Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

आफ्नै सचिवालयसँग तालमेल गर्दैनन् माओवादी मन्त्री

\"prachanda-priminister-750\"काठमाडौं, ८ मंसिर । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सम्हालेका मन्त्रालयमा मन्त्री र सचिवालयबीच नै तालमेल हुन नसकी सबै काम निष्प्रभावी बनेका छन् । आजको राजधानी दैनिकमा खबर छ –मन्त्री आफैंले नातागोता छानेर सचिवालयमा नियुक्त गरेपछि काम प्रभावित बनेका हुन् । मन्त्रीले आफंैले रुचाएर नियुक्त गरेका सचिवालयका सहयोगीहरूसँग योजना तथा नीतिका विषयमा आवश्यक समन्वय, छलफल तथा समीक्षा नगर्दा मन्त्री एकातिर र सचिवालय अर्कातर्फ बनेको छ । अझ, राज्यमन्त्रीसमेत भएको मन्त्रालयमा त आपसी तालमेल अभाव र योजनाबद्ध रूपमा काम गरौं भन्ने भावनासमेत हराएको माओवादी केन्द्रका एक नेताको भनाइ छ । आपसी टसल, आर्थिक मुद्दामा केन्द्रित र कुनै ठोस कार्यतालिका नहुँदा मन्त्री, राज्यमन्त्री र सचिवालय छुट्टाछुट्टै निकायजस्तो देखिन थालेका हुन् । माओवादीकै केही नेताले विभिन्न मन्त्रालयका सचिवालयसमेत ज्ञान र सीप भएको भन्दा पहुँच र प्रभावका आधारमा छनोट गर्दा त्यसले पनि सरकारको काममा समस्या ल्याएको तथ्य खोलेका छन् । सरकार गठन भएको सय दिन कटिसक्दासमेत विभिन्न मन्त्रालयबाट नतिजा देखिने गरी कार्य सम्पादन नभएपछि केही साताअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना मन्त्रीहरूलाई बोलाएर काम किन नभएको भनेर प्रश्न गरेका थिए । ‘तपाईंहरू नै मन्त्री बन्नुभएका मन्त्रालय र मन्त्रीको काम–कारबाही कहीँकतै सुनिँदैन, देखिँदैन त ?’ पार्टीका मन्त्रीलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले प्रश्न गरेका थिए । सो क्रममा मन्त्रीहरूले आफ्नो सचिवालयसँगको आपसी तालमेल अझै हुन नसकेको भन्दै नतिजा आउने गरी काम गरिरहेको भनेर छलफलमा आफ्नो बचाउ गरेका थिए । प्रधानमन्त्री दाहालले सोही क्रममा आफ्नो पार्टीका मन्त्रीहरूलाई सचिवालयसँग आवश्यक समन्वय गरेर तत्काल नतिजा आउने गरी काम गर्न निर्देशनसमेत दिएका थिए । प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई सचिवालयसँग आवश्यक समन्वय गरेर काम गर्न निर्देशन दिए पनि अहिलेसम्म सुधार भने भएको छैन । कतिपयमा माओवादी मन्त्री तथा सचिवालयका पदाधिकारीहरू नै आवश्यक नीति निर्माण तथा ऐननियम बनाउने काममा खटेर लाग्नुपर्नेमा अनावश्यक काममा बढी ध्यान दिने गरेको समेत आरोप लाग्न थालेको छ । उनीहरूको ध्यान आर्थिकतर्फ केन्द्रित हुन थालेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending