Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

नेकपाका १६५ उम्मेदवार सार्वजनिक, सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

खबरडबली संवाददाता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।

पार्टीका नेता गोविन्द आचार्यका अनुसार नेकपाबाट टिकट पाएका सबै उम्मेदवारले आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराइसकेका छन्। बागलुङ–१ मा भने नेकपाले आफ्ना उम्मेदवार नउठाई राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ।

नेकपाले उठाएका १६५ उम्मेदवारमध्ये १४ जना महिला छन्। महिला उम्मेदवार रहने निर्वाचन क्षेत्रहरूमा कञ्चनपुर–१, नवलपरासी (पश्चिम)–१, मनाङ–१, चितवन–३, काठमाडौं–१, ५ र १०, सप्तरी–४, संखुवासभा–१, झापा–२, सुनसरी–२, रौतहट–३ तथा काभ्रेपलाञ्चोक–२ रहेका छन्।

पार्टीका अनुसार उम्मेदवार चयनमा भूगोल, समावेशिता, राजनीतिक अनुभव र स्थानीय संगठनको सिफारिसलाई आधार बनाइएको छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुमबाट उम्मेदवार छन् भने विभिन्न प्रदेशमा पूर्वमन्त्री, सांसद, जनप्रतिनिधि तथा नयाँ अनुहारलाई समेत उम्मेदवार बनाइएको छ।

प्रदेशगत रूपमा हेर्दा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्र समेटिने गरी उम्मेदवार टुंगो लगाइएको पार्टीले जनाएको छ।

प्रदेशगत रूपमा सार्वजनिक गरियो उम्मेदवारको सूची

विभिन्न प्रदेशअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम सार्वजनिक भएको हो ।

कोशी प्रदेश

कोशी प्रदेशअन्तर्गत ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, पाँचथर–१ मा हर्कबहादुर नेम्वाङ, इलाम–१ मा रणबहादुर राई र इलाम–२ मा ओमबहादुर गुरुङ उम्मेदवार छन् । झापामा क्षेत्र नं १ मा अशेष घिमिरे, २ मा धर्मशिला चापागाई, ३ मा डिल्ली घिमिरे, ४ मा पुरुषोत्तम चुडाल र ५ मा रञ्जित तामाङ उम्मेदवार रहेका छन् ।

यसैगरी सङ्खुवासभामा सरिता खड्का थापा, तेह्रथुममा रणध्वज कन्दङ्वा, भोजपुरमा अजम्बर राई ‘काङमाङ’ र धनकुटामा धर्मप्रसाद पौडेल उम्मेदवार छन् । मोरङ–१ मा कुलप्रसाद साम्बा, २ मा चन्द्रवीर राई, ३ मा डा. देवमान सम्वाहाङफे, ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल र ६ मा ओपेन्द्रकुमार राय रहेका छन् ।

सुनसरी–१ मा सूर्यबहादुर भट्टराई, २ मा रामकुमारी चौधरी, ३ मा दुर्गेश चौधरी र ४ मा महमद महफुज अन्सारी उम्मेदवार छन् । सोलुखुम्बुमा असिम राई, खोटाङ–१ मा हरि रोका, ओखलढुंगामा अम्बिरबाबु गुरुङ, उदयपुर–१ मा बलदेव चौधरी र उदयपुर–२ मा सुरेशकुमार राई उम्मेदवार छन् ।

मधेश प्रदेश

मधेश प्रदेशको सप्तरी–१ मा रविन्द्र चौधरी, २ मा सूर्यनाथ प्रसाद यादव, ३ मा अरुणकुमार साह र ४ मा रुबीकुमारी कर्ण उम्मेदवार छन् । सिराहा–१ मा रामचन्द्र यादव, २ मा मुक्ति सिंह, ३ मा विश्वनाथ साह र ४ मा अजयशंकर नायक उम्मेदवार रहेका छन् ।

धनुषा–१ मा मातृकाप्रसाद यादव, २ मा रामचन्द्र झा, ३ मा रामललित मण्डल र ४ मा संजयकुमार महतो उम्मेदवार छन् । महोत्तरी–१ मा गिरिराजमणि पोखरेल, २ मा लक्ष्मण यादव, ३ मा राजकिशोर साह सुडी र ४ मा भरतप्रसाद साह रहेका छन् ।

सर्लाही–१ मा प्रमोद साह, २ मा महेन्द्रराय यादव, ३ मा नारायणकाजी श्रेष्ठ र ४ मा रगनीस राय यादव उम्मेदवार छन् । रौतहट–१ मा माधवकुमार नेपाल, २ मा किरण साह, ३ मा पुनम देवी र ४ मा रामकुमार भट्टराई उम्मेदवार रहेका छन् ।

बारा–१ मा सन्तोष दंगाल, २ मा रमेशप्रसाद यादव, ३ मा भरतप्रसाद साह र ४ मा अजय कुशवाहा उम्मेदवार छन् । पर्सा–१ मा अजय चौरसिया, २ मा मनोज चौधरी, ३ मा छोटेलाल यादव र ४ मा जयप्रकाश थारु उम्मेदवार रहेका छन् ।

बागमती प्रदेश

बागमती प्रदेशको दोलखा–१ मा विशाल खड्का, रामेछाप–१ मा श्यामकुमार श्रेष्ठ, सिन्धुली–१ मा डेकेन्द्र सुवेदी र २ मा लेखनाथ दाहाल उम्मेदवार छन् । रसुवामा माधव लामिछाने, धादिङ–१ मा राजेन्द्रप्रसाद पाण्डे र २ मा रामबहादुर भण्डारी उम्मेदवार रहेका छन् ।

नुवाकोट–१ मा हितबहादुर तामाङ र २ मा हिरानाथ खतिवडा उम्मेदवार छन् । काठमाडौँका १० वटै क्षेत्रमा क्रमशः मेनका भण्डारी, नितेश पौडेल, निरज लामा, इन्द्र भुसाल, कल्पना शर्मा, हेमलाल शर्मा (हिमाल), बसन्तप्रसाद मानन्धर, सुमन सायमी, राधाकृष्ण महर्जन र रुपा महर्जन उम्मेदवार रहेका छन् ।

भक्तपुर–१ मा हरिराम लवजु र २ मा रामप्रसाद सापकोटा ‘दीपशिखा’, ललितपुर–१ मा सुनिल महर्जन, २ मा राजेन्द्र अमात्य र ३ मा राजकाजी महर्जन उम्मेदवार छन् । काभ्रेपलाञ्चोक–१ मा दिनानाथ गौतम र २ मा बसुन्धरा हुमागाई, सिन्धुपाल्चोक–१ मा माधव सापकोटा र २ मा युवराज दुलाल उम्मेदवार छन् । मकवानपुर–१ मा विजय गौतम र २ मा लवशेर बिष्ट तथा चितवनका तीनै क्षेत्रमा डा. कृष्ण पन्त, प्रताप गुरुङ र रेणु दाहाल उम्मेदवार रहेका छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा गोरखा, मनाङ, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी (पूर्व), मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगिएका छन् ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पूर्वी रुकुम, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दियाका सबै क्षेत्रमा उम्मेदवार सार्वजनिक गरिएको छ । पूर्वी रुकुम–१ बाट नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेका छन् ।

कर्णाली/ सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेशमा सल्यानदेखि पश्चिम रुकुमसम्म सबै जिल्लामा उम्मेदवार तय भएका छन् भने सुदूरपश्चिम प्रदेशमा बाजुरा, अछाम, बझाङ, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार सार्वजनिक गरिएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनावी लोकतन्त्र कि पुराना अनुहारको घुम्ती ?

शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा

झापा–५ मा २४ उम्मेदवार, ओलीदेखि युवा चुनौतीकर्तासम्मको भिड

झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...

ओखलढुंगामा १६ जनाको उम्मेदवारी दर्ता, सबै नयाँ अनुहार

टिकट नपाएपछि गुरुङको विद्रोह

नेकपाका १६५ उम्मेदवार सार्वजनिक, सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...

झापाकाे दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो ।  एमाले अध्यक्ष ओली...

करिब १३ लाख रूपैयाँ र लागूऔषधसहित काठमाडाैंबाट एकजना पक्राउ

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...

झापा–२ मा पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी प्रतिस्पर्धामा

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...

सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...

कुनै पार्टीको पुच्छर नबन्ने महावीर पुनको दाबी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएपछि महावीर पुनले आफू कुनै पनि राजनीतिक पार्टीमा नलाग्ने स्पष्ट पारेका छन् । म्याग्दीब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending