Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

सीमांकन हेरफेरमा माओवादीभित्रै विवाद

\"nepal-map-3-750\"काठमाडौं, १ मंसिर । सरकारले तयार पारेको संविधान संशोधन मस्यौदाको सीमांकन हेरफेरसम्बन्धी प्रस्तावलाई लिएर सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रभित्रै विवाद चुलिएको छ । मस्यौदाको सीमांकन हेरफेर र नागरिकता प्रावधानमा एमाले र कांगेसले असहमति जनाइरहेका बेला प्रदेश पाँच टुक्र्याउने प्रस्तावपछि माओवादीभित्रै विवाद चुलिएको हो । आजको राजधानीमा खबर छ– प्रमुख तीन दलकै बीच सहमति हुन नसकेपछि सरकारले संसद्मा दर्ता गर्न खोजेको संविधान संशोधन मस्यौदाको भविष्यसमेत अन्योलमा परेको छ । संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाले संशोधनका लागि १५ मंसिरसम्मको अल्टिमेटम दिएलगत्तै प्रमुख दलहरू सीमांकनमा फेरि विवादित बनेका हुन् । हालको पाँच नम्बर प्रदेशलाई टुक्र्याउने प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा अधिकांश नेताहरूले असहमति जनाएपछि संशोधन प्रक्रिया थप लम्बिने भएको हो । सरकारले ५ नम्बर प्रदेशका केही पहाडी जिल्लालाई ४ र ६ नम्बर प्रदेशमा मिलाउने तथा बाँकी सीमांकन विवादको विषयबारे हल गर्न एक संघीय आयोग गठन गर्ने प्रस्तावसहित संविधान संशोधन दर्ताको तयारी गरे पनि सत्तारूढ दल र प्रतिपक्ष दलबाटै त्यसको विरोध भएपछि संविधान संशोधन दर्ता प्रक्रियासमेत पछि सरेको छ । प्रधानमन्त्री प्रचण्डले सरकारको सय दिन पुगेको अवसरमा गत शुक्रबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कात्तिक महिनाभित्रै कुनै हालतमा संविधान संशोधन दर्ता भएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका थिए । तर, मुख्य गरी सीमांकनको विषयमा पार्टीभित्रै र प्रतिपक्षी दलबाट समेत विरोध प्रकट भएपछि सीमांकन हेरफेर विवादको विषय फेरि नयाँ मोडमा पुगेको हो । ५ नम्बर प्रदेशका जिल्ला अलग गराउने विषयमा सोही प्रदेशका नेपाली कांग्रेसका नेताहरूसमेत असन्तुष्ट रहेका छन् । यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ५ नम्बर प्रदेश कुनै हालतमा टुक्र्याउन नहुने भन्दै संस्थागत निर्णय नै गरिसकेको छ । एमाले ५ नम्बर प्रदेशको बैठकले सीमांकन हेरफेर गरेर तराई र पहाडलाई विभाजन गर्न खोजेको आरोप लगाउँदै प्रदेशका जिल्लाको हेरफेरमा गम्भीर आपत्ति जनाएको छ । संविधान संशोधनका लागि एमाले मात्रै बाहिर रहेमा पनि दुई तिहाइ नपुग्ने भएकाले संशोधन असफल हुने निश्चितजस्तै बनेको अवस्थामा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीका ५ नम्बर प्रदेशका नेताहरूले नै सो प्रदेशका जिल्लाहरूलाई कुनै हालतमा अलग गर्न नहुने चेतावनीसमेत दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डकै उपस्थितिमा ५ नम्बर प्रदेशका पोलिटब्युरो सदस्यहरूको आइतबार बसेको बैठकले पूर्व–पश्चिमका कुनै पनि जिल्ला नचलाउने र ५ नम्बर प्रदेशको मात्रै चलाउने तयारी कुनै पनि हालतमा ठीक नहुने चेतावनी दिएका थिए । सो छलफलमा ५ नम्बर प्रदेश चलाए गलत हुने र वर्तमान समस्या पनि त्यसले हल गर्न नसक्ने भन्दै ५ नम्बर प्रदेशका जिल्ला चलाउने नै भए आठौं प्रदेशका रूपमा मगरातलाई बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझावसमेत दिएका थिए । ‘अहिले ५ नम्बर प्रदेशलाई चलाउँदा थारू जनजातिका माग कुनै पनि सम्बोधन गर्नै सक्दैन,’ ५ नम्बर प्रदेशका एक नेताले भने, ‘कि त पहिचान र सामथ्र्यका रूपमा प्रदेश निर्माण गर्नुप(यो, नत्र अरू कहीँ नचलाउने, ५ नम्बर प्रदेशका जिल्ला मात्रै चलाउने कुरो ठीक हुनै सक्दैन भनेर प्रधानमन्त्रीलाई सुझाव दिइएको छ ।’ ५ नम्बर प्रदेशका माओवादी नेताहरूले ५ नम्बर प्रदेशलाई चलाउनैपर्ने भए नवलपरासीदेखि कैलालीसम्म पाँच नम्बरलाई लम्ब्याएर उचित विकल्पसहित चलाउन सकिने नत्र त्यतिकै चलाए त्यसले समस्या समाधान भन्दा पनि झनै विग्रह ल्याउनेसमेत बताएका थिए । एकातिर संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधनका लागि जिल्ला टुक्र्याउनैपर्ने बाध्यता र जिल्ला टुक्र्याउँदा पनि शीर्ष तीन नेताभित्रै विद्रोह हुने स्थितिले सीमांकनको विषय भने झनै अन्योलतातर्फ धकेलिएको छ । प्रतिपक्ष एमालेले त सीमांकन हेरफेर गर्नुको उचित कारणविना हुनै नसक्ने भन्दै सरकारसँग जवाफसमेत माग गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending