Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

निरन्तर क्रान्ति, निरन्तर संघर्ष माओवादको सन्देश–प्रचण्ड

\"\"काठमाडौं, ११ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (क. प्रचण्ड) ले आजको सन्दर्भमा निरन्तर क्रान्ति र निरन्तर संघर्ष नै माओवादको मूख्य सन्देश भएको बताएका छन् । १२३ औं माओ जयन्तीका अवसरमा माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, –‘आजको युग पनि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । सर्वहारा वर्गको अन्तिम विजय नभएसम्म निरन्तर क्रान्ति र निरन्तर संघर्षको औचित्य कायमै रहन्छ । आजको सन्दर्भमा माओवादको सन्देश भनेको निरन्तर क्रान्ति र निरन्तर संघर्ष हो ।’ संघीयतालाई साम्प्रादायिकतामा बदल्ने कोशिस भइरहेको चर्चा गर्दै प्रचण्डले भने, – ‘एकथरी मान्छेहरु संघीयता उल्टाउन उद्दत छन् । कम्युनिष्टहरुले जनतामा लोकप्रियता हासिल गरेपछि बुर्जुवाहरु कम्युनिष्टका नारा अपहरण गरेर त्यसलाई भड्कावमा लैजाने षड्यन्त्र गर्दछन् । कम्युनिष्टहरुको नेतृत्वमा जातीय समस्याको उचित सम्बोधन हुन्छ, त्यसले राष्ट्रिय एकता मजभूत हुन्छ । तर, त्यही एजेण्डा बुर्जुवाहरुको हातमा पुग्यो भने त्यसले साम्प्रादायिकता निम्त्याउँछ र बिखण्डनको बिउ रोप्दछ । अहिले हामीकहाँ पनि जातीय समस्यालाई राष्ट्रिय एकतामा बदल्न छोडेर कुनै अमूक जाति वा समुदाय च्यापेर अरुलाई धकेल्ने प्रयास भइरहेको छ । यो बुर्जुवा सोंचकै परिणाम हो ।’ प्रचण्डले थपे –‘हामीले माक्र्सवाद, लेनिनवाद, माओवादको पथप्रदर्शकका आधारमा जनयुद्ध लड्यौं । जनयुद्धकै बलमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी–समावेशिताजस्ता महत्वपूर्ण उपलब्धि हासिल भए । अबको सन्दर्भमा माओवादको पक्षमा उभिनु भनेको संविधानमा संस्थागत भएका उपलब्धिहरुको कार्यान्वयन गर्नु हो ।’ कार्यक्रममा माओवादी केन्द्रका नेता हितमान शाक्यले २१ औं शताब्दीमा माओवादीको औचित्य अझै बढ्दै गएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending