काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पत्रमा मन्त्री खरेलले वर्तमान सरकारको स्वतन्त्र र गैरदलीय पहिचानमा आँच आउन नदिन आफूले पदबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् । आगामी दिनमा दलीय राजनीतिमा सक्रिय भूमिकामा जाने निष्कर्षमा पुगेको भन्दै उनले सरकार बाहिर रहेर राजनीतिक जिम्मेवारी निर्वाह गर्नु उपयुक्त ठानेको बताएका छन् ।
“वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण तथा जनअपेक्षाको सन्दर्भमा अब दलीय राजनीतिमार्फत सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्नु वाञ्छनीय निष्कर्षमा पुगेको छु,” राजीनामा पत्रमा उल्लेख छ, “वर्तमान सरकारको स्वतन्त्र पहिचानमा कुनै पनि प्रकारको आँच नआओस् भन्ने हेतुले मैले पदबाट राजीनामा दिने निर्णय गरेको हुँ।”
खरेलको राजीनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नं २ मा उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आएको हो । यद्यपि उनले औपचारिक रूपमा उम्मेदवारीबारे सार्वजनिक धारणा व्यक्त गरेका छैनन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन लड्ने इच्छा राख्ने मन्त्रीहरूलाई समयमै राजीनामा दिन सुझाव दिएकी थिइन् । सोही निर्देशनअनुसार ऊर्जामन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने भएकाले भोलि बिहानसम्म राजीनामा नदिने मन्त्रीहरू फागुन २१ गतेसम्म प्रधानमन्त्री कार्कीको नेतृत्वमा काम गर्न सक्नेछन् ।
चुनाव नजिकिँदै जाँदा मन्त्रीहरूको क्रमिक बहिर्गमनले चुनावी सरकारको संरचना झन् सानो बन्दै गएको छ । राजनीतिक विश्लेषकहरूले यसलाई सरकारको गैरदलीय चरित्र जोगाउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - २०:०९
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १२ जना उम्मेदवार टुङ्ग्याएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि स...
माघ ६ गते, २०८२ - १९:५६
मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै बागमती प्रदेशसभामा ठूलो फेरबदल देखिएको छ । विभिन्न दलका ६ जना प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा निर...
माघ ६ गते, २०८२ - १९:४०
मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं...
माघ ६ गते, २०८२ - १९:२२
बुटवल । नेकपा एमालेले रूकुम पूर्वमा प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि तय गरेको उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले केन्द्रीय सदस्य खेममान खड्काको ठ...
माघ ६ गते, २०८२ - १९:१२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार औपचारिक रूपमा राजीनाम...
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...




प्रतिकृया लेख्नुहोस्: