Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

किन मारिए भीमबहादुर महत ?

पूर्व सा‌सद देवशंकर पाैडेल
पूर्व सा‌सद देवशंकर पाैडेल

२०५९ जेठको दिन थियो । म कतैबाट असिन पसिन भएर मन्थली पुगेको थिएँ । जिविसको बाथरुममा नुहाउन भनेर साबुन र कपडा च्यापेर झर्दै थिएँ । बाटामा एक्कासी भीमबहादुर महतजी (विजुलीकोट) सँग भेट भयो ।

त्यतिबेला दश जति बजेको हुँदो हो । विहानै किन आउनु भयो भीमबहादुर जी ? भनेर सोधेँ । 'त्यत्तिकै आएँ' भन्नु भयो । म पनि नुहाउनको हतार थियो । हामी छुट्यौँ । त्यसवेला पार्टी कार्यालय हर्कबहादुर श्रेष्ठजीका घरमा थियो । नुहाइ सकेर म पार्टी कार्यालयतिर लागेँ । दिनभरी पार्टीका दैनन्दिनका काममा व्यस्त भएँ ।

बेलुका तीन बजेतिर भीमबहादुर महतजी मलाई भेट्न पार्टी कार्यालयमा चढ्नु भयो । उहाँले विनम्रतापूर्वक आफू आउनाको कारण सुनाउनु भयो । 'अघि तपाईँले सोध्नु भएको थियो । विवरण वताई रहँदा समय लाग्ला भनेर कुरा खोलिन । मलाई आजै घर पुग्नु छ । रातसाँझ गरेर पनि पुग्छु । अहिले चाहीँ सानो सहयोग पाउँछु कि भनेर आएँ ।'

मैले सोधेँ कस्तो सहयोग ? भीमले भन्नु भयो 'मैले जिम्मल खोल्सामा कुवा बनाउन भनेर गाविसबाट छहजार रुपैयाँ लिएको थिएँ । खोल्सामा फोहर हुन्छ, भनेर जिम्मलटोलको अर्को मुहानमा बनाएँ । स्थानीयहरू राजनीतिक रुपमा मेरो पक्षमा थिएनन् । उजुरी दिएछन्, जिल्ला प्रशासनले त्यो छ हजार तिर्नुपर्छ भन्ने निर्णय सुनायो । वडाका जनप्रतिनिधि पनि म विरुद्धमा गए । अव असार ४ गते तारेख छ । मैले त्यसै दिन चार हजार तिर्नु पर्छ । दुई हजार चाहीँ गाविसबाट लिनै बाँकि छ । भर्खरै गोरु किनेँ । मसँग रुपैयाँ छैन । गरेको कामको दण्ड तिर्नु पर्ने भयो । सवै एकातिर लागे । म अन्यायमा परेँ । नगदै तिर्नु पर्छ भनेका छन् । पछि तिर्दै गर्ने गरी अहिलेलाई लालपूर्जा राखेर फुर्सद पाउने व्यवस्था गरिदिनु पर्‍यो ।'

मैले सोधेँ काम चाहीँ गर्नु भएको छ?  उहाँले भन्नु भयो- 'भनेजस्तो गरेको छु । आफैँले पानीखाने पँधेरो भनेर राम्रो गरि काम गरेँ । गाविस विजुलीकोट र धोबीको प्रहरी समेत योजनास्थलमा गएर हेर्‍यो । यो त छ हजार होइन, बिस हजार बराबरको काम भएको छ भन्यो ।' मैले फेरी दोहोर्‍याएर प्रश्न गरेँ- तपाईँले मलाई भन्नु भएको कुरा कत्ति पनि फरक छैन त ? उहाँले 'विस्वास गर्नु न ' भनेर मलाई प्रष्ट पार्नु भयो । 

त्यसबेला प्रजिअ सायद लोकबहादुर खत्री र सहायक प्रजिअ हरिहर दाहाल हुनुहुन्थ्यो । मैले भीमबहादुरकै सामुन्ने प्रजिअलाई फोन गरेँ । आज भीमबहादुरलाई रकम तिराउने निर्णय भएको हो? प्रजिअले 'हो' भन्नु भयो । कामै नगरी खाएका धेरै मुद्दाका फाइल तपाईँका दराजमा अरगज्ज छन् । यो त काम गरेको रहेछ । कसरी तिराउनु हुन्छ ? तिराउने नै हो भने म कामै नभएका अरु फाइल देखाइ दिन्छु । सर्वप्रथम ती सवैको तिराउनुस् । पञ्चायत कालमा प्लास्टर गरेको मन्दिर जसमा हरिप्रसाद भट्टराईजीको चुनाव प्रचारको भित्तेलेखन जिवितै छ । उहाँ पञ्चायतकालमै वित्नु भएको हो । उक्त मन्दिर देखाएर वहुदल आएपछि रकम खाएको उजुरी जनताले हालेका थिए । यस कार्यालयबाट अझै फैसला भएको छैन । यी भीमबहादुर महत चाहीँ सौताका छोरा हुन् र ? प्रजिअको जवाफ भएन ।

प्रजिअले भन्नु भयो 'मैले असार ४ गतेलाई तारेख दिएको छ । त्यस दिन हजुर पनि आउनु, अरु राजनीतिक दललाई पनि बोलाउँछ । जे निर्णय हुन्छ, त्यही गरौँला ।'  मैले लौ हुन्छ भनेँ । भीमबहादुर फोनमा भएको एकतर्फि कुरा सुनिरहनु भएको थियो । अनि मैले भीमलाई भनेँ- नगद, लालपूर्जा केही पनि ल्याउनु पर्दैन । त्यत्तिकै आउनुस्, जे पर्छ म गरौँला । भीमबहादुर रातसाँझ गरेर भएपनि घरै पुग्ने गरि विदाहुनु भयो ।

त्यसपछि असार ४ गते आयो । प्रजिअको निम्ता बमोजिम सभापति कैलाश ढुङ्गेल, कानुनव्यवशायी विचारसिंह दोङ, जिविस सदस्य भुवनविक्रम घिमिरे, जिविस सदस्य जगन्नाथ दाहाल, गाविस अध्यक्ष कमलबहादुर खड्का लगायत जिल्ला प्रशासन कार्यालय मन्थलीमा उपस्थित भयौँ । छलफल चल्यो । गरेका कामको पैसा फिर्ता गर्नुपर्छ भनेर कसैले पनि भनेनन् । अघिल्लो निर्णय बदर भयो । अध्यक्ष कमलबहादुर खड्काले त्यसै बैठकमा अर्को पक्षलाई भन्नु भयो -'जिम्मल खोल्सामा पनि आवश्यक भए म अर्को छ हजार निकाशा गरिदिन्छु, निवेदन दिनुस् ।'

त्यहाँबाट छुटेपछि भीमबहादुरजीले जगन्नाथ दाहालजी र मेरो रोहवरमा राजनीतिमा अभिभावक चाहिने रहेछ । आज तपाईँहरूले मेरालागि अभिभावकको भूमिका खेलिदिनु भयो । मैले अर्को कुवा बनाउनु परेको भए, गाउँमा तेजोबध हुनेथियो । तेजोबध भएपछि म गाउँमा बस्न सक्ने थिइनँ । यो गुण तिर्न त सक्ने छुइनँ । अब मैले तपाइँहरूलाई नै राजनीतिक अभिभावक मान्छु । अरु साथीहरूसँग सल्लाह गरेर भदौ महिनामा पार्टी कार्यालयमा आएर विधिवत सल्लाह गर्नेछु ।'

त्यसरी छुट्नु भएको ४५ वर्षिय भीमबहादुर महतजीलाई २०५९ भदौ १६ गते राती एकहुल बन्दुकधारीहरूले घर घेरेर उठाए । उहाँकै परिवारले जग्गाकाटेर बनाएको विद्यालय परिसरमा पुर्‍याएर ठूलाठूला ढुङ्गाले खुट्टा किचेर, त्रिशुलले घोचेर क्रुरतापूर्वक हत्या गरिदिए । त्यहि एउटा मुद्दा बाहेक गाउँमा कुनै अन्तर्विरोध नभएका भीमबहादुर महतको मृत्युले उहाँलाई चिन्नुहुने जति सवैको हृदय चहर्‍याइरहेको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending