Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

संशोधन विधेयक दर्ता गरिएपछि के–के भए ?

[caption id=\"attachment_105095\" align=\"aligncenter\" width=\"750\"]\"butwall-750\" ५ नम्बर प्रदेश टुर्क्याउन नहुँने भन्दै शुक्रबार बुटवलमा भएको प्रदर्शन[/caption] काठमाडौं, १८ मंसिर । गत मंगलबार साँझ सरकारले संविधान संशोधनको विधेयक संसदमा दर्ता गरेपछि प्रमुख प्रतिपक्षलगायत अन्य दलहरुले चौतर्फी बिरोध गरिरहेकाछन् । प्रमुख प्रतिपक्ष नेकपा एमाले बिहीवारदेखि चरणबद्ध आन्दोलन गरिरहेको छ । सडक र सदन दुबै चर्काउने एमालेको निर्णयसँगै देशका विभिन्न ठाउँमा आन्दोलन भइरहेको छ । व्यवस्थापिका संसदमा संशोधन प्रस्ताव दर्ता भएसँगै एमालेले संसद बैठकमा अनिवार्य उपस्थित हुन उर्दीसमेत जारी गरेको थियो । एमाले पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय सचिवालय बैठकले संविधानको उल्लङ्घन, अदालतको अपहेलना र जनतालाई विभाजन गर्ने गरी विधेयक प्रस्तुत भएको आरोप लगाउँदै तत्काल विधेयक फिर्ता लिन माग गरेको थियो । सरकारले प्रतिपक्ष एमालेसँग पटक–पटक वार्ता गर्दा पनि सहमति नभएपछि एमालेबिना नै संशोधन प्रस्ताव दर्ता गरेको थियो । एमालेले फिर्ता लिन आग्रह गर्दा पनि सरकारले आफ्नो अडान भने छाडेको छैन । शान्तिपूर्ण आन्दोलनको नैतिक बल नै निर्णायक हुने भएकाले विधेयकविरुद्ध आन्दोलनलाई सघाउन आन्दोलनकारीसँग एमालेले आग्रह गर्यो । मंगलबार साँझ संविधान संशोधन विधेयक दर्ता गरिएपछि त्यसको बिरोधमा एमालेले बुधबारदेखि नै आन्दोलन शुरु गरेको थियो । मंसिर १५ गते नयाँ बानेश्वरमा एमाले भातृ संगठन अनेरास्ववियु र युवा संघले टायर बालेर प्रदर्शन गरेको थियो । एमालेले आफ्नो घोषणापत्रमा बन्द, आन्दोलन नगर्ने प्रतिबद्धता गरेपनि त्यसको उल्लंघन गरेको छ । सडक नै अबरुद्ध पारेर उसले सरकार बिरोधि नारा लगाएको थियो । दिउँसो करिब दुइ बजेदेखि एमाले कार्यकर्ताहरुले बानेश्वर बन्द गरेका थिए । त्यस्तै सोहि दिन रुपन्देहीको बुटबलमा पनि प्रदर्शन गरेका थिए । बुटवलको देवदहमा निजी कारमा बन्दकर्ताहरुले आगजनी गरेका थिए । अनेरास्ववियुकै पहलमा भएको आन्दोलनमा यातायातसमेत ठप्प पारेका थिए । उनीहरुले बुटवलको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए । एमालेले संशोधन विधेयक असफल बनाउन मुठभेडको तयारी गरिरहँदा ५ नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यानलाई अलग गरिएको भन्दै त्यस क्षेत्रमा सत्तारुढ दलकै नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । मंसिर १६ गते लुम्बिनी अञ्चलका जिल्लाहरुमा संविधान संशोधन विधेयकमार्फत ५ नम्बर प्रदेश टुक्रयाउन लागिएको विरोधमा आन्दोलन गरेका थिए । प्रदेश नं ५ बाट पहाडी जिल्लाहरुलाई छुट्याएर ४ नम्बर प्रदेशमा गाभ्ने गरी संशोधन विधेयक दर्ता गरिएपछि आन्दोलन शुरु भएको हो । अखण्ड प्रदेशको माग गर्दै रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँचीका यातायात, बजार, कलकारखानाहरु समेत बन्द रहेको छ । त्यस्तै प्रदेश नं ५ का रोल्पा, प्युठान, दाङ लगायतका जिल्लामा पनि प्रदर्शन भइरहेका छन् तर अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटना भने भएको छैन । काठमाडौंमा सोही दिन अनेरास्ववियुले विभिन्न सरकारी क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेको गरेको थियो । पढाइ नै अबरुद्ध पारेर काठमाडौंका अमृत साइन्स, त्रिचन्द्र, आरआर, सरस्वती, पशुपतिलगायतका क्याम्पस अगाडि बिरोध प्रदर्शन गर्यो । रोल्पा र प्यूठानमा उप–प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई स्थानीयबासीले अबरोध गरेका थिए । पारिवारिक कामको शिलसिलामा रोल्पा पुगेका महरा रोल्पा र प्यूठानमा हुने संयुक्त प्रदर्शनलाई सम्बोधन गर्न आग्रह गरेका स्थानीयको मागलाई उनले अस्वीकार गरी राजधानी फर्किए । महराले संशोधनका बारेमा नबोलेको भन्दै स्थानीयले आक्रोश पोखे । प्युठान र रोल्पामा प्रदेश विभाजन सीमा संशोधनको विरुद्धमा बिहानदेखि प्रदर्शन सुरु गरेका थिए । दुवै जिल्लाको सिमाना चतुर्भुजमा हुने प्रदर्शन अगाडि जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा प्रदर्शन सुरु गरे । प्यूठान–रोल्पा संघर्ष समिति नै बनाएर आन्दोलन गरेका हुन् । उनीहरुले मुक्तिप्रसाद शर्मालाई संयोजक बनाएर आन्दोलन जारी राखेका छन् । प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मीलगायत पहाडी जिल्लालाई तराईसँग अलग बनाउँदै अव्यावहारिक काम गरेको भन्दै संसदमा दर्ता गरेको प्रदेश विभाजन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने माग राखेका छन् । सत्तापक्ष र बिपक्ष दुबै मिलेर आन्दोलन चर्काइरहेका छन् । भैरहवामा पनि सोहि दिन सडकमा टायर बालेर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । भैरहवाको बुद्धचोकमा अनेरास्ववियुका कार्यकर्ताले आन्दोलन गरेका थिए । बजार सुनसान थियो भने यातायातका साधन पनि ठप्प पारेका थिए । आन्दोनलकारीहरुले बुटवलको मुख्य चोक पुष्पलाल पार्कमा अवस्थित सहिद स्तम्भलाई तोडफोड गरे । स्तम्भको बार सबै भत्काइयो । स्तम्भमा रहेको हँसिया हथौडा अंकित झण्डा झिकेर राष्ट्रिय झण्डा गाडियो । गोलपार्क, बुटवल बहुमुखी क्याम्पस गेट, पाल्पा बसपार्क, ट्राफिक चोक, पुष्पलाल पार्क, नेपालगन्ज रोड, मिलनचोक, बसपार्क, चौराहा, जैपते, देबदह लगायतका क्षेत्रमा आन्दोलनकारीले बुटवलस्थित नगरपालिका कार्यालय लगायतलाई घेरा समेत हाले । तीनवटा सवारीमाथि आगजनी भएसँगै विवाहको गाडीमा समेत तोडफोड गरेका थिए । मंसिर १७ गते पनि पाल्पाका संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समितिले बन्द गरे । प्रदेश नम्बर ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नम्बर ४ मा गाभ्न खोजेको भन्दै गरिएको बन्द अझै जारी छ । बन्दको कार्यक्रममा सत्तारुढ दल कांग्रेसकै जिल्ला सभापति बीरबहादुर रानासमेत समर्थन जनाएका छन् । बन्दका कारण विद्यालय, विभिन्न संघसंस्था, यातायातका सवारीसाधन, कलकारखाना, बजार, पसल, उद्योग सबै ठप्प रह्यो । बुटवलमा सोहि दिन बिरोधसभा आयोजना गरियो । सत्तापक्ष र विपक्ष दुबै मिलेर गरेको सभामा एमाले नेता बामदेव गौतम, विष्णु पौडेल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, कांग्रेसका चन्द्र भण्डारी, राष्ट्रिय जनमोर्चाका प्रवक्ता दुर्गा पौडेल लगायतले सम्बोधन गरेका थिए । सरकारको बिरोध सभामा सत्तापक्ष दल माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले समेत सम्बोधन गरेका थिए । रायमाझिले पार्टी निर्णयलाई लत्याउँदै संशोधन प्रस्तावको बिरुद्ध बोलेका थिए । रायमाझीले ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गर्ने सरकारको निर्णय स्वीकार्य नहुने विभिन्न कार्यक्रममा बोल्दै आएका छन् । त्यस्तै बुटवलका उद्योगी, व्यवसायी, यातायात व्यवसायी, निजी शिक्षण संस्था सञ्चालकहरु राष्ट्रिय झन्डासहित प्रदर्शनमा उत्रिएका थिए । व्यवसायिक संस्था व्यापार संघ, उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, पश्चिम नेपाल बस व्यवसायी संघ, ट्रक व्यवसायी समिति, जिप समिति, होटल तथा रेस्टुराँ व्यवसायी संघ, रिक्सा व्यवसायी समितिलगायत व्यवसायीले जुलुसमा उत्रिए । अनेरास्ववियु र युवा संघले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । प्रदर्शन सडक अबरुद्ध भएपनि कुनै अप्रिय घटना भने भएन । त्यस्तै सिमांकन हेरफेर गरी सरकारले संशोधन प्रस्ताव दर्ता गराएको विरोधमा एमाले र केही दलहरुले हिजो संसद बैठक अबरुद्ध गरेका थिए । अबरुद्ध गरेपछि आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेकी थिइन् ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies