Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

यसरी संभव छ उपत्यकामा जमिनमुनि मेट्रो रेल

\"rail-underground\"काठमाडौं, ११ मंसिर । उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ –बेलायतको मेट्रो रेल (लन्डन अन्डरग्राउन्ड)सँग सम्बन्धित एउटा परियोजनामा आबद्ध भइसकेका नेपाली इन्जिनियरले उपत्यकाभित्र मेट्रो रेलको सम्भावनाबारे अध्ययन गरी जमिनमुनि मेट्रो रेल सम्भव भएको दाबीसहित प्रतिवेदन तयार गरेका छन् । माटोसम्बन्धी इन्जिनियरिङमा टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधि उपाधि हासिल गरेका डा. विनोदलाल अमात्यले भने, “काठमाडौँको माटो कमजोर छ भन्ने हल्लामात्र हो । यहाँको माटोमुनि मेट्रो रेल सञ्चालन गर्न सकिन्छ । त्यो सम्भव छ । ” उनले भूकम्प र पराकम्पनका कारण मेट्रो रेल जोखिम हुन्छ भन्नेहरू पनि उत्तिकै रहेको बताउँदै थपे, ‘उपत्यकामा जमिनभन्दा जमिनमुनि मेट्रो रेल सञ्चालन गर्दा जोखिम रहँदैन।’ उनका अनुसार बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन्, तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ देखि ५० हजार यात्रुले यात्रा गर्न सक्ने भएकोले मेट्रो रेल अनिवार्य ठानिएको छ। उनले काठमाडौं, ललितपुर र भक्तपुरका घना बस्तीमा मेट्रो रेलको निर्माण सुरूङ मार्गबाट गर्न सकिने बताएको छ । बेलायतमा कार्यरत सिभिल इन्जिनियर डा. अमात्यले प्रथम चरणअन्तर्गत भृकुटीमण्डपबाट पूर्वमा थिमि भएर बनेपासम्म (२५.५ किलोमिटर) र साँखुसम्म (१७.५ किलोमिटर), दोस्रो चरणअन्तर्गत पश्चिममा कलङ्की भएर थानकोटसम्म (११ किलोमिटर), तेस्रो चरण अन्तर्गत दक्षिणमा पाटन–सातदोबाटो हुँदै थेचोसम्म (२१ किलोमिटर) र चौथो चरणअन्तर्गत उत्तरमा बाँसबारी हुँदै बुढानिलकण्ठसम्म (नौ किलोमिटर) सुरुङमार्गबाट मेट्रो रेल नेटवर्कको निर्माण गर्न सकिने बताए। त्यसैगरी, कलङ्कीबाट कोटेश्वर–बौद्ध जोड्ने सुरूङमार्ग (१५ किलोमिटर)को हुने र सातदोबाटोबाट बाँसबारी जोड्ने सुरूङमार्ग १२ किलोमिटरको हुने उनको अध्ययनको निचोड छ । उनका अनुसार उपत्यकाभित्र कुल १८३ किलोमिटर मेट्रो रेल सञ्चालन गर्न सकिन्छ र त्यसमध्ये ७७ किलोमिटर सुरूङमार्ग, १७ किलोमिटर भू–सतह मार्ग र एकसय किलोमिटर आकाशे पुल (इलेभेटेड) निर्माण गर्न सकिन्छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending