Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

१६ महिनापछि प्रचण्ड र बाबुराम एउटै मञ्चमा, के भने एक अर्काको बारेमा ?

\"\"काठमाडाैं, १२ पुस । जनयुद्धका सहकर्मी प्रचण्ड र डा. बाबुराम भट्टराई १६ महिनापछि सोमबार एउटै मञ्चमा देखा परे । संयोग स्व. भक्ति पाण्डेको जीवनयात्रा समेटिएको पुस्तक ‘चाचा’ सार्वजनिकीकरण कार्यक्रमले जुराइदिएको थियो । कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि थिए भने डा. भट्टराई विशिष्ट अतिथि थिए । डेढ घन्टा लामो कार्यक्रममा कुम जोडेर मञ्चमा बसेका प्रचण्ड–बाबुरामले एकअर्काका सबल र दुर्बल पक्षबारे खुलेरै चर्चा गरे । आजको नयाँ पत्रिकामा खबर छ– भट्टराईले ९ असोज २०७२ मा माओवादी त्याग गरेपछि यी दुई नेता पहिलोपटक एउटै सार्वजनिक मञ्चमा बसेका हुन् । दलीय बैठकहरूमा कैयौँपटक भेट भए पनि सार्वजनिक मञ्चमै भने प्रचण्ड–बाबुराम सँगै देखिएका थिएनन् । बाबुरामबारे प्रचण्ड बाबुरामजीलाई मैले जति अरूले बुझेका छैनन् हामी झन्डै तीन दशक कम्युनिस्ट आन्दोलनमा एउटै पार्टीमा रह्यौँ । २५ वर्ष एउटै कमिटीमा हामी बस्यौँ । धेरै ठूला उतार–चढाव हामीले पार गर्‍यौँ, सँगसँगै । हामीबीचको एकताको आवश्यकता के हो र महत्व के हो भन्ने कुरा बुझ्नेमा हामी असाध्यै नजिक छौँ भन्नेमा म अहिले पनि विश्वस्त छु । अहिले उहाँ नयाँ शक्ति भनेर नयाँ ढंगले जानुभएको छ । तैपनि, मेरो भूमिका के हो भन्नेमा उहाँले र उहाँमा भएको गुण के हो भन्नेमा मैले जति अरूले बुझेका छन् भन्नेमा मलाई विश्वास लागेको छैन । तर, उहाँले हतारो गर्नुभयो एकता केन्द्र बनाउँदा म नेतृत्वमै थिएँ, त्यसलाई माओवादी बनाउँदा पनि म नेतृत्वमै थिएँ । जनयुद्ध सुरु गर्दा र शान्तिप्रक्रियामा आउँदा पनि म नेतृत्वमै थिएँ र छु । बाबुरामजीलाई वैचारिक राजनीतिक बहस गर्दै जाँदा यदि हामी ‘जड’ नै भएको लागेको भए या हामी साँच्चै विचलनतिर गएको जस्तो भए जनयुद्ध न सुरु गर्न सम्भव हुने थियो, अथवा यसको अन्तिममा ल्यान्डिङ जसरी जुन ढंगले भयो, न त्यो नै सम्भव थियो । यतिवेला पुष्टि हुन्छ कि बाबुरामजीले हतारो गर्नुभयो । उहाँले त्यसो नगरेको भए हुन्थ्यो । बाबुरामजीको स्टेप अलि ‘नर्मल’ लाग्दैन यहाँ म एउटा शब्द प्रयोग गर्न चाहन्छु– उहाँको स्टेप अलि नर्मल लाग्दैन । हामीले नर्मल स्टेप चाल्दै जान सकिन्थ्यो । हामी अहिले एक–अर्कालाई धेरै आरोपित गर्नेभन्दा पनि समीक्षा गर्नुपर्ने ठाउँमा छौँ । त्यो समीक्षाले फेरि हामीलाई एक ठाउँमा पुर्‍याउन सम्भव छ । एकै ठाउँमा उभिनुको विकल्पै देखेको छैन अहिले हामी दुई ठाउँमा छौँ, तर देशको राजनीतिक घटनाक्रम परिस्थितिले हामीलाई फेरि एकै ठाउँमा ल्याउने वातावरण तयार पार्दै छ । हामी इमानदार छौँ, राष्ट्रप्रति, जनताप्रति । हिजो गरेका काम र त्यसको उपलब्धिको रक्षाप्रति भने हामी एकै ठाउँमा उभिनुको मैले विकल्पै देखेको छैन । उपलब्धि उल्टाउन धराप थापिएको कुरा बिर्सन हुँदैन कहीँ न कहीँ संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता समावेशी–समानुपातिकजस्ता उपलब्धिलाई उल्ट्याउने कोसिस बढेका छन् । किनकि, माओवादीहरू विभाजित भए, पराजित भए, कोही के भनेर हिँड्छन्, कोही के भनेर हिँड्छन् । अहिले प्राप्त उपलब्धिको संस्थागत गर्ने जिम्मेवारी माओवादीसँग छ । अब फेरि पछाडि फर्कन सकिन्न अब फर्केर ०४७ सालतिर जान सकिँदैन, जाने ०७४/०७५ तिरै हो । तर, देशको यही चित्र रहिराख्छ कि राख्दैन ? हामीले जे भनेका थियौँ, जे प्रयोग गरेका थियौँ, त्यो रहन्छ कि रहँदैन भन्ने असाध्यै गम्भीर प्रश्न देशको अगाडि खडा छ । हामी चाहे, संविधान संशोधनको कुरा गरौँ या निर्वाचनको कुरा गरौँ, हामी सुन्न थालेका छौँ, प्रदेशको निर्वाचन नभए पनि के भयो र ? यहाँ संविधान नै नभए पनि के जान्छ र ? प्रचण्डबारे बाबुराम हामी परिपूरक थियौँ, तर तथ्य बंग्याउने काम भयो जनयुद्धको विकास गरेर यो अवस्थासम्म ल्याउन प्रचण्ड र बाबुरामको भूमिका रह््यो, उनीहरूका भूमिका एक–अर्काका परिपूरक थिए । तर, दुर्भाग्य त्यसलाई यथार्थका रूपमा स्वीकार नगर्ने, पार्टीभित्र पनि अस्वस्थ खालका गुटगत प्रतिस्पर्धा गर्ने र एउटालाई एकातिर, अर्कोलाई अर्कोतिर उचालिदिने, यथार्थ कुरालाई बंग्याइदिने काम भयो । मलाई लाग्छ, हामी दुईको पूरक भूमिकाकै कारण यो अवस्थासम्म आइपुगेका हौँ । तर, म अब त्यसमा केही भन्न चाहन्नँ, किनकि मैले एउटा नयाँ अगाडिको बाटो तय गरिसकेको छु । विचारमा भिन्नता हुँदा अलग बाटो प्रचण्ड र बाबुरामबीच कुनै व्यक्तिगत सम्बन्ध थिएन, देश र जनताको मुक्तिको साझा उद्देश्यका आधारमा सम्बन्ध बनेकोे थियो । एकै पार्टीमा रहँदा पनि विचारमा हाम्रा केही मतभिन्नता थिए । त्यो विचारमा केन्द्रित थियो, अहिले हामी पछाडि फरक बाटोमा लाग्नुमा पनि विचारकै कारणले भूमिका खेलेको छ । नेपाली समाज अहिले अर्को चरणमा प्रवेश गर्‍यो । हामीले जनयुद्धबाट जुन उपलब्धि हासिल गरेका थियौँ, ती उपलब्धि नगुम्ने गरी त्यसको रक्षा गर्न समृद्ध समाजवाद हुँदै अगाडि जानुपर्छ । हामी मिल्न चाहन्छौँ देशभित्र अहिले जुन खालको संकटका बादल मडारिन थालेका छन्, प्राप्त उपलब्धि गुम्ने त होइन भन्ने खतरा देखिँदै गएको छ । त्यसलाई बचाउन, जोगाउन हामीले ध्यान दिनैपर्छ । त्यसका लागि हामी मिल्नुपर्छ भन्ने कुरा प्रचण्डजीले भनिरहनुभएको छ, हामी मिल्न नचाहेका होइनौँ, मिल्न चाहन्छौँ, मिल्ने सम्भावना भोलि पनि रहन्छ । मूल कुरा विचारमा हामीबीच एकरूपता ल्याउनुपर्छ । विचार, नीति–कार्यक्रम एक हुनुपर्‍यो । पुरानो माओवादी परिभाषाले चल्दैन अब नेपालमा पुराना माओवादीको परिभाषाले मात्र पुग्दैन, हिजोको निम्ति ठीक थियो, खासगरी माक्र्सवादको आधारभूत तत्व द्वन्द्वात्मक भौतिकवाद विज्ञान हो, विज्ञानले त्यसलाई पुष्टि गरेको छ । तर, त्यसको प्रयोग विभिन्न देशमा विभिन्न ढंगले भयो, खासगरी स्टालिनको पालामा जुन ढंगले यान्त्रिकतामा त्यसलाई डो(याइयो र पार्टी र सत्तालाई जसरी प्रयोग गरियो, त्यसलाई संसारका कम्युनिस्टहरूले यान्त्रिक रूपले नक्कल गरे । रूपान्तरण हुनुभयो भने एक हुन सक्छौँ अब हामीले नयाँ बाटो लिनैपर्छ । मार्क्सवाद भनेको यान्त्रिक जडसूत्रवाद होइन, समयानुकूल परिमार्जन र विकास गरेर अगाडि बढ्ने विज्ञान हो । यसरी नै जानुपर्छ । साथीहरूले पनि त्यसैगरी सोचिदिनुभयो भने रूपान्तरण गरेर नयाँ ढंगले ल्याउनुभयो भने भोलि हामी एक हुन सक्छौँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending