Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

संशोधन विरुद्ध एमाले , सदन र सडक दुवै चर्काउने

\"uml-meeting\"काठमाडौं, ११ मंसिर । संविधान संशोधनको प्रक्रिया अघि बढाउने सत्तापक्षको निर्णयबाट रुष्ट प्रमुख प्रतिपक्षी एमाले सडक र सदन दुवै चर्काउने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ –शुक्रबार साँझ बसेको एमाले स्थायी समिति बैठकले संविधान कार्यन्वयन गर्नुपर्ने संशोधनका नाममा दलहरुलाई विभाजित गरी द्धन्दतर्फ धकेल्न कोशिस भइरहेको भन्दै संसद र सडकबाट कडा प्रतिवाद गर्ने निर्णय गरेको हो । केही जिल्लामा छिटफुट सुरु भइसकेको विरोधको स्वरुप सत्तापक्षले संशोधन दर्ता गर्ने वित्तिकै अझै चर्किने विश्लेषण एमालेको छ । एमालेले सडक र सदन दुवैमा संघर्षको स्वरुप अझ चर्को पार्न पार्टी पंक्तिलाई तयार रहन अपिल गरेको छ । एमाले अध्यक्ष केपी ओलीले बिहीबार राजधानीमा भातृ संगठनको कार्यक्रमबाट आन्दोलनको आँधीबेहरी ल्याउनलाई तयार भएर बस्न निर्देशन दिइसकेका छन् । सत्तापक्षका नेताहरुलाई पनि यसबारे ओलीले बिहीबार साँझ स्पष्ट जानकारी दिएका छन् । ओलीले राष्ट्रिय हित विपरित गतिविधि हुन थालेको दाबी गर्दै राष्ट्रियताको रक्षाका लागि आन्दोलनको आँधीबेहरी ल्याउनु आवश्यक रहेको तर्क गरेका छन् । ‘संविधान संशोधनको औचित्य छैन त्यसैले अहिले संविधान कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ भन्ने हाम्रो भनाइ हो’ एमाले उपाध्यक्ष भिम रावलले भने, ‘यदि त्यसभन्दा फरक तरिकाले अघि बढ्ने काम हुन्छ भने एमालेले त्यसलाई प्रतिवाद गर्छ ।’ एमालेले प्रत्येक प्रदेशका कमिटिहरुलाई तयारी अवस्थामा राखेको छ । जिल्लाहरुमा एमाले कार्यकर्ताहरु विरोधमा निस्किइसकेका छन् । संशोधन दर्ता गर्ने बित्तिकै प्रादेशिक कमिटिहरुले नै आन्दोलन अघि बढाउने भएका छन् । बिषेशगरी प्रदेश नम्बर ५ टुक्र्याउने बिषयलाई एमालेले गम्भिर रुपमा लिएको छ । त्यसैले त्यो क्षेत्रमा एमालेले अगुवा कार्यकर्ता भेला गरिसकेको छ । अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल लगायतका शीर्ष नेताहरु ती भेलामा पुगेर प्रशिक्षण दिइसकेका छन् । तराई र पहाडका जिल्लाहरु अलग अलग गर्ने बिषयलाई लिएर प्रदेश नम्बर ५ मा बढी आक्रोश छ । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरु तराईसंग अलग गर्न नहुनेमा सत्तारुढ दल काग्रेस, माओवादीकै स्थानीय नेताहरु समेतको समर्थन रहेकाले एमालेलाई संघर्ष अघि बढाउन झन् बल मिलेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending