Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

तालिम केन्द्रका प्रहरीले भत्ता पाउने

\"police-750\"काठमाडौं, ९ मंसिर । नेपाल प्रहरीका तालिम केन्द्रमा कार्यरत प्रहरीले १० प्रतिशत भत्ता पाउने भएका छन् । भत्ताका लागि अर्थ मन्त्रालय, कानुन मन्त्रालय तथा लोकसेवा आयोगले सहमति दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ– प्रहरी नियमावली, २०७२ संशोधन गर्दै भत्ताको व्यवस्था गर्न लागिएको हो । सबै निकायबाट स्वीकृत प्राप्त भएपछि प्रहरीले नियमावली मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ । राष्ट्रिय प्रहरी तालिम प्रतिष्ठान, महाराजगन्ज, जुनियर प्रहरी एकेडेमी चितवन, पाँचवटा क्षेत्रीय तालिम केन्द्र र नवलपरासीस्थित युक्ति तालिम महाविद्यालयमा कार्यरत प्रहरीहरूले १० प्रतिशत भत्ता पाउनेछन् । यसअघि प्रवचन भत्ता मात्र दिने प्रावधान थियो । सशस्त्र प्रहरीको तालिम केन्द्रमा कार्यरत प्रहरीलाई १० प्रतिशत भत्ता दिइएकाले प्रहरीले पनि सो सुविधा माग गरेको हो । जसमा अर्थलगायत सबै निकायले सहमति दिएका हुन् । श्रेणीविहीन चार स्तर नेपाल प्रहरीमा पहिलोपटक श्रेणीविहीन कर्मचारी ९प्रहरी परिचर०को स्तर कायम गरिएको छ । यसअघि सबैको तलब एउटै हुने र जागिर अवधिभरि बढुवा नहुने भएकाले उनीहरूको स्तरवृद्धिको प्रावधान राखिएको हो । यसले उनीहरूको तलबमानमा पनि फरक पर्नेछ । सिनियर परिचरले धेरै तलब पाउनेछन् । यसले श्रेणीविहीन कर्मचारीलाई प्रोत्साहन मिल्ने प्रहरी अधिकारीहरूको भनाइ छ । सशस्त्र प्रहरी बलमा भने पहिलेदेखि नै प्रहरी परिचरको चार तह छ । परीक्षणकाल परिवर्तन प्रहरीको परीक्षणकालसम्बन्धी प्रावधान पनि संशोधन भएको छ । यसअघि नियुक्ति भएको अवधिदेखि एक वर्षको अवधिलाई परीक्षणकाल मानिएको थियो । अब आधारभूत तालिम सम्पन्न गरेको एक वर्षको अवधि परीक्षणकाल हुनेछ । अध्ययनवृत्ति पाउने सरकारबाट स्वीकृत वैदेशिक अध्ययनमा प्रहरीले अध्ययन वृत्ति पाउने भएका छन् । प्रहरी नियमावलीको संशोधनको मस्यौदाअनुसार भारतमा पढ्न जाने राजपत्रांकित प्रहरी अधिकृतले पहिलो १५ दिन एक सय सात अमेरिकी डलरको दरले तथा राजपत्र अनंकित प्रहरीले ८० अमेरिकन डलर दैनिक भत्ता पाउनेछन् । त्यस्तै, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाइल्यान्डमा वैदेशिक अध्ययनमा जाने राजपत्रांकितले दैनिक एक सय ४४ तथा राजपत्रअनंकितले एक सय आठ डलर दैनिक भत्ता पाउनेछन् । त्यसबाहेक अन्य देशमा जाने राजपत्रांकितले एक सय ५५ र राजपत्रअनंकितले एक सय १५ अमेरिकन डलर अध्ययन वृत्ति पाउनेछन् । यसबाहेक उनीहरूले हरेक महिना सय डलर अध्ययनवृत्ति पनि पाउनेछन् । सशस्त्र प्रहरी अधिकारीले पहिलेदेखि नै यस्तो सुविधा पाउँदै आएकोमा नेपाल प्रहरीले पाएका थिएनन् । त्यस्तै, कुनै प्रहरीको कामकै सिलसिलामा मृत्यु भएमा वा अशक्त भएमा उनीहरूका दुई सन्ततिले २१ वर्षसम्म सन्ततिवृत्त र शैक्षिक वृत्ति पाउनेछन् । यसअघि १८ वर्षसम्म मात्र दिने व्यवस्था थियो । नियमावली मन्त्रिपरिषद्बाट पारित भएपछि लागू हुनेछ । नियमावली संशोधनको बढुवासम्बन्धी केही प्रस्तावलाई भने लोकसेवा आयोगले अस्वीकृत गरिदिएको छ । विशेष बढुवा तथा औषधि उपचार खर्च थप्ने जस्तो प्रावधानलाई आयोगले अस्वीकृत गरी नियमावली संशोधनको मस्यौदा गृह मन्त्रालयमा फर्काएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending