ओखलढुंगा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्म चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नेपाली कांग्रेसबाट कुमार लुइँटेल, नेकपा एमालेबाट अस्मिता थापा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट पूर्वमन्त्री अम्बिरबाबु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । गुरुङको उम्मेदवारीलाई उपेन्द्र यादव नेतृत्वको पार्टीले समेत समर्थन गरेको जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल उम्मेदवार बनेका छन् भने उज्यालो नेपाल पार्टीबाट जेन–जी अभियन्ता किशोरी कार्कीले उम्मेदवारी दर्ता गराएकी छन् । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नेत्रबहादुर नेम्वाङ चुनावी मैदानमा उत्रिएका छन् । श्रम संस्कृति पार्टीबाट उद्धव राई उम्मेदवार बनेका छन् ।
यसैगरी राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेशनबाट बजेन्द्र राई, राप्रपाबाट डिकप्रसाद बास्तोला, मितेरी पार्टीबाट कुमार तामाङ र नेपाल मजदुर किसान पार्टीबाट सविना प्रजापति उम्मेदवार छन् । अन्य उम्मेदवारमा पिङ्की राई र नरजित तामाङ रहेका छन् ।
तीन जनाले स्वतन्त्र उम्मेदवारी पनि दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विद्रोही नेता विक्रम दाहाल, नेकपाबाट सन्त तामाङ र स्वतन्त्र उम्मेदवार पिङ्की राईले मनोनयन दर्ता गराएका हुन् ।
यसपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने सबै अनुहार नयाँ रहेका छन् । नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङ प्रदेशसभा सदस्य तथा मन्त्री भइसकेका भए पनि प्रतिनिधिसभा निर्वाचनमा भने पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् ।
टिकट नपाएपछि गुरुङको विद्रोह
एमालेभित्र लोकप्रिय मानिएका अम्बिरबाबु गुरुङ टिकटका प्रमुख दावेदार थिए । तर टिकट नपाएपछि उनी मंगलबार नेकपाबाट उम्मेदवार बनेका हुन् । नेकपाले सुरुमा मजदुर नेता रामकुमार कार्कीलाई टिकट दिएको भए पनि उनको प्रवेशसम्बन्धी विषय अन्तिम समयमा रद्द भएको थियो ।
गुरुङले आफ्नो राजनीतिक भविष्यप्रति खेलबाड गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे पनि पार्टीका उम्मेदवारलाई जिताउन नेता–कार्यकर्तालाई अपिल भने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - २१:३७
काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रसुवाको उत्...
फाल्गुन ४ गते, २०८२ - २१:३४
काठमाडौं । २६३औँ नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विदेशी सैन्य ब्यान्डले प्रस्तुति दिएपछि राजनीतिक तरङ्ग देखिएको छ। विशेषगरी अमेरिकी से...
फाल्गुन ४ गते, २०८२ - २१:२८
सिरहा । मेहनतको पसिना फल दिने बेला सिरहाका किसानमाथि विपत्ति आइपरेको छ। लहान नगरपालिका–१३ घलेटोलमा काट्नै लागिएको करिब ३० बिघा उखु सोमबार दिउँसो आगलाग...
फाल्गुन ४ गते, २०८२ - २१:२४
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका २०० जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले हालसम्म...
फाल्गुन ४ गते, २०८२ - २१:२३
काठमाडौं । लगातार बालीनाली नष्ट गर्दै आएका जंगली रातो बाँदर नियन्त्रणका लागि सरकारले विशेष कदम चालेको छ। वन तथा वातावरण मन्त्रालय ले राजपत्रमा सूचना प...
फाल्गुन ४ गते, २०८२ - २०:५७
झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी चलिरहँदा झापामा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइ प्रक्रियामै विवाद उत्पन्न भएको छ। कर्मचारी तहबाटै विभ...
फाल्गुन ४ गते, २०८२ - २०:३९
जाजरकोट। परिवर्तन र समताको नारासहित सुरु भएको सशस्त्र ‘जनयुद्ध’ को आधारभूमि मानिने जुनीचाँदे गाउँपालिका आज देशकै सबैभन्दा गरिब स्थानीय तहको सूचीमा परे...
फाल्गुन ४ गते, २०८२ - २०:२१
धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए...
फाल्गुन ४ गते, २०८२ - २०:१८
सङ्खुवासभा । सङ्खुवासभाकोे पाँचखपन नगरपालिका–२ भिरकुनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। आज बिहान खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा सिर...
फाल्गुन ४ गते, २०८२ - २०:१६
सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्क...



प्रतिकृया लेख्नुहोस्: