Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

दुर्घटनामा ६ को मृत्यु

\"accident-750\"काठमाडौं, १९ मंसिर । सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । आज विभिन्न ठाउँमा भएको दुर्घटनामा परी घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कास्कीको पोखरा उपमहानगरपालिका–९ स्थित सडकमा ग.१ ख ४३८५ नम्बरको ट्रिपरले ग.२ प १०६६ नम्बरको मोटरसाइकललाई आइतबार ठोक्किएको छ । मोटरसाइकल चालक खल्टे–१८ मसिना बस्ने १९ वर्षीय अशिम गुरुङ र १९ बर्षीय रोशन गुरुङ घाइते भएकोले गण्डकी मेडिकल कलेज पठाइएकोमा उपचारको क्रममा अशिम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । रोल्पाको कोटगाँउ–४ स्थित मोडमा रा.१ त १०९९ नम्बरको ट्याक्टरको ट्रली शनिबार पल्टँदा सोही ठाउँ बस्ने १४ वर्षीया सरिता बि.क. गम्भीर घाइते भएकि थिइन् । जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १७ वर्षीया यमसरी के.सी. सहित १० जनालाई उपचारको लागि सोही अस्पतालमा लगिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाको तुल्सि–७ आँपगाछी स्थित बर्दिबास सिन्धुली सडक खण्डमा ना.१ ज ५७६५ नम्बरको जिपले शनिबार सोही ठाउँ बस्ने चित्रबहादुर श्रेष्ठको ८ बर्षीय छोरा निर्दोष श्रेष्ठलाई ठक्कर दिंदा गम्भीर घाइते भएकोले जनसेवा अस्पताल बर्दिबास पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ राजदेवि मन्दिर अगाडी सडकमा ज.४ प ९७७२ नम्बरको मोटरसाइकललाई ज १ त ३५२१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही घर भई जनकपुर रामानन्द चोक बस्ने ३५ वर्षीय शरद कुमार दास गम्भीर घाइते भएकाले उपचारको लागी जनकपुर अंचल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । यसैगरी धनुषा क्षिरेश्वरनाथ नगरपालिका–४ स्थित सडकमा ज १ त ६६८९ नम्बरको ट्याक्टरलाई आइतबार ज.१ च १२०२ नम्बरको जिपले ठक्कर दिदाँ दुवै सवारी साधन सडक किनारामा पल्टदाँ ट्याक्टर चालक मिथिला नगरपालिका–२ नक्टाझिज बस्ने ३० वर्षीय संजय राम गम्भीर घाइते भएकोले उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । धादिङको थाक्रे–५ स्थित सडकमा बा.२ ख १५०२ नम्बरको ट्रिपर शनिबार सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय नारायण रेग्मी र नाम, थर, वतन नखुलेका करीब १६ वर्षीय सहचालक गम्भीर घाइते भएका थिए । उनीहरुको अन्नपुर्ण न्यूरो अस्पताल माईतीघरमण्डला काठमाडौ पठाइएकोमा उपचारको क्रममा चालक रेग्मीको मृत्य भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending