Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

राष्ट्रपति भण्डारीलाई दियो शान्ति समाजले दश उपदेश

\"\"काठमाडौं, ११ पुस । लोकतन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गरेको मानवअधिकार तथा शान्ति समाजले राष्ट्रपति विद्यादेवी भण्डारीलाई दश उपदेश दिएको छ । समाजका तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँदै समाजले राष्ट्रपतिले गर्न हुने र नहुने दश कामबारे उपदेश दिइएको छ । शान्ति समाजका सभापति गंगाधर अधिकारीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रको बोधार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सबै राजनीतिक दलका प्रमुखहरुलाईसमेत दिइएको छ । राष्ट्रपतिले पदीय मर्यादाविपरित काम गरेको तर्फ संकेत गर्दै उपदेश दिए पनि मर्यादा विपरित काम गरेको बारेमा भने शान्ति समाजले केही खुलाएको छैन । यस्तो छ राष्ट्रपतिलार्इ दिएको दश उपदेश १. नेपाली जनताले गरेको अभुतपुर्व अहिंसात्मक जन आन्दोलनको वलमा स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको अत्यन्तै सम्मानित र सर्वोच्च राष्ट्रपति पदको मर्यादा र गरिमा सदासर्वदा उचो रहनुपर्दछ । २. राष्ट्रपतिज्यूको भुमिका सदैव संविधानले निर्दिष्ट गरेको सीमाभित्रै रहनु पर्दछ । ३. आलंकारीक राष्ट्रपतिको रुपमा संविधानद्धारा निर्दिष्ट राष्ट्रपतिको भुमिका र राष्ट्रपति कार्यालयकोे कार्यशैली कहिल्यै पनि विवादास्पद बन्नु हुदैँन । ४. राष्ट्रपतिलाई संम्बोधन गरि ध्यानाकर्षण गराइने विभिन्न विषयहरु सरकारका सम्बन्धीत मन्त्रालयहरुलाई नै सम्प्रेषण गरी सरकारमार्फत नै संवोधन गर्ने गराउने परिपाटी अवलम्बन गर्नु पर्दछ । ५. राष्ट्रपतिको भ्रमणका क्रममा सरकारका तर्फबाट एकजना मन्त्रीको उपस्थीति सदैव सुनिश्चित हुनुपर्दछ । ६. कार्यपालिका लगायत विभिन्न निकायको क्षेत्राधिकार भित्र दखल÷दबाब दिने कार्यमा सम्मानीत राष्ट्रपतिको कार्यालय संलग्न हुनु हुँदैन । ७. विभिन्न समयमा उत्पन्न हुने राजनीतिक जटिलताको अवस्थामा सम्मानीत राष्ट्रपति पद विवादमा मुछिनु हुदैँन । राष्ट्रपति पदको तटस्थता र निष्पक्षता सदैव कायम रहनु पर्दछ । ८. कुनै पनि राजनीतिक दल÷निकाय÷समुहले सम्मानीत राष्ट्रपतिको पद र भुमिकालाई आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्ने र विवादमा तान्ने काम गर्नु हुदैँन भने सम्माननीय राष्ट्रपतिज्यूले पनि दल÷निकाय÷समुह विशेषको प्रभावमा परेर विवादास्पद कार्य गर्नु हुँदैन । ९. मानव अधिकार उल्लंघनकर्ता र २०६२/६३ को जन आन्दोलन दमन गर्ने दोषी पात्रहरुलाई प्रोत्साहित गर्ने कार्यमा विगतमा जस्तो नेपालको राष्ट्रपति संस्था मुछिनु हुँदैन । १०. नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ नेपाली जनता, राजनीतिक दलहरु र नागरिक आन्दोलनले गरेको महत्वपुर्ण योगदान इतिहासमा अंकित छ । राष्ट्रपति पदमा विराजमान कुनै पनि व्यक्तिले लोकतान्त्रिक गणतन्त्रको मुल्य र मान्यतालाई सदैव उचो राखी आफ्नो भुमिकालाई मर्यादित र सम्मानित बनाइराख्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending