Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

कसले गरिदेला कान्छीको उपचार ?

\"kanchhi-tamang\" काठमाडौं, १ मंसिर । सिन्धुपाल्चोक हैबुङ–५ द्वारेटोल कि कान्छी तामाङ महिनौंदेखि उपचार अभावमा छट्पटिरहेकी छिन् । अन्दाजी ६० वर्षीया कान्छीको पनि कांग्रेस नेतृ सुजाता कोइरालाको जस्तै स्तनमा समस्या छ । सुजाताले मलेशियामा पुगेर आफ्नो स्तनको समस्या पत्ता लगाइन् भने कान्छी रोगको पहिचानका लागि स्वास्थ्य केन्द्र नभई धामी झाँक्री कहाँ धाइरहेकी छन् । करोडौं सम्पत्तिको मालिक नेपाली कांग्रेसकी नेतृ कोइरालाले राज्यबाट उपचार खर्चको नाममा लाखौं रुपैयाँ पाइरहँदा तामाङ भने अार्थिक अभावमा दैनिक झारफुक गरिहेकी छिन् । राजधानीमा घर गाडीसमेत भएकी कोइराला आफै उपचार गर्न सक्षम हुँदा हुँदै हालै मन्त्रीपरिषद बैठकले उनलाई क्यान्सर भएको आशंकामा ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर सिन्धुपाल्चोकको विकट गाविस हैबुङकी कान्छी तामाङ उपचार गर्ने र औषधि खाने पैसा अभावमा आफनो छातीमा भयानक घाउका साथ कष्टकर जीवन बाँचिरहेकी छिन् । स्तनमा घाउकै कारण महिनौंअघिदेखि तामाङ हिडडुल गर्न सकेकी छैनन् । कसैले पकाएर दिए खान्छिन् नत्र भोकै बस्छिन् । न त काम गर्न सक्छिन् न त कतै हिड्डुल गर्न । उनी वर्षौं अघिदेखिकी बिरामी तर पनि उनले कसैलाई भन्न सकेकी थिइनन् । सहनै नसक्ने भएपछि ३ महिनाअघि मात्र गाउँलेलाई भनेकी थिइन् । सहनै नसकेर थला परेपछि उनको घाउ दुख्ने भएकाले कम्मरदेखि माथिको भागमा कुनै कपडा नलगाएको पनि महिनौं दिन भइसक्यो । कपडा लगाउँदा घाउमा टाँसिने भएकाले फरियाको फेरले उनको शरिर ढाकिरहेको छ । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षण भरमै ध्वस्त बनाएकाले अहिले उनको परिवार जस्तापाताको अस्थायी टहरामा बस्छिन् । टहराको एकापट्टि भागमा बाख्रा बाध्ने गरेका छन्, अर्को भागमा उनको परिवार बस्ने गरिएको छ भने ढोकाको छेउमै भान्सा बनाइएको छ । तामाङको देब्रे छात्तिको भागमा ठूलो घाउ छ । बर्षौं दिन अघिदेखि छात्तिको देब्रे भागमा उनको घाउ थियो । तर उनले कसैले भनेकि थिइनन् । तर करिब तीन महिना अघिदेखि उनलाई उक्त घाउले निकै पिरोल्न थालेपछि अरुलाई भन्न बाध्य भईन् उनी अर्थात कान्छीमाया । उनको घाउबाट निरन्तर पीप जस्तो देखिने सेतो पदार्थ बगिरहेको छ । हुन त सुन्दा अचम्म लाग्न सक्छ तरपनि उनले अझसम्म अस्पताल देखकी छैनन् । उपचारका लागि उनी कुनै मेडिकल नै गएकी छैनन् । बिरामी भएको लामो समयसम्म पनि औषधि किन्ने पैसा अभावमा उनी अहिलेसम्म जँचाउन जान सकेकी छैनन् । उनको घाउ दुखेर सहन नसक्ने भएपछि मात्र गाउनले धामी झाँक्री बोलाउँछिन् र झारफुक गर्न थाल्छिन् । अहिले उनको दैनिक झारफुक गर्दैमा वित्ने गरेको छ । बर्षैंदेखिको छात्तिको घाउलाई झारफुक गरेर निको पार्ने अन्धविश्वास भन्दा पनि तामाङको बाध्यता हो । स्थानीय सेते तामाङले भने ‘अन्धविश्वास भन्दा पनि उपचार गर्ने पैसा अभावले झारफुक गर्नु परेको हो ।’ गरिबीले पिल्सिएको उनको ३ जनाको परिवार छ । परिवारमा श्रीमान र १४ वर्षको छोरी छ । एउटी छोरीलाई समेत पालन पोषण र पढाउन नसकेकाले उनको फुपुले काठमाडौंमा पढाएकी छिन् । उनका पनि श्रीमान त्यति काम गर्न सक्ने अवस्थाका छैनन् । सम्पत्तिको नाममा उनको ४/५ मुरी धान फल्ने खेत छ । त्यहि पनि कुनै वर्ष असार/साउनमा पानी नपर्दा बाँझो नै रहन्छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies