Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

देउवा–ओली जुहारी

\"\"काठमाडौं, ९ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउवाले आफैंले हस्ताक्षर गरेको साझा दस्ताबेजको आधारमा ल्याइएको संशोधन प्रस्तावलाई स्वीकार्न ओलीलाई आग्रह गरे । आजको कान्तिपुरमा खबर छ– देउवाभन्दा अघि बोलेका ओलीले सरकारले ल्याएको संघीय प्रदेशको सीमांकन परिवर्तन गर्ने प्रस्ताव राष्ट्र हितमा नरहेको तर्क गर्दै त्यसलाई नमान्ने अडानमा कायमै देखिए । सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्तीका अवसरमा बाँडेगाउँ आश्रममा आयोजित कार्यक्रममा देउवा र ओली दुवै विशेष अतिथि थिए । औपचारिक मन्तव्यपछि संसदको गतिरोध फुकाउनले दिशामा उनीहरुबीच संक्षिप्त कुराकानी पनि भयो । अनौपचारिक कुराकानीमा दुवै सकारात्मक जस्ता दखिए पनि औपचारिक भाषणमा भने दुवैले एकअर्कालाई आक्षेप लगाउन थाले । ढिलो गरी कार्यक्रममा पुगेका देउवाले सुरुमै ओलीसंँग झगडा परेका बेला ढिलो आइयो भन्दै क्षमा मागे । ओलीले बोलेर सकेपछि मात्रै देउवा कार्यक्रममा पुगेका थिए । ‘त्यसै त ओलीजीसँग झगडा परिरहेको छ, त्यसमा पनि धेरै पर्खाएँ, रिसाउनुभयो कि माफ दिनुहोला,’ मन्तव्यको सुरुमै देउवाले भने, ‘संविधान संशोधन विधेयक ओलीजीले संसदमा लैजानै दिनुभएको छैन, मधेसी जनताको भावना बुझ्न ओलीजीलाई आग्रह गर्छु ।’ ओलीले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले ‘आइकन’ देख्न थालेको भन्दै व्यंग्य गरे । उनले भने, ‘सरकारले ल्याएको संशोधनको प्रस्ताव नेपाली जनताको हितमा भएको भए मैले र मेरो पार्टीले यसलाई शिरोपर गर्थ्यो, तर म अरूको हितको कबुल गर्दिनँ, बाहिरको हितहरूको कबुल एमालेले बोक्न चाहन्न ।’ ओलीको भाषण सुन्न नभ्याएका देउवाले मधेसी जनताको भावनालाई उपेक्षा नगर्न ओलीलाई आग्रह गरे । एमालेले चलाएको आन्दोलन र ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै देउवाले भने, ‘मधेस र पहाडबीच मनोवैज्ञानिक असर पर्ने गरी दूरी नबढाउँ । यसले गम्भीर असर गर्छ ।’ देउवाले आगामी ०७४ माघसम्म तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले संविधान जारी गर्दाका प्रमुख राजनीतिक दलहरू संविधान कार्यान्वयनका लागि जिम्मेवारी भएर अघि बढ्नुपर्ने बताए । ‘निर्वाचन हुन नसके म्याद थप्ने कुरा सधैं हुन सक्दैन । हामीले माघ ७ भित्र स्थानीय, प्रान्तीय र संघीय संसदको निर्वाचन गर्न सकेनौं भने संवैधानिक रिक्तता आउँछ । जतिबेला पनि म्याद थप्ने कुरा हुन सक्दैन । यसले हामीलाई नालायक बनाउँछ,’ देउवाले भने, ‘जतिसक्दो संसदको गतिरोध खोलेर निर्वाचनमा जानुपर्छ ।’ ओलीले निर्वाचनमा जानका लागि संविधान संशोधन आवश्यक नरहेको बताए । ‘जुन कुरा अहिले आवश्यकै थिएन, त्यही विषय किन ल्याइएको हो रु त्यसैलाई लिएर किन अडको थापिएको हो रु’ उनले भने, ‘अहिलेको संशोधन प्रस्ताव पारित हुँदा कुन धाराले निर्वाचनलाई सहयोग गर्छ र पास नगर्दा कुन धाराले अप्ठ्यारो पार्छ रु’ ओलीले संघीय प्रदेशको सीमांकन परिवर्तन गर्ने विषय सम्बन्धित क्षेत्रमा नभएर महोत्तरी र सिरहातिर उठ्ने गरेको भन्दै प्रश्न गरे, ‘५ नम्बर प्रदेश टुक्र्याउने कुरा त्यही क्षेत्रमा नभएर किन महोत्तरी र सिरहामा उठ्छ रु किन नेपालको पहाड र तराई मिलेर बस्न नहुने ?’ देउवा र ओलीले अभिव्यक्तिमा आक्रोश मात्रै होइन, निष्कर्ष पनि निकाले । अन्तिममा दुवैको एउटै निष्कर्ष थियो, ‘अब द्वन्द्वतिर होइन, सहमतितिर अघि बढ्नुपर्छ । सहमति गरेर संविधान कार्यान्वनयमा लाग्यौं भने मात्रै किसुनजीको आत्माले शान्ति पाउँछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending