प्रयासका बारेमा चर्चा गरेका थिए । प्रतिष्ठानका अध्यक्ष शिवहरि नेपालले देशमा शान्ति स्थापना तथा दिगो विकासका लागि राजा वीरेन्द्रले गरेका कार्यको खोज अनुसन्धान गरिने बताए । विसं २००२ पुस १४ गते जन्मेका राजा वीरेन्द्रको विसं २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा परेर निधन भएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending