Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

जाजरकोटमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ४ पुग्यो, २०० बढी विस्थापित

खबरडबली संवाददाता

जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ भने ६ जना घाइते भएका छन् । प्रभावित क्षेत्रका २०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

शनिबार बेलुकी पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव आइतबार बिहान फेला परेपछि मृतकको संख्या चार पुगेको हो । यसअघि पहिरोमा परी घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, सोही ठाउँकी करिब ८७ वर्षीया रती खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्री रहेका छन् । यस्तै, पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले जानकारी दिए ।

पहिरोमा ६ जना घाइते

पहिरोमा परी ६ जना घाइते भएका छन् । भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन् । आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज हुँदै मेडिकल कलेज कोहलपुर लगिएको छ ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । उनलाई जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि ३१ साउन बिहान ७:१५ बजे थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो ।

भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन् । प्रारम्भिक उपचारपछि उनलाई पनि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

यस्तै, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन् ।

तीन जना उपचारपछि घर फर्किए

पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरालाई जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि आइतबार राति १२ बजे डिस्चार्ज गरिएको छ ।

घर तथा टहरा भत्किए

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ढुंगा–माटोले बनेको दुई तले, ६ कोठे कच्ची घर पूर्ण रूपमा क्षति भएको छ । घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ ।

सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन् । ती टहरामा भने घटना हुँदा मानिस नरहेको बताइएको छ ।

२०० बढी नागरिक सुरक्षित स्थानमा

पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित राखिएको छ ।

यस्तै, झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जनासहित थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

जोखिम मोलेर उद्धारमा सुरक्षाकर्मी

३० साउन दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा टहरा भत्काउनुका साथै सडक र पैदलमार्गसमेत अवरुद्ध पारेको छ ।

सडक तथा बाटो अवरुद्ध भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पैदलमार्फत जोखिमपूर्ण क्षेत्रमा पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने काममा परिचालित भएका छन् ।

अविरल वर्षा अझै जारी रहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेको छ । सुरक्षाकर्मी र स्थानीय तहले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति, प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग

काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष ब...

धनकुटामा बस दुर्घटना, तीन जना घाइते

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्...

जाजरकोटमा पहिरोको त्रास : रिसाङका २ सय स्थानीय सुरक्षित स्थानमा सारिए

जाजरकोट । चार जनाको ज्यान जाने गरी आएको बाढीपहिरोपछि उच्च जोखिममा रहेको जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब २०० स्थानीयलाई सुरक्षित स्थानम...

रविको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम पनि तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति सरेको छ । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारीम...

जाजरकोटमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ४ पुग्यो, २०० बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ भने ६ ...

सुनको मूल्य तोलामै ३ हजार ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ ...

जाजरकोट पहिरो अपडेट: मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी

जाजरकोट। अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने उ...

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...

बाजुराका ९३ बस्ती पहिरोको उच्च जोखिममा, ४९ बस्ती स्थानान्तरणको प्रतीक्षामा

बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा बन्दसत्र सुरु, तीन प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending