काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पत्रमा मन्त्री खरेलले वर्तमान सरकारको स्वतन्त्र र गैरदलीय पहिचानमा आँच आउन नदिन आफूले पदबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् । आगामी दिनमा दलीय राजनीतिमा सक्रिय भूमिकामा जाने निष्कर्षमा पुगेको भन्दै उनले सरकार बाहिर रहेर राजनीतिक जिम्मेवारी निर्वाह गर्नु उपयुक्त ठानेको बताएका छन् ।
“वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण तथा जनअपेक्षाको सन्दर्भमा अब दलीय राजनीतिमार्फत सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्नु वाञ्छनीय निष्कर्षमा पुगेको छु,” राजीनामा पत्रमा उल्लेख छ, “वर्तमान सरकारको स्वतन्त्र पहिचानमा कुनै पनि प्रकारको आँच नआओस् भन्ने हेतुले मैले पदबाट राजीनामा दिने निर्णय गरेको हुँ।”
खरेलको राजीनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नं २ मा उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आएको हो । यद्यपि उनले औपचारिक रूपमा उम्मेदवारीबारे सार्वजनिक धारणा व्यक्त गरेका छैनन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन लड्ने इच्छा राख्ने मन्त्रीहरूलाई समयमै राजीनामा दिन सुझाव दिएकी थिइन् । सोही निर्देशनअनुसार ऊर्जामन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने भएकाले भोलि बिहानसम्म राजीनामा नदिने मन्त्रीहरू फागुन २१ गतेसम्म प्रधानमन्त्री कार्कीको नेतृत्वमा काम गर्न सक्नेछन् ।
चुनाव नजिकिँदै जाँदा मन्त्रीहरूको क्रमिक बहिर्गमनले चुनावी सरकारको संरचना झन् सानो बन्दै गएको छ । राजनीतिक विश्लेषकहरूले यसलाई सरकारको गैरदलीय चरित्र जोगाउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: