Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

ओखलढुंगामा १६ जनाको उम्मेदवारी दर्ता, सबै नयाँ अनुहार

टिकट नपाएपछि गुरुङको विद्रोह

खबरडबली संवाददाता

ओखलढुंगा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्म चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नेपाली कांग्रेसबाट कुमार लुइँटेल, नेकपा एमालेबाट अस्मिता थापा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट पूर्वमन्त्री अम्बिरबाबु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । गुरुङको उम्मेदवारीलाई उपेन्द्र यादव नेतृत्वको पार्टीले समेत समर्थन गरेको जनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल उम्मेदवार बनेका छन् भने उज्यालो नेपाल पार्टीबाट जेन–जी अभियन्ता किशोरी कार्कीले उम्मेदवारी दर्ता गराएकी छन् । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नेत्रबहादुर नेम्वाङ चुनावी मैदानमा उत्रिएका छन् । श्रम संस्कृति पार्टीबाट उद्धव राई उम्मेदवार बनेका छन् ।

यसैगरी राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेशनबाट बजेन्द्र राई, राप्रपाबाट डिकप्रसाद बास्तोला, मितेरी पार्टीबाट कुमार तामाङ र नेपाल मजदुर किसान पार्टीबाट सविना प्रजापति उम्मेदवार छन् । अन्य उम्मेदवारमा पिङ्की राई र नरजित तामाङ रहेका छन् ।

तीन जनाले स्वतन्त्र उम्मेदवारी पनि दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विद्रोही नेता विक्रम दाहाल, नेकपाबाट सन्त तामाङ र स्वतन्त्र उम्मेदवार पिङ्की राईले मनोनयन दर्ता गराएका हुन् ।

यसपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने सबै अनुहार नयाँ रहेका छन् । नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङ प्रदेशसभा सदस्य तथा मन्त्री भइसकेका भए पनि प्रतिनिधिसभा निर्वाचनमा भने पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् ।

टिकट नपाएपछि गुरुङको विद्रोह

एमालेभित्र लोकप्रिय मानिएका अम्बिरबाबु गुरुङ टिकटका प्रमुख दावेदार थिए । तर टिकट नपाएपछि उनी मंगलबार नेकपाबाट उम्मेदवार बनेका हुन् । नेकपाले सुरुमा मजदुर नेता रामकुमार कार्कीलाई टिकट दिएको भए पनि उनको प्रवेशसम्बन्धी विषय अन्तिम समयमा रद्द भएको थियो ।

गुरुङले आफ्नो राजनीतिक भविष्यप्रति खेलबाड गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे पनि पार्टीका उम्मेदवारलाई जिताउन नेता–कार्यकर्तालाई अपिल भने गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनावी लोकतन्त्र कि पुराना अनुहारको घुम्ती ?

शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा

झापा–५ मा २४ उम्मेदवार, ओलीदेखि युवा चुनौतीकर्तासम्मको भिड

झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...

ओखलढुंगामा १६ जनाको उम्मेदवारी दर्ता, सबै नयाँ अनुहार

टिकट नपाएपछि गुरुङको विद्रोह

नेकपाका १६५ उम्मेदवार सार्वजनिक, सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...

झापाकाे दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो ।  एमाले अध्यक्ष ओली...

करिब १३ लाख रूपैयाँ र लागूऔषधसहित काठमाडाैंबाट एकजना पक्राउ

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...

झापा–२ मा पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी प्रतिस्पर्धामा

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...

सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...

कुनै पार्टीको पुच्छर नबन्ने महावीर पुनको दाबी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएपछि महावीर पुनले आफू कुनै पनि राजनीतिक पार्टीमा नलाग्ने स्पष्ट पारेका छन् । म्याग्दीब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending