प्रदेशसभा सचिवालय हेटौंडाका अनुसार सोमबार ५ जना सांसदले इमेलमार्फत् राजीनामा पत्र दर्ता गराएका छन् भने एक जना सांसदले प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंलाई उपस्थित भएर राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र नेकपाका सांसदहरू रहेका छन् ।
राजीनामा दिने सांसदहरूमा कांग्रेसबाट एक जना, राप्रपाबाट एक जना तथा एमाले र नेकपाबाट २/२ जना छन् ।
प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलाल ‘शरद’ले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिएका हुन् । २०७४ र २०७९ मा दुई पटक प्रदेशसभा सदस्य निर्वाचित दुलाललाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । आइतबार टिकट पाएका दुलालले कार्य व्यस्तताका कारण प्रदेशसभा सचिवालय पुग्न नसकेपछि इमेलमार्फत राजीनामा पठाएका हुन् । उनी २०७४ देखि २०७७ सम्म सामाजिक विकास मन्त्री तथा २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्री रहेका थिए ।
यसैगरी, प्रदेशसभा सदस्य तथा पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले पनि पदबाट राजीनामा दिएका छन् । काठमाडौं–७ (२) बाट प्रदेशसभा निर्वाचित श्रेष्ठलाई एमालेले काठमाडौं–७ बाट प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार उनलाई सो क्षेत्रको टिकट दिएका हुन् । उनी २०८१ देखि २०८२ सम्म प्रदेश सरकारका मन्त्री थिए ।
एमालेकै तर्फबाट काठमाडौं–६ (२) बाट प्रदेशसभा निर्वाचित पूर्वमन्त्री अमनकुमार मास्केले पनि पदबाट राजीनामा दिएका छन् । उनले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन इमेलमार्फत राजीनामा दर्ता गराएका हुन् । मास्के आगामी निर्वाचनमा काठमाडौं–६ बाट एमालेको प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन् । उनी २०८० देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्री थिए ।
नेपाली कांग्रेसका सांसद तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख चापागाईंलाई प्रत्यक्ष रूपमा राजीनामा पत्र बुझाएका हुन् । दोलखा–१ (१) बाट प्रदेशसभा निर्वाचित काफ्ले आगामी निर्वाचनमा प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा रहे पनि उनको टिकट अझै टुंगो लागिसकेको छैन ।
२०७४ र २०७९ मा प्रदेशसभा सदस्य निर्वाचित बसन्त मानन्धरले पनि इमेलमार्फत पदबाट राजीनामा दिएका छन् । २०७४ मा एमाले र २०७९ मा नेकपा एकीकृत समाजवादीबाट काठमाडौं–७ (२) बाट निर्वाचित मानन्धर हाल नेकपामा आबद्ध छन् । उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–७ मा प्रतिनिधिसभा उम्मेदवारका रूपमा टिकट दिएका छन् । मानन्धर प्रदेशसभाको पहिलो कार्यकालमा २०७८ देखि २०७९ सम्म खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री रहेका थिए ।
राप्रपाबाट काठमाडौं–२ (१) बाट प्रदेशसभा निर्वाचित सुनिल केसीले पनि पदबाट राजीनामा दिएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं–२ मा प्रतिनिधिसभा उम्मेदवार बन्ने तय भएको छ । पूर्वमेयर बालेन्द्र शाह (बालेन)को टिमको समर्थनमा रास्वपाले केसीलाई टिकट दिएको हो । प्रदेशसभा सदस्यका रूपमा उनको उपस्थिति कमजोर रहेको भन्दै उनीमाथि यसअघि नै आलोचना हुँदै आएको थियो ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रदेश सांसदहरूको राजीनामाले बागमती प्रदेशको राजनीतिक गतिविधि थप तातेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: