पार्टीको एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदाहरण प्रस्तुत गर्दै जनतालाई संगठित गर्न सके नेकपा फेरि शक्तिशाली बन्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘रास्वपाले सीमित सिटबाट ठूलो जनमत हासिल गरेको उदाहरण हाम्रो अगाडि छ। अहिले पनि हामी १७ सिटमै छौँ। आगामी निर्वाचनसम्म जनतालाई संगठित गर्दै नयाँ आन्दोलनको लहर सिर्जना गर्न सक्यौँ भने नेपाली कम्युनिस्ट आन्दोलन फेरि शक्तिमा फर्किनेछ, यसमा कुनै द्विविधा छैन।’
पुनले नेकपाको निर्वाचन पराजयमा आन्तरिक तथा बाह्य दुवै कारण जिम्मेवार रहेको बताए। उनका अनुसार बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र भू–राजनीतिक परिस्थितिले नेपाललाई समेत प्रभावित गरिरहेको छ।
उनले भने, ‘विश्व शक्ति केन्द्र युरोप र अमेरिकाबाट क्रमशः एसियातर्फ सर्दैछ। चीन र भारतको वरिपरि नयाँ शक्ति समीकरण बनिरहेको छ। पुराना र नयाँ शक्तिबीच प्रतिस्पर्धा बढेको छ र नेपाल पनि त्यसको प्रभावबाट अलग रहन सक्दैन।’
पुनले २०७४ सालमा कम्युनिस्ट शक्तिले प्राप्त गरेको झण्डै दुई तिहाइ जनमतलाई सही रूपमा उपयोग गर्न नसक्दा जनतामा निराशा पैदा भएको स्वीकार गरे। उनले पार्टीभित्र गम्भीर आत्मसमीक्षाको आवश्यकता औँल्याए।
उनले भने, ‘हामीले नेतृत्व, विचार, राजनीति, कार्यशैली र संगठनबारे आत्मसमीक्षा गर्नुपर्छ। २६ घटकलाई एकताबद्ध गरेर नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेका छौँ। अब फेरि त्यही साहस, एकता र प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ।’
पुनले पार्टीलाई पुनर्गठन गर्दै जनताको विश्वास जित्न सके आगामी निर्वाचनमा नेकपा बलियो शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १०:४६
काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...
आषाढ़ ७ गते, २०८३ - १०:३४
काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...
आषाढ़ ७ गते, २०८३ - १०:२६
धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...
आषाढ़ ७ गते, २०८३ - १०:१६
काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...
आषाढ़ ७ गते, २०८३ - १०:११
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...
आषाढ़ ७ गते, २०८३ - १०:०९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...
आषाढ़ ७ गते, २०८३ - १०:०५
काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...



प्रतिकृया लेख्नुहोस्: