Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

गरिबीले खुसी खायो, खडेरीले खेत

\"bajura-photo-750\"बाजुरा, ९ मंसिर । बाजुरा सदरमुकाम मार्तडीमा यात्रुले भरिएको खचाखच बस देख्नेका लागि यो जिल्ला दुर्गम र चलहपहलविहीन होइन भन्ने भ्रम पनि पर्न सक्छ । यतिबेला मार्तडीबाट धनगढी र महेन्द्रनगर जाने बसमा भरिएका यात्रुले चाडपर्व र रमझमको झल्को दिन्छन् । तर, यथार्थ भने योभन्दा धेरै कारुणिक छ । आजको राजधानी दैनिकमा खबर छ– मार्तडी बजारको भीडभाड अब केही दिनमा सुनसान हुनेछ र यो रुटमा चल्ने सवारी पनि । किनकि, खचाखच भरिएका बसले जिल्लावासीलाई रोजगारीका लागि भारत लैजाँदै छन् । गाउँमा बिस्तारै वृद्ध र बालबालिका मात्र हँुदै छन् । वर्षभरि खान पुग्ने खाद्यान्न उत्पादन नहुने सदाबहार समस्यामा यसपटक खडेरीको अर्को मार थपिएपछि बाध्यतावश भारत छिर्नेको लर्को बाजुरामा मात्र होइन, सुदूर र मध्य पहाडका सबै जिल्लामा उस्तै छ । बाजुराबाट धनगढी महेन्द्रनगर जाने बसहरू यतिबेला युवाहरूले खचाखच भरिने गरेका छन् । ‘गाउँबाट हुलका हुल मान्छे आउँछन् । दुई÷तीन दिनअगाडिदेखि नै टिकट बुकिङ गरेर पालो कुरेर बस्छन्,’ मार्तडी बस काउन्टरका महेन्द्र रावलले भन्छन् । बसमा अधिकांश भारत नोकरी गर्न जाने मात्र भेटिन्छ । अरू मुलुकजस्तो भिसा लगाइरहनुनपर्ने भएकाले पनि रोजगारी गर्न भारत जानेको संख्या अत्यधिक बढेको छ । ‘श्रीमान्लाई भारत पठाउने रहर त थिएन, तर के गर्ने, गाँसबास जोड्न बाध्य भएर पठाउनुपरेको छ,’ श्रीमान्लाई सिमलाका लागि बिदाइ गर्न सदरमुकाम आएकी धौली कुमालले भनिन्, ‘परिवारसँगै बस्ने रहर त छ नि, तर के गर्नु, खडेरीले खेत खाए पनि गरिबीले परिवार नै खाएको दिन त आउन दिनुभएन नि †’ उब्जाउ नहुने र भइहाले पनि खडेरीका कारण बाली उठाउनै नपाइने भएपछि परिवार पाल्न भारत जान लागेको सुरत थापाको भनाइ छ । बसका अधिकांश यात्रु भारतको दिल्ली, मुम्बई, कुमाउ, सिमलालगायत स्थानमा ज्याला मजदुरी गर्ने हिँडेको बताउँछन् । गोत्री–२ बाजुराका नन्द कडारा अन्नबाली खडेरीका कारण नष्ट भएपछि कामका लागि भारत हिँडेका छन् । लगाएको धानबालीबाट केही महिना खान पुग्ला भन्ने आसमा रहेका उनलाई खडेरीले निराश बनायो । ‘खडेरीले अन्नबाली सुकाएपछि भकारी रित्तियो खानलाई केही छैन । अब कामका लागि भारत जाँदै छु,’ उनले भने, ‘बर्खे बाली खडेरीले केही उत्पादन भएन । हिउँदे बाली लगाउन नपाउँदा खाद्य संकट हुने भएपछि भारत हिँडे ।’ यो वर्ष पानि नपरेका कारण खेती छोडेर बाजुरा, बझाङ, अछाम, हुम्ला, कालीकोट, मुगु जिल्लाका युवा मात्र होइन, युवती र विद्यालय उमेरका केटाकेटीसमेत हातमुख जोड्ने जोहो गर्न भारत जान हिँडेका छन् । मुगु श्रीकोट–२ रोल गाउँका गोकर्ण शाही पनि कामका लागि भारतको सिम्ला पहाडतिर लागेका छन् । लगाएको कोदो बाली र धानबालीमा खडेरीका कारण सुकेपछि परिवार पाल्न भारत पस्नुपरेको पीडा उनले सुनाए । ‘लगाएको बालीबाट सातजनाको परिवारलाई ६ महिना खान पुग्ने गरेको थियो । खडेरीले बाली सुकेपछि छाक टार्न कुनै जोहो नभएपछि भारततिर हिँडियो,’ गोकर्णले सुनाए । लगातारको खडेरीका कारण पानि नपर्दा खेतीयोग्य जमिन बाँझै छन् । खडेरीका कारण बाजुरा, अछाम, बझाङ, मुगु र हुम्लामा बर्खे बाली सुकेको थियो भने हिउँदे बाली लगाउन नपाएको स्थानीयले बताएका छन् । बाजुराको पूर्वोत्तर कोल्टी क्षेत्रमा भयानक खडेरीले जगन्नाथ, साप्पाटा, जुकोट, वाई, गोत्रीलगायतका ११ गाविसवासी बर्खे बालीबाट पनि उत्पादन नभएपछि कामका लागि भारत हिँडेका छन् । जिल्ला कृषि विकास कार्यालय बाजुराका अनुसार जिल्लामा बर्खे बालीमा ६० प्रतिशतभन्दा बढी बालीमा क्षति पु¥याएको छ । खडेरीले अन्न बालीमा क्षति पु¥याएपछि गाउँका सबै युवा भारततिर लागेको कार्यालयका अधिकारीको भनाइ छ । कामका लागि सबै युवा भारत गएपछि गाउँ नै सुनसान भएको मुगुका रमेश बानियाँले बताए । ‘त्यसै त कृषिबाट तीन महिना पनि खान पुग्दैनथ्यो, त्यसैमा खडेरीले सखाप पारेपछि सास राख्नै धौधौ छ,’ भारतको मायापुरीमा चौकीदारी गर्न हिँडेका प्रेम कुमालले पीडा पोखे । ‘गाउँमा बसेर परिवार पाल्न सकिँदैन । काम गरौं भने पनि कुनै उद्योगधन्दा छैन, अन्य कुनै उपाय छैन । बाध्य भएर नोकरी गर्न भारत हिँडियो,’ खचाखच बसमा सामान मिलाउँदै गरेका कुमालले भने । अब पाँचजनाको परिवार भारतबाट कमाइ गरेर ल्याएको रकम, खाद्यान्न र लत्ताकपडाले मात्रै धान्नेछ । खडेरीले अन्नबाली सुकेका यी क्षेत्रमा सधैं खाद्य संकटको समस्या हुने गरेको छ । राहतका कार्यक्रम समयमै ल्याउन नसके चरम खाद्य संकट हुने कृषि विकास कार्यालयले जनाएको छ । अन्नबाली सबै सुकेकाले चामल किन्न भए पनि पुरुषहरू भारत गएको स्थानीय भाना थापाले बताइन् । ‘अब हिउँदका महिनामा पुरुष गाउँमा बस्दैनन्,’ उनले भनिन्, ‘गाउँ नै सुनसान छ । पुरुषहरू भेट्नै ग्राहो छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending