Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

चुनावी लोकतन्त्र कि पुराना अनुहारको घुम्ती ?

शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली राजनीतिमा फेरि उही अनुहारहरू मैदानमा देखिन थालेका छन्। यस पटक महोत्तरी–२ बाट उम्मेदवारी दिएका शरत्सिंह भण्डारी र लमजुङबाट एमालेको तर्फबाट मैदानमा उत्रिएका पृथ्वी सुब्बा गुरुङ त्यसका प्रतिनिधि पात्र हुन्। फरक यति मात्रै हो—यी नेताहरूका लागि निर्वाचन कुनै नयाँ अभ्यास होइन, दशकौँदेखिको निरन्तर सत्ता यात्राको अर्को अध्याय मात्र हो।

१० पटक चुनाव, २० पटक मन्त्री : भण्डारीको अद्वितीय ‘रिकर्ड’

शरत्सिंह भण्डारी नेपाली राजनीतिका ती पात्र हुन्, जसले २०३८ सालदेखि आजसम्म एउटा पनि निर्वाचन छुटाएका छैनन्। यस पटकको निर्वाचन उनका लागि १० औँ पटकको उम्मेदवारी हो। नौ वटा निर्वाचन लडिसकेका भण्डारी छ पटक विजयी र तीन पटक पराजित भएका छन्।

तर भण्डारीको राजनीतिक यात्रा चुनाव जित–हारमा मात्र सीमित छैन। उनी २० पटक मन्त्री बनेर नेपाली राजनीतिमा सम्भवतः सबैभन्दा धेरै पटक मन्त्री हुने नेतामध्ये एक बनेका छन्। पञ्चायतकालदेखि गणतन्त्रसम्म, राजा रहने शासनदेखि गणतन्त्रात्मक व्यवस्था, कांग्रेस–एमाले–मधेसवादी दल हुँदै सत्ता परिवर्तन हुने हरेक चरणमा उनी मन्त्रीकै कुर्सीमा पुगेका छन्।

२०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य हुँदै यात्रा सुरु गरेका भण्डारी २०४८ मा राप्रपाबाट हार बेहोरे, २०५१ मा स्वतन्त्र उम्मेदवार भएर जिते, २०५६ मा कांग्रेसबाट जिते, ०६४ र ०७० मा मधेसवादी दलबाट पराजित भए, तर २०७४ र २०७९ मा फेरि जित हात पारे।

दल फेरिए, चुनाव क्षेत्र फेरिए, व्यवस्था फेरियो—तर भण्डारीको राजनीतिक उपस्थितिमा कुनै ‘ब्रेक’ आएन।
यस पटक उनी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मैदानमा छन्।

मन्त्री बन्ने निरन्तरता : सत्ता बदलियो, अनुहार उही

भण्डारी मरीचमान सिंह श्रेष्ठ, शेरबहादुर देउवा, कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, माधव नेपाल, बाबुराम भट्टराई, केपी शर्मा ओली र पुष्पकमल दाहाल सबै खालका प्रधानमन्त्रीको मन्त्रिमण्डलमा बसेका नेता हुन्।

पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्रीदेखि रक्षा, स्वास्थ्य, श्रम, पर्यटन, ऊर्जा मन्त्रालयसम्म उनको मन्त्री सूची आफैंमा एउटा राजनीतिक इतिहासजस्तै देखिन्छ। यसले एउटा गम्भीर प्रश्न उठाउँछ । यो लोकतन्त्रमा नेतृत्वको अभाव हो कि पुरानै अनुहारमाथि राजनीतिक दलहरूको निर्भरता ?

लमजुङमा पनि उही कथा : पृथ्वी सुब्बा गुरुङको नवौँ प्रयास

महोत्तरीमा मात्र होइन, लमजुङमा पनि उस्तै दृश्य दोहोरिएको छ । एमालेबाट उम्मेदवारी दिएका पृथ्वी सुब्बा गुरुङ २०४३ सालदेखि निरन्तर चुनाव लड्दै आएका नेता हुन्। यस पटक उनको उम्मेदवारी नवौँ पटक हो।

तीन दशकभन्दा बढी समयदेखि चुनावी राजनीतिमा सक्रिय गुरुङ पनि ‘नयाँ पुस्ता’का लागि ठाउँ खुलाउनेभन्दा पुनः आफूलाई नै दोहोर्‍याउने परम्पराको प्रतीक बनेका छन्।

नयाँ अनुहारको बहस, पुरानै उम्मेदवार

राजनीतिक दलहरूले ‘नयाँ सोच’, ‘नयाँ नेतृत्व’ र ‘पुस्तान्तरण’को नारा लगाइरहँदा मैदानमा भने फेरि उही पात्रहरू देखिनु संयोग होइन। शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङ जस्ता नेताहरूको निरन्तर उम्मेदवारीले एउटा कटु यथार्थ उजागर गर्छ । नेपाली राजनीतिमा निर्वाचन प्रतिस्पर्धा कम, पुनरावृत्ति बढी छ।  अब प्रश्न मतदातासामु छ यो निर्वाचन परिवर्तनको खोजी हो कि पुरानै अनुहारलाई फेरि अनुमोदन गर्ने प्रक्रिया मात्रै ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending