Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

जर्नेलहरुलाई सेनापतिको निर्देशन : परिस्थिति बदलिन सक्छ, तयारी अवस्थामा बस्नु

\"nepal-army-750\"काठमाडौं, ९ मंसिर । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मधेसकेन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । आजको राजधानी दैनिकमा खबर छ– जंगी अड्डामा मंगलबार र बुधबार चलेको पृतनापति समन्वयात्मक बैठकमा भएको विद्यमान परिस्थितिको मूल्यांकनपछि उनले आउन सक्ने जस्तासुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेसनल, तालिम तथा बन्दोबस्ती तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । बैठकमा प्रधानसेनापति क्षत्रीले परिस्थिति जतिबेला पनि बदलिन सक्ने भएकाले मुलुकको हितलाई ध्यानमा राखेर तालिम तथा बन्दोबस्तीको तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए । प्रधानसेनापति क्षत्रीले विभागीय प्रमुखहरू तथा पृतनापतिहरूलाई संस्थागत जिम्मेवारी तथा कार्यहरूको अलावा अपरेसनल रेडिनेस तथा सांगठनिक सुदृढीकरणका क्षेत्रहरूमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । बैठकमा पृतनापतिहरूले दिएको सुझावका आधारमा प्रधानसेनापति क्षत्रीले तराईका विभिन्न जिल्लामा भइरहेको आन्दोलन र तराईकेन्द्रित राजनीतिक दलका नेताहरूले दिएको अभिव्यक्तिहरू समेतलाई ध्यान दिएर सैन्य संरचना तथा अपरेसनल अवस्था चुस्तदुरुस्त राख्न निर्देशन दिएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे पृतनापतिहरूले ब्रिफिङ गरेका थिए । वार्षिक नियमित बैठक भए पनि यसमा समग्र विषयहरूको छलफल, मूल्यांकन र भावी रणनीतिका केही आधार तय स्वाभाविक भएको उनको भनाइ छ । ‘मुलुकमा देखिएका पछिल्ला विकसित घटनाक्रमबारे सेना अनभिज्ञ भएर बस्न मिल्दैन, त्यसकारण पनि पृतनापतिहरूको बैठकमा छलफल र मूल्यांकन हुन्छन्,’ प्रवक्ता कार्कीले भने, ‘यसले भोलिका दिनमा मुलुकको सुरक्षा अवस्थामा त्यसले पार्ने प्रभावबारे थप रणनीति बनाउन पनि सहज हुनेछ ।’ बैठकले तराईलगायत मुलुकका विभिन्न भागमा क्रियाशील असन्तुष्ट समूहको माग र उनीहरूको त्यस क्षेत्रमा रहेको प्रभावले सुरक्षा चुनौती थपेको निष्कर्ष निकालेको छ । बैठकमा सहभागीहरूले असन्तुष्ट समूहका राजनीतिक प्रकृतिका माग राष्ट्रिय अखण्डतालाई ध्यानमा राखेर सरकार तथा राजनीतिक दलहरूले नै सुल्झाउनुपर्ने सुझावसमेत दिएका छन् । तराई–मधेस र प्रादेशिक राजधानीजस्ता विषयले स्थानीय स्तरको सुरक्षा अवस्था खल्बलिन सक्ने र त्यसबाट मुलुकको अखण्डतामा आँच आउन नदिन सेना सचेत रहनुपर्ने पनि बैठकमा सहभागीहरूले सुझाव दिएको स्रोतले जनाएको छ । समन्वयात्मक बैठकका क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरूले आ–आप्mनो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौतीहरू एवं सुझावहरूका सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । बैठकमा समसामयिक वस्तुस्थितिको पुनरावलोकन तथा मूल्यांकनसमेत भएको थियो । सम्मेलनमा मुलुकको राजनीतिक अवस्थादेखि सुरक्षा अवस्थाका बारेमा समेत छलफल भएको थियो । सबै पृतनापतिले आफ्नो क्षेत्रको सुरक्षा अवस्था राजनीतिक अवस्था र भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे आ–आफ्नो धारणा राखेका थिए । सम्मेलनमा पाँच विकास क्षेत्र र उपत्यका पृतनाका पृतनापतिहरू र मुख्यालयका विभिन्न विभागका उपरथीहरू सहभागी थिए । दुईदिने बैठकमा मुलुक संघीय संरचनामा जाने भएपछि त्यसले पार्ने असर र राज्य तथा सुरक्षा निकायले गर्नुपर्ने कामका बारेमा समेत छलफल भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending