Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

किन मारिए भीमबहादुर महत ?

पूर्व सा‌सद देवशंकर पाैडेल
पूर्व सा‌सद देवशंकर पाैडेल

२०५९ जेठको दिन थियो । म कतैबाट असिन पसिन भएर मन्थली पुगेको थिएँ । जिविसको बाथरुममा नुहाउन भनेर साबुन र कपडा च्यापेर झर्दै थिएँ । बाटामा एक्कासी भीमबहादुर महतजी (विजुलीकोट) सँग भेट भयो ।

त्यतिबेला दश जति बजेको हुँदो हो । विहानै किन आउनु भयो भीमबहादुर जी ? भनेर सोधेँ । 'त्यत्तिकै आएँ' भन्नु भयो । म पनि नुहाउनको हतार थियो । हामी छुट्यौँ । त्यसवेला पार्टी कार्यालय हर्कबहादुर श्रेष्ठजीका घरमा थियो । नुहाइ सकेर म पार्टी कार्यालयतिर लागेँ । दिनभरी पार्टीका दैनन्दिनका काममा व्यस्त भएँ ।

बेलुका तीन बजेतिर भीमबहादुर महतजी मलाई भेट्न पार्टी कार्यालयमा चढ्नु भयो । उहाँले विनम्रतापूर्वक आफू आउनाको कारण सुनाउनु भयो । 'अघि तपाईँले सोध्नु भएको थियो । विवरण वताई रहँदा समय लाग्ला भनेर कुरा खोलिन । मलाई आजै घर पुग्नु छ । रातसाँझ गरेर पनि पुग्छु । अहिले चाहीँ सानो सहयोग पाउँछु कि भनेर आएँ ।'

मैले सोधेँ कस्तो सहयोग ? भीमले भन्नु भयो 'मैले जिम्मल खोल्सामा कुवा बनाउन भनेर गाविसबाट छहजार रुपैयाँ लिएको थिएँ । खोल्सामा फोहर हुन्छ, भनेर जिम्मलटोलको अर्को मुहानमा बनाएँ । स्थानीयहरू राजनीतिक रुपमा मेरो पक्षमा थिएनन् । उजुरी दिएछन्, जिल्ला प्रशासनले त्यो छ हजार तिर्नुपर्छ भन्ने निर्णय सुनायो । वडाका जनप्रतिनिधि पनि म विरुद्धमा गए । अव असार ४ गते तारेख छ । मैले त्यसै दिन चार हजार तिर्नु पर्छ । दुई हजार चाहीँ गाविसबाट लिनै बाँकि छ । भर्खरै गोरु किनेँ । मसँग रुपैयाँ छैन । गरेको कामको दण्ड तिर्नु पर्ने भयो । सवै एकातिर लागे । म अन्यायमा परेँ । नगदै तिर्नु पर्छ भनेका छन् । पछि तिर्दै गर्ने गरी अहिलेलाई लालपूर्जा राखेर फुर्सद पाउने व्यवस्था गरिदिनु पर्‍यो ।'

मैले सोधेँ काम चाहीँ गर्नु भएको छ?  उहाँले भन्नु भयो- 'भनेजस्तो गरेको छु । आफैँले पानीखाने पँधेरो भनेर राम्रो गरि काम गरेँ । गाविस विजुलीकोट र धोबीको प्रहरी समेत योजनास्थलमा गएर हेर्‍यो । यो त छ हजार होइन, बिस हजार बराबरको काम भएको छ भन्यो ।' मैले फेरी दोहोर्‍याएर प्रश्न गरेँ- तपाईँले मलाई भन्नु भएको कुरा कत्ति पनि फरक छैन त ? उहाँले 'विस्वास गर्नु न ' भनेर मलाई प्रष्ट पार्नु भयो । 

त्यसबेला प्रजिअ सायद लोकबहादुर खत्री र सहायक प्रजिअ हरिहर दाहाल हुनुहुन्थ्यो । मैले भीमबहादुरकै सामुन्ने प्रजिअलाई फोन गरेँ । आज भीमबहादुरलाई रकम तिराउने निर्णय भएको हो? प्रजिअले 'हो' भन्नु भयो । कामै नगरी खाएका धेरै मुद्दाका फाइल तपाईँका दराजमा अरगज्ज छन् । यो त काम गरेको रहेछ । कसरी तिराउनु हुन्छ ? तिराउने नै हो भने म कामै नभएका अरु फाइल देखाइ दिन्छु । सर्वप्रथम ती सवैको तिराउनुस् । पञ्चायत कालमा प्लास्टर गरेको मन्दिर जसमा हरिप्रसाद भट्टराईजीको चुनाव प्रचारको भित्तेलेखन जिवितै छ । उहाँ पञ्चायतकालमै वित्नु भएको हो । उक्त मन्दिर देखाएर वहुदल आएपछि रकम खाएको उजुरी जनताले हालेका थिए । यस कार्यालयबाट अझै फैसला भएको छैन । यी भीमबहादुर महत चाहीँ सौताका छोरा हुन् र ? प्रजिअको जवाफ भएन ।

प्रजिअले भन्नु भयो 'मैले असार ४ गतेलाई तारेख दिएको छ । त्यस दिन हजुर पनि आउनु, अरु राजनीतिक दललाई पनि बोलाउँछ । जे निर्णय हुन्छ, त्यही गरौँला ।'  मैले लौ हुन्छ भनेँ । भीमबहादुर फोनमा भएको एकतर्फि कुरा सुनिरहनु भएको थियो । अनि मैले भीमलाई भनेँ- नगद, लालपूर्जा केही पनि ल्याउनु पर्दैन । त्यत्तिकै आउनुस्, जे पर्छ म गरौँला । भीमबहादुर रातसाँझ गरेर भएपनि घरै पुग्ने गरि विदाहुनु भयो ।

त्यसपछि असार ४ गते आयो । प्रजिअको निम्ता बमोजिम सभापति कैलाश ढुङ्गेल, कानुनव्यवशायी विचारसिंह दोङ, जिविस सदस्य भुवनविक्रम घिमिरे, जिविस सदस्य जगन्नाथ दाहाल, गाविस अध्यक्ष कमलबहादुर खड्का लगायत जिल्ला प्रशासन कार्यालय मन्थलीमा उपस्थित भयौँ । छलफल चल्यो । गरेका कामको पैसा फिर्ता गर्नुपर्छ भनेर कसैले पनि भनेनन् । अघिल्लो निर्णय बदर भयो । अध्यक्ष कमलबहादुर खड्काले त्यसै बैठकमा अर्को पक्षलाई भन्नु भयो -'जिम्मल खोल्सामा पनि आवश्यक भए म अर्को छ हजार निकाशा गरिदिन्छु, निवेदन दिनुस् ।'

त्यहाँबाट छुटेपछि भीमबहादुरजीले जगन्नाथ दाहालजी र मेरो रोहवरमा राजनीतिमा अभिभावक चाहिने रहेछ । आज तपाईँहरूले मेरालागि अभिभावकको भूमिका खेलिदिनु भयो । मैले अर्को कुवा बनाउनु परेको भए, गाउँमा तेजोबध हुनेथियो । तेजोबध भएपछि म गाउँमा बस्न सक्ने थिइनँ । यो गुण तिर्न त सक्ने छुइनँ । अब मैले तपाइँहरूलाई नै राजनीतिक अभिभावक मान्छु । अरु साथीहरूसँग सल्लाह गरेर भदौ महिनामा पार्टी कार्यालयमा आएर विधिवत सल्लाह गर्नेछु ।'

त्यसरी छुट्नु भएको ४५ वर्षिय भीमबहादुर महतजीलाई २०५९ भदौ १६ गते राती एकहुल बन्दुकधारीहरूले घर घेरेर उठाए । उहाँकै परिवारले जग्गाकाटेर बनाएको विद्यालय परिसरमा पुर्‍याएर ठूलाठूला ढुङ्गाले खुट्टा किचेर, त्रिशुलले घोचेर क्रुरतापूर्वक हत्या गरिदिए । त्यहि एउटा मुद्दा बाहेक गाउँमा कुनै अन्तर्विरोध नभएका भीमबहादुर महतको मृत्युले उहाँलाई चिन्नुहुने जति सवैको हृदय चहर्‍याइरहेको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा एमाले टिकट वितरण : युवालाई पन्छाउँदै पुरानै नेतामाथि भरोसा

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १२ जना उम्मेदवार टुङ्ग्याएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि स...

प्रतिनिधिसभा चुनावको सरगर्मी बढ्दा बागमतीका ६ प्रदेश सांसदको राजीनामा

मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै बागमती प्रदेशसभामा ठूलो फेरबदल देखिएको छ । विभिन्न दलका ६ जना प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा निर...

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं...

रूकुम पूर्वमा प्रचण्डसँग भिड्ने एमाले उम्मेदवार फेरिए, लीलामणि गौतम आए मैदानमा

बुटवल । नेकपा एमालेले रूकुम पूर्वमा प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि तय गरेको उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले केन्द्रीय सदस्य खेममान खड्काको ठ...

चुनावी सरकारका मन्त्री घट्दै, ललितपुर २ मा चुनावी मैदानमा हाेमीने सञ्चार मन्त्री खरेलकाे तयारी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार औपचारिक रूपमा राजीनाम...

एमालेमा टिकट विवाद: देशभर असन्तोष, सचिवालयदेखि जिल्लासम्म विद्रोह

काठमाडौं  । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...

सुदूरपश्चिममा एमालेको टिकट बाँडफाँट: टिकट हो वा त्रासदी ? बझाङ–कञ्चनपुर विवादले उडायो सुर

धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...

गोरखा–२ चुनावी प्रयोगशाला बन्दै

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा

धरान दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइते १३ जनामध्ये ८ गम्भीर

काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...

ओखलढुंगामा सिफारिस नपरेको उम्मेदवार बनाइएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी

ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending