Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

बुटवलमा एमालेले यातायात खुलायो, कांग्रेसले बन्द गर्यो

\"butawal_aandolan-4-750\" बुटवल, १७ मंसिर । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन विधेयक संसदमा दर्ता गराएपछि सडक आन्दोलनमा उत्रिएको एमालेले शुक्रबार रुपन्देही बन्द फिर्ता लिएका छन् । एमाले युवा संगठन अनेरास्ववियुले अनिश्चितकालिन रुपन्देही बन्द आह्वान गरेको थियो । एमालेले लामो समयको बन्दले समस्या भएको भन्दै शुक्रबार यातायात बन्द खुल्ला गर्ने निर्णय गरेको थियो । तर सरकारमै रहेको नेपाली कांग्रेसले भने यातायात पनि चल्न भन्दै यातायात अवरोध गरेको छ । शुक्रबार ५ नम्बर प्रदेश स्तरीयसभाको आयोजना गरिएकाले गर्दा अन्य जिल्लाबाट कार्यकर्ता ल्याउन यातायात बन्द खुलाउने एमालेले निर्णय गरेको थियो । कांग्रेस कार्यकर्ताले गरेको अवरोधका कारण बुटवलमा यातायात पनि सञ्चालन हुन सकेको छैन । रुपन्देहीका बजार, कलकारखाना, स्कुल, कलेज सबै ठप्प छन् । दुई थरी आन्दोलन संविधान संशोधन विधेयक असफल पार्न भन्दै एमालेले सडक आन्दोलन थालेको छ भने अन्य सत्तारुढ दलहरुले ५ नम्बर प्रदेश विभाजन गर्न नहुने भन्दै आन्दोलन गरिरहेका छन् । एमाले कार्यकर्ताको प्रदर्शन छुट्टै हुने गरेका छन् भने सत्तारुढ घटक कांग्रेसले आफ्नै किसिमले आन्दोलन गर्दै आएको छ । कांग्रेस कार्यकर्ताको आन्दोलनमा अखण्ड प्रदेशको नारा लगाउँदै आएको छ । कांग्रेसको प्रदर्शनमा उद्योग ब्यवसायीहरुले पनि साथ दिएका छन् । शुक्रबार पनि बिहानैदेखि बुटवलका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending