Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

मध्येरातमा प्रेमीबाट खोसेर प्रेमिकामाथि सामुहिक बलात्कार

\"rape-400\"काठमाडौं, १० मंसिर । ललितपुरको इमाडोलमा बुधबार राति २० वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । आजको राजधानी दैनिकमा खबर छ – आफ्नो प्रेमीसँग हिँडिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाले ती युवतीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । बलात्कृत युवती ललितपुरको ग्वार्को्स्थित एउटा दोहोरी साँझमा काम गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नो डिउटी सकेपछि ती युवती प्रेमीसँगै मंगलबजार सुन्धारास्थित आफ्नो कोठामा गएकी थिइन् । तर राति घरबेटीले गेट नखोलेपछि उनीहरु हिँडेर प्रेमीको इमाडोलस्थित कोठामा जाँदै थिए । इमाडोलको कृष्णमन्दिर नजिक पुगेपछि एउटै मोटरसाइकलमा आएका तीन जना युवाले उनीहरुलाई राके । ती युवाले प्रहरीले झै केरकार गर्न थाले । सोही क्रममा ती युवाले प्रेमीलाई सख्त कुटपिट गरे र उनको प्रेमिकालाई मोटरसाइकलको बीचमा हालेर लगे । त्यसपछि प्रेमी मध्यरातमै प्रहरी कार्यालयमा गए र घटनाको विस्तृत जानकारी गराए । प्रहरीले तत्कालै आफ्नो जनशक्ति परिचालन गर्यो । राति साढे २ बजे प्रहरीले युवतीलाई उद्धार गर्दै बलात्कारमा संलग्न युवालाई समात्न सफल भयो । उनीहरुलाई रातोभाले चोकबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्ने युवामा इमाडोलका प्रवेश थापा, निर्मल थापा र कास्कीका सुशील अर्याल छन् । ललितपुरका डीएसपी ईश्वर कार्कीले प्रेमीलाई कुटपीट गरेपछि ती युवाले युवतीलाई मोटरसाइकलको बीचमा राखेर कोठामा लगी सामूहिक बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending